मंगलवार, मंसिर २६ गते, २०७४
मंगलवार, २०७४ कार्तिक २८ गते २२:२८

 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण धेरै चोटी धेरै दलका चुनावी एजेन्डा बन्यो । यतिबेला पनि देश चुनावमय भइरहेको छ र यसपटकको निर्वाचनमा पनि कास्कीका कुनै उम्मेदवारको घोषणापत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको एजेन्डा छुटेको छैन । राजनीतिक दलले विमानस्थल निर्माण सम्पन्न गर्ने र पोखरालाई अन्तर्राष्ट्रिय शहर बनाउने नारा शहरमा घन्काइरहेका बेला विमानस्थल निर्माणको काम भने चुपचाप सुरु भएको छ । नेपाल चुनावी रन्कोले तातिरहेका बेला चिनियाँ निर्माण कम्पनी सीएएमसीले आफ्नै संस्कृतिअनुसार पूजा गरेर आइतबारदेखि निर्माणको काम थालेको हो ।
 
सधैं विमानस्थल सम्बन्धी केही कुरा भइहाले पनि चर्चा सुरु भइहाल्ने र नेताले जस लिन तछाडमछाड हुने अवस्थामा यसपटक डोजर, लोडर, ट्रिपल लगायतका निर्माण उपकरण विमानस्थल निर्माणमा खटिँदा कसैले सुइँको पाएनन् ।
 
चिनियाँ संस्कृतिअनुसारको पूजा गरी निर्माण उपकरण र मजदुरलाई जमीन सम्याउन काममा खटाएको ठेकेदार कम्पनीका पोखरा विमानस्थल परियोजनाका प्रमुख जेरी याङले जानकारी दिए । चिनियाँ निर्माण कम्पनीका तर्फबाट चिनियाँ परम्पराअनुसार नै पूजा गरिएपछि विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीले निर्माणको काम उदघाटन गरेका थिए ।
 
शिलान्यासको झन्डै २ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो । अहिले हिउँदसम्ममा विमानस्थलको जमीन सम्याउने काम सक्ने गरी मजदुर खटिएका छन् ।
 
राष्ट्रिय गौरवको यो विमानस्थलको निर्माण चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा हुन लागेको हो । विमानस्थल परियोजनाका प्रमुख जेरी याङका अहिले १ दर्जनभन्दा बढी उपकरण र एक सय मजदुर फिल्डमा खटिएका छन् । ५० भन्दा बढी उपकरण र मजदुरीमा अधिकांश नेपाली कामदार खटिएको चिनियाँ कम्पनीका परियोजनाका प्रमुख याङले जानकारी दिए ।
 
विमानस्थल निर्माणको काम थाल्न याङ नेतृत्वको चिनियाँ टोली साउनमै पोखरा आएर आवास र कार्यालय प्रयोजनको अस्थायी भवन निर्माणमा लागेको थियो । अहिले त्यो काम पूरा भएसँगै निर्माणको काम थालिएको हो । चिनियाँ कम्पनीले काम थाले पनि नेपाल सरकारले पूरा गर्नुपर्ने प्रक्रिया भने अझै नसकेको बताउँदै याङले प्रक्रिया पनि हुँदै जाने र काम पनि अघि बढाउँदै गर्दा समयमै काम सकिने विश्वास व्यक्त गरे ।
 
अनलाइन खबरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
2.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
3.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
4.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
5.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
6.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
7.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
8.   मत सर्वेक्षण गरे कडा कारबाही गरिने निर्वाचन आयोगको चेतावनी
9.   पहिलो चरणको निर्वाचन सम्पन्न, दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान हुने
10.   पहिलो चरणको मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
11.   चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने
12.   पहिलो चरणको चुनाव : मौन अवधि सुरु
13.   नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित
14.   डीभी चिट्ठाले पु¥यायो हिरासत, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जना पक्राउ
15.   विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुरा, खासै प्रगति हुन सकेन
16.   १० लाख पर्यटकको लक्ष्य ६ वर्षपछि पूरा हुँदै
17.   हृदयघातबाट प्रचण्डपुत्र प्रकाशको निधन
18.   ब्यवसायी गौचन हत्यामा संलग्न ५ जना पक्राउ
19.   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनिया कम्पनीबाट शुरु
20.   कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै
21.   स्थलगत अध्ययनपछि चिनियाँ टोलीले भन्यो–केरूङ-काठमाडौं रेल संभव
22.   विवेकशील साझा पार्टीको घोषणा पत्र
23.   बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक
24.   अमेरिकाका ३८ डाक्टरद्धारा निःशुल्क दन्त शिविर (फोटोफिचर)
25.   बाम घोषणापत्र : ५ वर्षभित्र गरिविमुक्त, प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने
Results 613: You are at page 1 of 25
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last

Powered By : Unitech Media