सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ कार्तिक १४ गते ०८:०१

रोजगार मञ्च /
इतिहासका पानामा लेखिएको छ–पूर्वी र पश्चिम जर्मनीलाई एक बिशाल पर्खालले छुट्याएको थियो । भलै पूर्वी र पश्चिमा जर्मन बीचको भावनात्मक सम्बन्धलाई त्यो बिशाल पर्खालले धेरै समय अलग्याएर राख्न सकेन र अन्तत त्यो पर्खाल तोडियो । तर मान्छे कुलतमा फसेपछि यूरोपमा ठडिएको त्यो पर्खाल भन्दा ठुलो पर्खाल एउटै कोख बाट जन्मिएका दाजु र भाईको बीचमा कसरी ठडिएला कल्पना गर्न सक्नुहुन्छ ? बिकृति र विसंगतिले बिस्तारै गाज्दै लगेको हाम्रो समाजमा त्यस्ता पात्र वा घटना भेट्न त्यति गाह्रो हुन छाडिसक्यो । बरु साझा आँगन भएपनि एउटा दाजु पुर्व फर्किएर र भाई पश्चिम फर्किएर हिड्ने धेरै परिवार भेट्छौ हामी ।

तपाइलाई लाग्न सक्छ कागजमा कोरिएका यी कोरा कल्पना के वास्तविकता हो त ? त्यसो भए भोलि ठिक साढे एक बजे नाचघर जमल पुग्नुस हाम्रो समाजको वास्तविकतालाई लेखक भारत गुरागाईंले पर्दामा उतारेका हरेक परिदृश्य हाम्रो जीवन सँग पूर्णरुपमा मेल नखाए पनि तपाइको छरछिमेक सँग मेल खान सक्छ । र ति निकटतालाई निर्देशक प्रयाग न्यौपानेले यसरी उतारेका छन् कि तपाइलाई करिव एक घण्टाको त्यो नाटक हेर्दा कुनै मिनेट पट्यार लाग्ने छैन । बरु पश्चिमा र आधुनिक प्रेमको सिको गर्दा फस्ने समाजका केही पात्रले तपाइलाई बेला बेला हसाउने छन् भने कुलतमा फसेको बाबुले भौतिक रुपमा ठड्याएको पर्खालले छेक्न नसकेको दुइ बाबुका छोरी बीचको भावनात्मक सम्बन्ध देख्दा तपाईका आँखा अनायासै रसाइसकेका हुन्छन,सायद आफ्नो खल्तीको रुमाल झिक्न नपाउदै धेरैका आँखा बाट मोतिका दाना भुइँमा खसिसकेका हुन्छन ।



आफुले जन्म दिएका छोराहरु छुट्टीएर बसेपनि दुइ घर जोडिएको एउटै आँगनको बीचमा  एक्कासी पर्खाल लागेको देख्दा एउटी आमाको मनोभाव समान देखाउदा वास्तविकताको धरातल बाट नाटक कतै चिप्लिएको होकी भन्ने लाग्छ । तर साथी संगतमा परेर एक पल्ट गलत बाटो समाएको युवक सुध्रिन खोज्दा पुनः विगतको त्यहि एक घटना सँग जोडेर उसलाई गलत मार्गमा धकेल्न खोजिनु, त्यहि शंकामा उ प्रहरीको फन्दामा पर्नु,अनुसन्धानकै नाममा उ प्रहरीको घेरामा पर्नु र प्रहरीको अनुसन्धानको घेरा भित्र परेको एक युवक कुनै नेताको कार्यकर्ता भएकाले उसलाई छुटाउन प्रहरीलाई  दिइएको दबाबले नाटकले नेपाली समाजको वास्तविक ट्रयाक कुन बेला पक्डिएछ भनेर कसैले सोच्नै भ्याउदैन ।


नाटक मंचन पश्चात मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी  । तस्बिर : दिनेश लुइटेल

नसाले बेरिएको बाबुले दिन नसकेको वात्सल्य त्यसमाथि सौतेनी आमा बाट पाउन नसकेको न्यानो काखको हृदयविदारक र पीडादायी दृश्यले दर्शकलाई भावविह्वल बनाउदा सासु र बुहारी बीच आमा छोरी जस्तो सम्बन्ध पनि बन्न सक्छ भनेर नाटकले देखाउन खोजेको छ । नेपली समाजका ‘नारद’ को रुपमा एक पण्डित बाजेको अभिनयले सिंगो नाटकमा अचारको काम गरेको छ । आफुले गरेका र गर्ने व्यवहार नै छोरा छोरीले सिको गर्ने भएकाले छोराछोरीको अगाडि सधै असल व्यवहार र ज्ञान गुणका कुरा गर्नुपर्छ भन्ने जस्ता धेरै कुराको संदेश दिएर अनेक कौतुहलताका माझ नाटक यसरी सकिन्छ त्यो १ घण्टा बितेको पत्तो पाईदैन ।


 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   आर्यनको लगन गाठो सपनासंग बाँधिने
152.   संचारकर्मीलाई उपचारका लागि डकुमेन्ट्री प्रदर्शन, १ लाख संकलन
153.   सम्मान पाएपछि रोए भक्तराज
154.   संजय दत्तलाई छुट्टी
155.   मिस वर्ल्डको फाइनलमा इशानी
156.   भुवनको भिडन्त प्रकाशमान संग
157.   डि सिने अवार्ड : उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक
158.   समयसँगै देश दौडाहामा
159.   कलाकार उठाएर भोट बढाउने मेसोमा दलहरु
160.   मापसेको कक्षापछि दीपकले लाइसेन्स लिए, डीआईजीलाई ‘तीतो सत्य’मा निमन्त्रणा
161.   नम्रताले खोलिन नयाँ प्रेमिको रहस्य
162.   प्रहरीले झुक्यायो : दिपकराज गिरी
163.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
164.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 164: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media