बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७४ कार्तिक २० गते ०१:५४

बालबालिका, बृद्धबृद्धा तथा न्यूनआय भएका नेपालीहरुलाई  लक्षित गर्दै बौद्धस्थित तीनचुले पीपलबोट नजिकै रहेको स्रोङक्षेन भृकुटी बोडिङ स्कुलमा एकहप्ते निःशुल्क दन्त शिविर शुरु भएको छ ।
 
सेभेन समिट फाउण्डेसन, द तिब्बत फण्ड र न्यूयोर्क यूनिभर्सिटीका ३८ जना वरिष्ठ दन्त चिकित्सकहरुको संयूक्त आयोजनामा निशुल्क शिविर संचालनमा आएको हो । 
 
आइतबारदेखि शुरु भएको दन्तशिविरमा शुक्रवारसम्म चल्ने छ । प्रत्येक बर्ष संचालन हुँदै आएको दन्त शिविरमा दाँत चेक गर्ने, सफा गर्ने, दाँत भर्ने, नयाँ दाँत हाल्नेलगायतका सुविधाहरु रहेको न्यूयोर्क युनिभर्सिटीका डाक्टरहरुको नेतृत्व गर्दै आएका डा. हर्सले जानकारी दिए । 
 
दुई बर्ष अगाडि नयाँ दाँत हाल्नुभएकी संखुवासभाकी ७४ बर्षिया गोमा दाहालले यस बर्ष फेरि चेक जाँच गरी दाँत हाल्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘ विदेशी डाक्टरहरुबाट नयाँ दाँत हाल्न पाउँदा २० बर्ष उमेर घटे झैं लाग्यो ।’


 
प्रत्येक बर्ष न्यूयोर्क यूनिभर्सिटीका डाक्टर ल्याएर शिविर आयोजना गर्नका लागि जुटिरहेका सेभेन समिट फाउण्डेशनका अध्यक्ष एसी शेर्पा बालबालिका, बृद्धबृद्धा तथा न्यूनआय भएका नेपालीहरुलाई निशुल्क सेवा प्रदान गरेर सामाजिक काम गर्न पाउँदा आनन्दित भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘ दाँतको सफाइ अत्यन्तै आवश्यक भएकाले यस सम्बन्धी जानकारी गराउने र चेकजाँच गर्ने वानी बसाल्न बर्षेनी  शिविर संचालन गर्दै जाने छौ ।’


 
एनआरएन अभियानमा सक्रिय रहेका शेर्पाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेख्य सहयोग गरिरहेका छन् । 
 
अमेरिकाका अनुभवी र सुविधासम्पन्न उपकरणबाट विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म शिविर संचालन भइरहेको छ । 




 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
2.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
3.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
4.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
5.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
6.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
7.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
8.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
9.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
10.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
11.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
12.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
13.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
14.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
15.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
16.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
17.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
18.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
19.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
20.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
21.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
22.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
23.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
24.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
25.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
Results 706: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media