मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ कार्तिक २३ गते ०३:५०

रोजगार मञ्च । वैदेशिक रोजगार विभाग बुद्धनगरमा बीहिबार एक हुल महानिर्देशक बिश्वराज पाण्डको चेम्बर तिर लाग्यो । सिन्धुपाल्चोकबाट आएको त्यो समूहमा अधिकांश महिला रहेका थिए । महानिर्देशक पाण्डेलाई भेट्ने बित्तिकै सबै उनैतिर झम्टन थाले । महानिर्देशकलाई परिस्थिति सम्हाल्न प्रहरी नै गुहार्नु प¥यो । 
 
गत बैशाख १ गते साउदी गएका आफन्त बिचल्लीमा परेपछि तत्काल स्वदेश झिकाउन विभागले पहल नगरेको भन्दै उनीहरुको आक्रोष महानिर्देशक प्रति तेर्सेको हो । ड्राइभर कामका लागि सिन्धुपाल्चोकका हरेराम थापालगायत ४ जना साउदीको रियादमा गत भदौदेखि अलपत्र अवस्थामा पुगेको भन्दै तत्काल स्वदेश ल्याउन विभागले चार महिनादेखि पहल गर्दासमेत कुनै काम नगरेको उनीहरुको आरोप छ । 
 
‘साउदीमा भोकभोकै भएको महिनौ हुँदा समेत विभाग कानमा तेल हालेर बसेको छ, आफन्तहरु दिनदिनै रुदै फोन गर्दछन्, अव हामी के गर्ने?’ उनीहरुले रोष प्रकट गर्दै महानिर्देशकलाई भने–‘अब पीडितलाई झिकाउनु होस् नत्र हामी जे पनि गर्न सक्छौ।’
 
ललितपुरमा रहेको एस इम्प्लोइमेण्ट ब्यूरोले ती युवाहरुलाई साउदी पठाएको हो । ४ महिनासम्म काम गर्दासमेत कम्पनीले तलब नदिएपछि युवाहरु काम छोडी बसेका छन् । ‘मेनपावरले पहल गरिरहेको छु भन्छ, विभाग फोन हानेजस्तो मात्र गर्छ, पीडित झन पीडित बनिरहेको छ’ हरेरामका काका चेतबहादुर थापाले भने–‘साथीको जुठो खाएर बसेका हाम्रो मान्छे छिटो नेपाल झिकाउनु प¥यो ।’
 
विभागका महानिर्देशक पाण्डेले मेनपावरलाई कारवाही गरिएको र पीडितलाई झिकाउन पहल भइरहेको जानकारी दिए । महानिर्देशक आफैले पीडितका आफन्तको अगाडि एस इम्प्लोइमेण्टका संचालक तुल्सी काप्रीलाई फोन गरेर तत्काल समस्या समाधानका लागि निर्देशन दिए । महानिर्देशक आफै पनि निकै झर्किए, भिडियोमा हेर्नुहोला ।  
 
यता मेनपावर संचालक काप्रीले सोमबारसम्म युवाहरु स्वदेश आइसक्ने जानकारी दिए । आक्रोषित समूह सोमबारसम्म पीडित नेपाल नआए अझ ठूलो दबाब दिने भन्दै फर्किएको छ । 

पीडितको आक्रोष हेर्नुहोस्  भिडियो : 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media