मंगलवार, माघ ०२ गते, २०७४
मंगलवार, २०७४ कार्तिक २० गते ०१:०९

रोजगार मञ्च/
नेपाली सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गर्न धेरै संघर्ष गरेका र संघर्ष गर्दा गर्दै गुमनाम भएका कलाकारको संख्या अनगिन्ति छ । तर यहि नेपाली सांगीतिक आकाशमा केही यस्ता प्रतिभावान कलाकारहरु पनि छन् जो जीवनको पुर्वार्धमै सांगीतिक क्षेत्रमा प्रवेश गरेर छोटो समयमै आफुलाई चिनाउन सफल भएका छन् । त्यस्तै एक नव प्रतिभावान गायक हुन् मेक्सम खाती । 
 
उमेरले भर्खर २२ वसन्त पार गरेका मेक्सम “हुने बिरुवाको चिल्लो पात” भन्ने उखानलाई वास्तविकतामा बदल्ने एक त्यस्ता गायक हुन् जसले १५ वर्षको उमेरमै आफ्नो गायकिले दर्शक र श्रोतालाई मोहनी लगाईसकेका थिए । सानो उमेरमै उनको स्वरले चलाएको जादुमा मन्त्रमुग्ध हुनेको संख्या लाखौ छ । १५ वर्षको उमेरमा उनले गाएको ‘सानु कहाँ छौ .....’ भन्ने लोकदोहोरीले एकाएक मेक्समलाई चर्चाको शिखरमा मात्र पु¥याएन अवार्ड समेत दिलायो ।
 
पुख्र्याैली घर गुल्मी भएपनि मेक्समको जन्मघर भने दाङ हो । त्यहिबाट उनले एसएलसी पास गरे । त्यसपछि जीवनको गोरेटोले उनलाई काठमाडौं डो¥यायो । एसएलसी पछि संगीत विषय लिएर पढ्ने उनको धोको थियो तर पुरा भएन । ललितकला क्याम्पसमा भर्ना हुनलाई उनी बुझ्न जाँदा भर्ना गर्ने समय सक्किसकेको रहेछ । त्यसपछि मेक्समको अगाडि २ वटा बाटा तेर्सिए – एक वर्ष यतिकै गुजारेर अर्को वर्ष समयमै ललितकलामा भर्ना हुने या अन्य कुनै विषय लिएर पढाईलाई निरन्तरता दिने । उनले दोश्रो बाटो रोजे तर ललितकलामा भर्ना भएर पढ्ने उनको धोको पुरा नभएपनि धित मर्ने गरि संगीतको शिक्षा लिन भने उनी चुकेनन् । ११ कक्षाको पढाई सँग–सँगै मेक्सम संगीतको ज्ञान लिन गुरुदेव कामद कहाँ पुगे । जहाँ उनी आज पनि जाने गर्छन र आफु भित्र लुकेको गायकी तरवारमा संगीत र साधनाको कसी लगाएर टल्काउछन ।


 
संगीतको पोखरीमा डुबुल्की मार्ने धेरैको चाहना हुन्छ । तर डुबुल्की मारेर पौडिन नजान्नेहरुलाई पोखरीले कहाँ पु¥याउछ पत्तो हँुदैन । धेरैको रहर वा सपना पनि हुनसक्छ सांगीतिक आकाशमा उडिरहने । तर घर परिवार र आर्थिक अवस्थाले गर्दा चंगा बनेर उड्ने कयौका सपना लट्टाइको धागोले चंगालाई काबुमा राखे जस्तै बनाइदिन्छ । 
 
मेक्समको हकमा भने कहिल्यै त्यसो भएन । पहिलो कुरा त उनको घरमै यस्तो सांगीतिक माहोल बन्थ्यो कि घरका सदस्यसँग मन र कुरा मिलेपछि गीत गाउन मेक्समका लागि घर नै स्टुडियो बन्थ्यो बेला–बेला । उनका दाई गीत रचना गर्ने, बुवा मादल बजाउने मेक्सम गीत गाउने अनि मेक्समकि आमा छोराको स्वरमा मन्त्रमुग्ध हुँदै छमछमी नाच्ने ।


