शनिवार, माघ ०६ गते, २०७४
आइतवार, २०७४ कार्तिक १९ गते २३:४०

तलब नपाउने प्रवासी मजदुरहरुको सङ्ख्या दक्षिण कोरियामा बृद्धि हुँदै गएको छ । कृषि र साना तथा मझौला कम्पनीमा कार्यरत कतिपय मजदुरहरुले तलब नपाएको बताइएको छ । 
 
गत महिना कोरियन संसदमा भएको संसदीय जाँचबुझ सुनुवाइमा प्रजातान्त्रिक पार्टीको सांसद खान्ग व्यङ्ग वनले रोजगार तथा श्रम मन्त्रालयले बुझाएको तलब सम्बन्धि रिपोर्टमा यो बर्ष अगष्ट महिनासम्ममा प्रवासी मजदुरहरुले नपाएको तलबको रकम कोरियन वन ५ सय १५ अक ९अमेरिकी डलर ४ करोड ६२ लाख ९ हजर ६२० भन्दा बढी रहेको जनाएका  छन् । 
 
यो तलब रकम २०१५ को अवधिमा प्रवासी मजदुरले  नपाएको तलब रकम ५ सय ३ अक ९अमेरिकी डलर ४ करोड ५० लाख ९१ हजार ८ सय ८७ ० भन्दा बढी हो । प्रवासी मजदुरले नपाएको रकम २०१२ मा लगभग २ सय ४० अक ९अमेरिकी डलर  २ करोड १५ लाख ३४ हजार ३ सय २०० र २०१६ मा ६ सय ८७ अक ९अमेरिकी डलर लगभग ६ करोड १६ लाख ४१ हजार ९ सय ९१० थियो । कोरियामा प्रवासी मजदुरले नपाएको तलबको रकम गत ५ बर्षको अवधिमा ३ गुणाले बृद्धि भएको जनाइएको छ ।
 
कानुन मन्त्रालय अध्ययागमन कार्यालयको तथ्याङ्क अनुसार गत बर्ष अदक्ष मजदुर ९ई ९ भिषा० र भ्रमण रोजगार ९एच २ भिषा ,जुन भिषा अन्तर्गत कोरियन चिनियाँ नागरिकहरु आउने गर्दछन० को मजदुरको सम्पूर्ण संख्या ५ लाख ३४ हजार १ सय ३७ रहेको छ । २०१२ मा मजदुर भिषामा प्रवासी मजदुरको संख्या ४ लाख ४९ हजार २ थियो । २०१५ मा वृद्धि भई ५ लाख ६१ हजार ३ सय ८४ थियो ।
 
रोजगार तथा श्रम मन्त्रालयले गत अगष्ट महिनासम्म प्रत्येक कार्यालयमा प्राप्त उजुरीका आधारमा  पेश गरेको रिपोर्ट अनुसार तलब नदिने कम्पनीहरुको सख्या ६ हजार ८ सय २७ छ भने तलब नपाउने प्रवासी मजदुरको संख्या १५ हजार ८ सय ४ जना छ । उनीहरुले नपाएको तलबको रकम कोरियन वन ५ सय १५ अक् २ हजार ६०० वन छ । उक्त रकम अमेरिकी डलर ४ करोड ६२ लाख ३२ हजार ३९१ बराबर  हो ।
 
सांसद खांग व्यङ्ग वनले मजदुरहरुको घनत्व बढी रहेका क्षेत्रहरुमा तलब प्राप्त नगरेका कामदारहरु बढी रहेको बताएका छन् । बिना भिषा काम गरिरहेका प्रवासी मजदुरको तथ्याङ्क पूर्णरुपमा नभएकोले तलब नपाउनेहरुको संख्या यो भन्दा  बढी हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
2.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
3.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
4.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
5.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
6.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
7.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
8.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
9.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
10.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
11.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
12.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
13.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
14.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
15.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
16.   दुई बर्षमा ३ सय १३ नयाँ मेनपावर दर्ता
17.   पाण्डे त पक्राउ परे, निर्देशक रमा भट्टराईको पालो कहिले ?
18.   सुभद्रासँग पैसा असुल्ने दाउमा पाण्डे परे अख्तियारको फन्दामा
19.   अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
20.   केन्द्र र प्रदेश सभाको उम्मेदवार बनेका श्रममन्त्री र राज्यमन्त्रीलाई संघले दियो बिजयको शुभकामना
21.   महानिर्देशक माथि नै झम्टिए वैदेशिक रोजगार पीडितका आफन्त (हेर्नुहोस् भिडियो )
22.   अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा
23.   कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी
24.   अलैँचीको आम्दानीले युवालाई बिदेसिन दिएन
25.   मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा
Results 506: You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media