मंगलवार, माघ ०२ गते, २०७४
मंगलवार, २०७४ कार्तिक २० गते ०१:०९

रोजगार मञ्च/
नेपाली सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गर्न धेरै संघर्ष गरेका र संघर्ष गर्दा गर्दै गुमनाम भएका कलाकारको संख्या अनगिन्ति छ । तर यहि नेपाली सांगीतिक आकाशमा केही यस्ता प्रतिभावान कलाकारहरु पनि छन् जो जीवनको पुर्वार्धमै सांगीतिक क्षेत्रमा प्रवेश गरेर छोटो समयमै आफुलाई चिनाउन सफल भएका छन् । त्यस्तै एक नव प्रतिभावान गायक हुन् मेक्सम खाती । 
 
उमेरले भर्खर २२ वसन्त पार गरेका मेक्सम “हुने बिरुवाको चिल्लो पात” भन्ने उखानलाई वास्तविकतामा बदल्ने एक त्यस्ता गायक हुन् जसले १५ वर्षको उमेरमै आफ्नो गायकिले दर्शक र श्रोतालाई मोहनी लगाईसकेका थिए । सानो उमेरमै उनको स्वरले चलाएको जादुमा मन्त्रमुग्ध हुनेको संख्या लाखौ छ । १५ वर्षको उमेरमा उनले गाएको ‘सानु कहाँ छौ .....’ भन्ने लोकदोहोरीले एकाएक मेक्समलाई चर्चाको शिखरमा मात्र पु¥याएन अवार्ड समेत दिलायो ।
 
पुख्र्याैली घर गुल्मी भएपनि मेक्समको जन्मघर भने दाङ हो । त्यहिबाट उनले एसएलसी पास गरे । त्यसपछि जीवनको गोरेटोले उनलाई काठमाडौं डो¥यायो । एसएलसी पछि संगीत विषय लिएर पढ्ने उनको धोको थियो तर पुरा भएन । ललितकला क्याम्पसमा भर्ना हुनलाई उनी बुझ्न जाँदा भर्ना गर्ने समय सक्किसकेको रहेछ । त्यसपछि मेक्समको अगाडि २ वटा बाटा तेर्सिए – एक वर्ष यतिकै गुजारेर अर्को वर्ष समयमै ललितकलामा भर्ना हुने या अन्य कुनै विषय लिएर पढाईलाई निरन्तरता दिने । उनले दोश्रो बाटो रोजे तर ललितकलामा भर्ना भएर पढ्ने उनको धोको पुरा नभएपनि धित मर्ने गरि संगीतको शिक्षा लिन भने उनी चुकेनन् । ११ कक्षाको पढाई सँग–सँगै मेक्सम संगीतको ज्ञान लिन गुरुदेव कामद कहाँ पुगे । जहाँ उनी आज पनि जाने गर्छन र आफु भित्र लुकेको गायकी तरवारमा संगीत र साधनाको कसी लगाएर टल्काउछन ।


 
संगीतको पोखरीमा डुबुल्की मार्ने धेरैको चाहना हुन्छ । तर डुबुल्की मारेर पौडिन नजान्नेहरुलाई पोखरीले कहाँ पु¥याउछ पत्तो हँुदैन । धेरैको रहर वा सपना पनि हुनसक्छ सांगीतिक आकाशमा उडिरहने । तर घर परिवार र आर्थिक अवस्थाले गर्दा चंगा बनेर उड्ने कयौका सपना लट्टाइको धागोले चंगालाई काबुमा राखे जस्तै बनाइदिन्छ । 
 
मेक्समको हकमा भने कहिल्यै त्यसो भएन । पहिलो कुरा त उनको घरमै यस्तो सांगीतिक माहोल बन्थ्यो कि घरका सदस्यसँग मन र कुरा मिलेपछि गीत गाउन मेक्समका लागि घर नै स्टुडियो बन्थ्यो बेला–बेला । उनका दाई गीत रचना गर्ने, बुवा मादल बजाउने मेक्सम गीत गाउने अनि मेक्समकि आमा छोराको स्वरमा मन्त्रमुग्ध हुँदै छमछमी नाच्ने ।


 
सानो उमेरमै मेक्समको स्वरले जादु चलाए पनि निकै साँघुरो नेपाली सांगीतिक बजारले भने उनलाई आर्थिक रुपमा त्यति सवल बनाईसकेको छैन । तर जीवनमा अझ धेरै संघर्ष गर्नुछ भन्ने मेक्समलाई त्यसको चिन्ता पनि खासै छैन ।
 