 
सानो उमेरमै मेक्समको स्वरले जादु चलाए पनि निकै साँघुरो नेपाली सांगीतिक बजारले भने उनलाई आर्थिक रुपमा त्यति सवल बनाईसकेको छैन । तर जीवनमा अझ धेरै संघर्ष गर्नुछ भन्ने मेक्समलाई त्यसको चिन्ता पनि खासै छैन ।
 
छोराको स्वरले यसै पनि लट्ठ मेक्समकि आमा कहिँकतै जाँदा बाटोमा दर्शकले मेक्समकि आमा–बुवा भनेको सुन्दा त झन् पुलकित हुन्छिन । सायद त्यसैले पनि कुनै सांगीतिक कार्यक्रममा जान मेक्समको खल्तीमा पैसा नहुँदा उनी गाडीमा मेक्समलाई लिएर आफै जान्छिन ।
झन् बेला–बेला आमाले घरमा गर्ने ठट्टाले पनि मेक्समलाई सांगीतिक आकाशमा उडिरहने प्रेरणा मिल्छ । जहाँ उनकी आमाले भन्ने गर्छिन–एल्बम निकाल्ने हो ? पैसा छैन भनेको ? त्यसो भए जग्गा बेचिदिम, जग्गा बेचेर भएपनि एल्वम निकाल्ने । आमाले जग्गा नबेचे पनि मेक्सम चाँडै एल्वम निकाल्ने तयारीमा छन् ।


 
लोक दोहोरीका बादशाह रामजी खांड उनलाई सबैभन्दा धेरै मनपर्ने गायक हुन् । त्यहि मनपराईले उनी सानै देखि खांडका गीत खुबै गुनगुनाउथे । नेपालका थुप्रै ठाँउमा भएका सांगीतिक प्रहसनमा आफ्नो प्रस्तुति दिइसकेका मेक्समले विदेशका दर्शकलाई समेत नचाउन भ्याइसकेका छन् ।
 
मार्शल आर्टका ब्ल्याक बेल्ट मेक्सम कुनै समय खुबै मार्शल आर्ट खेल्थे । त्यहि मार्शल आर्ट खेल्दा कतिपल्ट उनको मुख फुटेको छ र थुप्रैका नाकबाट रगतको धारा समेत बगाईदिएका छन् उनले । तर आजकल उनी मार्शल आर्ट कमै खेल्छन बरु त्यो खेल्ने समय संगीत साधनामै रमाउछन् किनकि मार्शल आर्ट मेक्समको सोख हो तर संगीत उनको सपना ।











तस्बिरहरु : दिनेश लुइटेल

 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
126.   नीर शाहद्धारा ‘सेतो बाघ’ चलचित्रको घोषणा
127.   कामनाले सिजी फिल्मस् एवार्ड गर्ने
128.   ‘जुठिएको सिउँदो’ को म्यूजिक भिडियो सार्वजनिक (गीतको भिडियो सहित)
129.   पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
130.   बरिष्ठ निर्देशक रेग्मीको निधन
131.   निर्माता तथा निर्देशक तामाङको मलेसियामा निधन
132.   नारायणगोपालले भने: ‘यी, तिम्रो खैनीको बट्टा’
133.   एक सय हलबाट लोफर
134.   अनु र रुपालाई देखाएर चल्ला त ‘बर्दी’ ?
135.   योजनाको “मनै त हो”
136.   ‘छ एकान छ’ पौष २६ गतेबाट प्रदर्शनमा आउदै
137.   शान्तिका लागि नेपथ्यको यात्रा
138.   निर शाह काङ्ग्रेसको प्रचारमा, फिल्मकर्मीलाई प्रचण्डको अनुरोध
139.   अमेरिकामा दसैँ-तिहार शुभकामना कार्यक्रममा
140.   कोलोराडो बाढी पीडित नेपालीका लागि सहयोग संकलन
141.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
142.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
143.   सम्मान पाएपछि रोए भक्तराज
144.   संजय दत्तलाई छुट्टी
145.   मिस वर्ल्डको फाइनलमा इशानी
146.   भुवनको भिडन्त प्रकाशमान संग
147.   डि सिने अवार्ड : उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक
148.   समयसँगै देश दौडाहामा
149.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
150.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
Results 154: You are at page 6 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media