आइतवार, फाल्गुन ०६ गते, २०७४
शनिवार, २०७४ कार्तिक २४ गते ०४:१४


चिनियाँ टोलीले केरूङ–काठमाडौं र पोखरा–लुम्बिनी रेलमार्ग बनाउन स्थलगत अध्ययन सकेको छ।
 
चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले मंगलबारदेखि बिहीबारसम्म रेलमार्गको स्थलगत अध्ययन गरेको हो।
 
अध्ययनपछि टोलीले शुक्रबार बिहान नेपाली अधिकारीहरूसँग छलफल गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित बिहान साढे १० बजे मन्त्रालयमा दुई पक्षीय छलफल भएको थियो।
 
स्थलगत अध्ययन र बैठकमा सहभागी रेल्वे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायका अनुसार झन्डै डेढ घन्टा चलेको छलफलमा चिनियाँ पक्षले दुबै रेलमार्ग बनाउन सकिने तर समस्या भने धेरै रहेको बताएको छ।
 
‘यसअघि रेलमार्ग बनाउन सकिन्छ कि सकिन्न भन्ने थियो उहाँहरूले दुबै रेलमार्ग बनाउन सकिने बताउनुभयो,’ उपाध्यायले भने, ‘तर धेरै भौगोलिक, प्राविधिक र व्यवस्थापकीय समस्या छन् यसलाई समाधान गर्न तपाईँहरूको ठूलो भूमिका हुन्छ भन्नुभयो।’
 
चिनियाँ टोलीले हिमाल छिचोलेर केरूङबाट काठमाडौं आउने रेलमार्गमा मुख्य समस्या जमिनको बनावट बताएको छ। ‘स्याप्रुवेशीदेखि केरूङसम्म जमिनको चढाइ एकदमै उकालो छ, हिउँ पर्ने यस्तो ठाउँमा रेलमार्ग बनाउन महंगो र मर्मत गर्न पनि गाह्रो हुन्छ भन्ने उहाँहरूको कुरा थियो,’  उपाध्यायले भने।
 
चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोलीले रेलमार्ग बनाउन नेपालमा रहेका वन कटानी, जग्गा अधिग्रहण लगायतका विषयले पनि समस्या ल्याउन सक्ने   बताएको छ।
 
नेपाली पक्षले रेलमार्ग बनाउन आफूहरू चीन सरकारसँग सहकार्य गर्न तयार रहेको जवाफ दिएका थिए।
 
परराष्ट्र मन्त्रालयको अनुरोधमा चिनियाँ टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो।
 
टोलीले मंगलबार केरुङ बुधबार पोखरा र बिहीबार लुम्बिनी पुगेर स्थलगत अध्ययन गरेको थियो।
 
टोली आज चीन फर्कने र केही समयपछि अध्ययनको विस्तृत रिपोर्ट तयार पार्ने उपाध्यायले जानकारी दिए।
 
यसअघि सरकारले काठमाडौं–पोखरा ९१८७ किमी० रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो भने काठमाडौं– केरूङ ९१०० किमी० को पूर्वसम्भाव्यता अध्ययन भएको थियो।
 
पोखरा–लुम्बिनीको भने पहिलो पटक अध्ययन थालिएको हो।
 
चीनले सन् २०२० सम्म केरुङसम्म रेल पुर्‍याउने गरी काम गरिरहेकोे छ। यसअघि उच्चस्तरीय भ्रमणमा नेपाली पक्षले केरूङसम्म आउने रेल नेपालसम्म ल्याइदिन प्रस्ताव राखेका थियो।
 
सोही प्रस्ताव अुनसार चीनले पहिलो पटक नेपालमा रेलमार्गको अध्ययन गर्न टोली पठाएको हो।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
2.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
3.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
4.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
5.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
6.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
7.   निगमको संरचना परिवर्तन गरिँदै
8.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
9.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
10.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
11.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
12.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
13.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
14.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
15.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
16.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
17.   जापानले ३२ करोड आर्थिक साहयता दिने
18.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
19.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
20.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
21.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
22.   सुरक्षित घर अभियान सुरु
23.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
24.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
25.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
Results 651: You are at page 1 of 27
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media