आइतवार, फाल्गुन ०६ गते, २०७४
सोमवार, २०७४ कार्तिक २७ गते २२:११

 
राष्ट्रपति बिद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । छोरीसमेत २६ जनाको जम्बो टोली लिएर उनी आज अपरान्ह संयुक्त अरब इमिरेट्स (युएर्इ) को भ्रमणमा जान लागेकी हुन् । 
 
राष्ट्रपतिको भ्रमणलाई क्याबिनेटले आजै औपचारिकरुपमा स्वीकृति दिँदैछ ।
 
राष्ट्रपति भण्डारीको विदेश भ्रमणले सरकारी ढुकुटीमा त घाटा लाग्ने छ नै, अहिलेसम्म नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिमा समेत यसले धक्का दिने सम्भावना देखिएको छ । कतारले दिएको निम्तो अस्वीकार गर्दै राष्ट्रपतिले युएईको भ्रमण रोजेकी छिन् र यसबाट खाडी मुलुकको द्वन्द्वमा नेपाल अनावश्यक रुपमा विवादमा तानिने त्रास बढेको कूटनीतिक क्षेत्रमा टिप्पणी हुन थालेको छ ।
 
 
राष्ट्रपति भण्डारीको युएई भ्रमणबारे परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा असहमत रहेको बाहिर चर्चा चले पनि परराष्ट्र मन्त्रालयले भ्रमणमा सहमति जनाइसकेको छ ।
 
यसैवीच परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमणमा दुईपक्षीय हितका विषयमा छलफल हुने र यसले दुई देशवीचको सम्बन्धलाई सुमधुर बनाउने बताएको छ ।
 
स्रोतका अनुसार यसअघि नै कतारले राष्ट्रपति भण्डारीलाई विदेश भ्रमणको निम्तो दिएको थियो । तर, युएई लगायत चारवटा खाडी राष्ट्रले कतारमा नाकाबन्दी लगाएका कारण यस्तो अवस्थामा नेपालका राष्ट्र प्रमुख विवादमा मुछिनु हुँदैन भन्दै भण्डारीको कतार भ्रमण रोकिएको थियो ।
 
कतारले भ्रमणको निम्तो दिएको थाहा पाएपछि युएईले पनि राष्ट्रपति भण्डारीलाई निम्तो दियो । गत मंगलबार मात्रै युएईका राजदूतले शीतलनिवासमा भेटेर अबुधाबीका राजकुमारको निम्तोपत्र राष्ट्रपति भण्डारीलाई बुझाए । त्यसको एक साता पनि नबित्दै राष्ट्रपति भण्डारी २६ जनाको जम्बो टोलीसहित युएई जान तयार भइन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
2.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
3.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
4.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
5.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
6.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
7.   निगमको संरचना परिवर्तन गरिँदै
8.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
9.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
10.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
11.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
12.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
13.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
14.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
15.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
16.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
17.   जापानले ३२ करोड आर्थिक साहयता दिने
18.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
19.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
20.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
21.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
22.   सुरक्षित घर अभियान सुरु
23.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
24.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
25.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
Results 651: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media