आइतवार, फाल्गुन ०६ गते, २०७४
मंगलवार, २०७४ कार्तिक २७ गते ०६:०८

रोजगार मञ्च / 
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बारा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मंसुर र दाङ क्षेत्र न ३ ‘क’ का प्रदेश सभा उम्मेदवार श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली बहादुर चौधरीलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिजयको शुभकामना दिएको छ ।
 
व्यवसायीको प्रतिनिधित्व गर्दै संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वमा संघका पूर्व अध्यक्ष प्रेम बहादुर कटुवाल लगायत केही व्यवसायी मन्त्री द्वयलाई बिजयको अग्रिम शुभकामना दिन मन्त्रालय गएका थिए । श्रममन्त्री मंसुर र राज्यमन्त्री चौधरी दुबैजना कांग्रेसका उम्मेदवार हुन् । 
मन्त्री मंसुर र राज्यमन्त्री चौधरीलाई बिजयको शुभकामना दिएपछि रोजगार मञ्च सँग कुरागर्दै संघका अध्यक्ष गुरुङले भने–‘वैदेशिक रोजगार क्षेत्रमा अहिलेका मन्त्री र राज्यमन्त्री ज्यूले यहाँका समस्या बुझेर जसरी काम गरिरहनु भएको छ भोलिका दिनमा उहाँहरु निर्वाचित भएर आए केन्द्र र प्रदेश तहमा यो क्षेत्रलाई व्यवस्थित बनाउन सहज हुन्छ भन्ने हाम्रो विश्वास हो त्यसैले शुभकामना दिन आएका हौँ ।’

 
यस्तै संघका पूर्वअध्यक्ष कटुवालले वैदेशिक रोजगार क्षेत्रको अभिभावक चुनावमा उम्मेदवार बनेकाले राजनीतिक आस्था र विश्वास भन्दा माथि उठेर उहाँहरुलाई बिजयको शुभकामना दिन आएको बताए ।
 
‘राजनीतिक आस्था र संलग्नताको दृष्टिले उहाँहरु कुनै पार्टीको उम्मेदवार बन्नु भएको छ । तर हाम्रा लागि उहाँहरु कुनै पार्टीको उम्मेदवार नभएर हाम्रो अभिभावक निर्वाचनमा उम्मेदवार बन्नु भएको छ भन्ने ठानेका छौ । त्यसैले हामी सबै एउटै परिवार भएकाले परिवारको अभिभावकको जितप्रति शुभेक्षा राख्नु र उहाँहरुलाई बिजयको शुभकामना दिनु परिवारको सदस्यको जिम्मेवारी पनि हो’ पूर्वअध्यक्ष कटुवालले भने । 


 
वर्तमान श्रम मन्त्री र राज्यमन्त्री दुबै जना वैदेशिक रोजगारका समस्या समाधान गर्न सकारात्मक पाएको र दुबैजनाले आफ्नो कार्यकालमा यो क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन भरमग्दुर प्रयत्न गरेको पूर्व अध्यक्ष कटुवालको भनाइ छ ।
 
निर्वाचनको प्रचार प्रसारमा आ–आफ्नो गृह जिल्लामा व्यस्त मन्त्री र राज्यमन्त्री दुबैजना राजधानी आएका बेला आजै वैदेशिक रोजगार प्रवर्दन बोर्ड बैठक समेत बसेको छ । बैठकमा वैदेशिक रोजगारमा जाने कामदारलाई कसरी दक्ष बनाएर पठाउने विषयमा समेत मन्त्री तथा बोर्ड बैठकमा छलफल भएको संघका अध्यक्ष गुरुङले जानकारी दिए ।


 
बोर्ड बैठकले जिल्ला तहमा अभिमुखीकरण तालिम संचालन गर्न ४३ वटा संस्थालाई अनुमति दिएकाले जिल्ला तहमा तालिम दिन प्रशिक्षक आवश्यक पर्ने भएकाले २ सय प्रशिक्षकलाई प्रवर्दन बोर्डले तालिम  दिने निर्णय बोर्ड बैठकले गरेको गुरुङले बताए ।

व्यवसायीको शुभकामनालाई स्वीकार्दै मन्त्री द्वयले आफुले सधै जनताको हितका निम्ति जनतलाई नै केन्द्र मानेर राजनीति गरेकाले आगामी निर्वाचनमा आफुहरुलाई बिजयी गराउनेमा विश्वस्त रहेको बताए  ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   नयाँ मेनपावरको दर्ता रोक्नेकी खोल्ने ?
2.   अमेरिकामा ‘टिपिएस रिजोलुसन’ पारित, १४ हजार नेपालीले पाए 'वर्क परमिट'
3.   कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता
4.   वैदेशिक रोजगार विभागको महानिर्देशकमा आचार्य
5.   यूएई जानेलाई आर्थिक भार थपिदै
6.   अमेरिकी राष्ट्रपतिको ‘ब्रेकफास्ट मिटिङ’ मा वैदेशिक रोजगार व्यवसायीहरुको सहभागीता हुने
7.   सातै प्रदेशमा गरी ६ सय कर्मचारी खटाइयो
8.   वैदेशिक रोजगारीको नाममा जनप्रतिनिधिबाटै ठगी
9.   प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए
10.   स्थानीय तहका पाँच हजार सामाजिक परिचालक पुर्नवहालीको माग गर्दै सडकमा
11.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
12.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
13.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
14.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
15.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
16.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
17.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
18.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
19.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
20.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
21.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
22.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
23.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
24.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
25.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
Results 516: You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media