छोराको स्वरले यसै पनि लट्ठ मेक्समकि आमा कहिँकतै जाँदा बाटोमा दर्शकले मेक्समकि आमा–बुवा भनेको सुन्दा त झन् पुलकित हुन्छिन । सायद त्यसैले पनि कुनै सांगीतिक कार्यक्रममा जान मेक्समको खल्तीमा पैसा नहुँदा उनी गाडीमा मेक्समलाई लिएर आफै जान्छिन ।
झन् बेला–बेला आमाले घरमा गर्ने ठट्टाले पनि मेक्समलाई सांगीतिक आकाशमा उडिरहने प्रेरणा मिल्छ । जहाँ उनकी आमाले भन्ने गर्छिन–एल्बम निकाल्ने हो ? पैसा छैन भनेको ? त्यसो भए जग्गा बेचिदिम, जग्गा बेचेर भएपनि एल्वम निकाल्ने । आमाले जग्गा नबेचे पनि मेक्सम चाँडै एल्वम निकाल्ने तयारीमा छन् ।


 
लोक दोहोरीका बादशाह रामजी खांड उनलाई सबैभन्दा धेरै मनपर्ने गायक हुन् । त्यहि मनपराईले उनी सानै देखि खांडका गीत खुबै गुनगुनाउथे । नेपालका थुप्रै ठाँउमा भएका सांगीतिक प्रहसनमा आफ्नो प्रस्तुति दिइसकेका मेक्समले विदेशका दर्शकलाई समेत नचाउन भ्याइसकेका छन् ।
 
मार्शल आर्टका ब्ल्याक बेल्ट मेक्सम कुनै समय खुबै मार्शल आर्ट खेल्थे । त्यहि मार्शल आर्ट खेल्दा कतिपल्ट उनको मुख फुटेको छ र थुप्रैका नाकबाट रगतको धारा समेत बगाईदिएका छन् उनले । तर आजकल उनी मार्शल आर्ट कमै खेल्छन बरु त्यो खेल्ने समय संगीत साधनामै रमाउछन् किनकि मार्शल आर्ट मेक्समको सोख हो तर संगीत उनको सपना ।











तस्बिरहरु : दिनेश लुइटेल

 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
51.   मिस्टर एन्ड मिस ओसेनिया बने प्रमेज र रुपा
52.   भूकम्पपीडितको सहयोगार्थ अमेरिकामा सुरसुधा साँगीतिक साँझ हुँदै
53.   मिष्टर एण्ड मिस नेपाल ओसेनियाको भब्य तयारी
54.   नम्रता र आर्यन बने वर्षका उत्कृष्ट
55.   लम्जुङ धमाका बृहद साँस्कृतिक कार्यक्रम २०१६ को पहिलो प्रस्तुती अन्तिम तयारीमा
56.   ‘मैनाजोडी’ ल्याउदै गायक साई उज्ज्वल कोइराला
57.   वरिष्ठ लोकदोहोरी गायक राजु परियार लगायत ६ जना कलाकारहरु इदमा कतारमा आउँदै ।
58.   उमाको नक्कली गहनामा चोर पल्किएपछि (भिडियोसहित)
59.   ‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई मुम्बईमा अवार्ड
60.   गायक सत्यराजले ल्याए ‘मधुशाला’ (गीतको भिडियो सहित)
61.   गिरानचौर नमुनावस्ती निर्माणको सहयोगार्थ कतारमा सुन्तली-धुर्मुस साझ हुदै
62.   अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोलीहानी हत्या
63.   रहेनन् वरिष्ठ संगीतकार अम्बर गुरुङ
64.   गायक रामकृष्ण ढकालसहित नेपालका १ दर्जन लोकप्रिय कलाकार दोहा आउँदै
65.   चलचित्र कालो पोथीलाई १४ करोडको पाइरेसी बिमा
66.   नेपाल संगीत विद्यालयद्धारा औपचारिक संगीत शिक्षा सुरु
67.   संगीतकार अनुरागी र गायक लिम्बुलाई नारायण गोपाल युवा पुरस्कार
68.   कस्ता नेपाली फिल्म चल्दैछन् यो शुक्रबार ?
69.   सगरमाथा समुह ओमानको नृत्य प्रतियोगिता सम्पन्न
70.   अनुरागीको ‘टेको सन्ध्या’ भब्य रुपमा सम्पन्न
71.   कुमारी लामाको गीतिसंग्रह ‘पर्खि बसेको छु’ सार्वजनिक
72.   प्रयोम व्याण्डको पुनः आगमन
73.   दीपाश्री र नारायण रायमाझी ‘बर्ष व्यक्ति’ घोषित
74.   गायक केसीको निधन
75.   हास्यटेलिश्रृंखला ‘भद्रगोल’ पुनःप्रशारण हुँदै
Results 154: You are at page 3 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media