विहिवार, माघ ०४ गते, २०७४
मंगलवार, २०७४ कार्तिक २७ गते ००:५५

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने यसअघिको सरकारले गरेको निर्णय सरकारले खारेज गरिदिएको छ । सोमबार  बसेको मन्त्रिपरिषद बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।
 
ऊर्जामन्त्री कमल थापाले मन्त्रिपरिषद बैठकको निर्णयबारे ट्वीटरमार्फत् जानकारी दिएका हुन् । थापाले लेखेका छन्, ‘अनियमित र हचुवाढंगले गेजुवा ग्रुपसँग गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको समझौता संसदीय समितिहरूको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ ।’
 
यसअघि २०७४ जेठ ९ मा  पुष्पकमल दाहाल  नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा १२ सय मेगावाटको उक्त आयोजना गेजुवालाई निर्माण जिम्मा दिने निर्णय भएको थियो ।
 
बिना टेन्डर निजी एवं विश्व बैंकको कालोसूचीमा समेत परेको कम्पनीलाई राष्ट्रिय गौरवको आयोजना दिएको भन्दै सरकारी निर्णयको चर्को विरोध भएको थियो । संसदका अर्थ र कृषि तथा जलस्रोत समितिले पनि  हचुवाको भरमा निर्माणको जिम्मा दिएको ठहर गर्दै निर्णय खारेज गर्न निर्देशन दिएका थिए ।
 
त्यसअघि सरकारले बुढीगण्डकी आयोजना आफैं बनाउने निर्णय गर्दै पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाएको थियो। धादिङ र गोरखाको सीमामा बग्ने बुढीगण्डकी नदीमा बाँध बनाएर १२ सय मेगावाट बिजुली निकाल्ने योजना धेरै पुरानो भए पनि सरकारले अझै प्रभावितहरूलाई मुआब्जा वितरण सकेको छैन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
2.   हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड –चन्द्रप्रसाद ढकाल
3.   हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
4.   राष्ट्रिय आर्थिक गणना २०७५ हुँदै
5.   नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
6.   आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ
7.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
8.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
9.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
10.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
11.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
12.   सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता
13.   आइएमई जनरलको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
14.   सिटी एक्सप्रेसको उपहार कार पाउने भाग्यमानी बने तामाङ
15.   हिमालयन बैंकले गर्‍यो सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग
16.   ‘आईएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक
17.   महालक्ष्मी विकास बैँकको दार्चुलामा नयाँ शाखा
18.   चुनावको अधिक खर्चले तरलतामा असर
19.   आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता
20.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
21.   चुनावमा अवैध पैसा धेरै
22.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
23.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
24.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
25.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
Results 792: You are at page 1 of 32
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media