मंगलवार, मंसिर २६ गते, २०७४
शनिवार, २०७४ कार्तिक १७ गते ०१:०७

संखुवासभा समाज कतारले धुमुर्स–सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुर नगरपालीका वडा नं. ८ को सन्तपुरमा बाढिपिडितका लागि निर्माण गरिरहेको एकीकृत नमूना सन्तपुर बस्ती निर्माणका लागि २५ हजार नगद सहयोग प्रदान गरेको छ ।
 
शुक्रबार फाउण्डेशनको कार्यालयमा संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोसिएसन (एसकाज)ले सहयोग रकम हस्तान्तरण कार्यक्रमको संयोजन गरी फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
 
कार्यक्रममा एसकाजका महासचिव उद्धव भट्टराई, कोषाध्यक्ष द्धारिका काफ्ले र सदस्य फणिन्द्र दाहालको सहभागिता रहेको थियो ।
 
सहयोग रकम लिदै धुमुर्स–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले विदेशमा दुःख गरी कमाएर दिएको सहयोगको आफुहरुले सहि सदुपयोग गर्ने जानकारी दिदै असोज ४ गतेबाट सुरु भएको वस्तीनिर्माण आगामी माघ २४ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए । 

हाल कतारमा नै रहेका संखुवासभा समाज कतारका अध्यक्ष लोक राईले बाढीपीडितहरुका लागि संकलन गरिएको रकम धुर्मुस सुन्तली फाउण्डेशन मार्फत प्रदान गर्न पाउनु कतारमा रहेका संखुवासभालीको खुशीको कुरा रहेको बताए ।  


 
माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको सन्तपुर दलित वस्तीमा रहेका ४५ परिवारका २८० जनाको लागि यसअघि निर्माण गरिएका जस्तै बालमैत्री, अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी ४५ वटा आवासीय घर, एउटा मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै वस्ती अवलोकन गर्ने भ्यु टावर समेत निर्माण गरिने फाउण्डेशनले जनाएको छ ।

वस्ती निर्माणका लागि ५ करोड ७५ लाख खर्च हुने अनुमान गरिएको बताइएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
2.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
3.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
4.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
5.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
6.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
7.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
8.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
9.   अन्र्तर्राष्ट्रिय काभ्रे समाज गठन, संयोजकमा जापानका कपिलदेव थापा
10.   चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन कात्तिक १ र २ मा हुदै
11.   युएईमा २२ नेपालीको विचल्ली, उद्दारमा जुट्यो एनआरएनए
12.   दुतावासको नाम प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति नेपाली राजदुतावास कतारको गम्भीर ध्यानाकर्षण
13.   सत्रवर्षदेखि साउदी जेलमा रहेका पर्वतका सन्तबहादुरको सरकारसँग पुकार
14.   मलेसियामा मानसिक सन्तुलन गुमेपछि...
15.   नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन
16.   बिरामी कठेतलाई संखुवासभा समाज हङकङको ३ लाख ५० हजार सहयोग
17.   एनआरएन कतारको प्रदेश नं ३ संयोजकमा कार्कीको उम्मेदवारी
18.   एनआरएन कतारको तृतिय उपाध्यक्षमा ढकालको उम्मेदवारी
19.   कतारको घोषणा : अब कतार जान भिसा नचाहिने !
20.   खोटाङ सेवा समाज कतारको एकदिने प्रशिक्षण कार्यकम सम्पन्न
21.   नेपाल सम्पर्क समिति कोरियाको अध्यक्षमा अञ्जु
22.   साउदीमा गैरकानुनी कामदारलाई १३ लाखसम्म जरिवाना
23.   काभ्रे समाज युएईद्धारा अपाङ्ग तथा अनाथ बाल बालिकाको लागि सहयोग प्रदान
24.   ठगी गर्नेलाई कारबाहीमा सघाउँदै जापानका नेपाली
25.   दलित एकता संजाल नेपाल ओमानको प्रथम अधिवेशन सम्पन्न
Results 349: You are at page 1 of 14
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 Next Last

Powered By : Unitech Media