सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ कार्तिक १४ गते ०८:०१

रोजगार मञ्च /
इतिहासका पानामा लेखिएको छ–पूर्वी र पश्चिम जर्मनीलाई एक बिशाल पर्खालले छुट्याएको थियो । भलै पूर्वी र पश्चिमा जर्मन बीचको भावनात्मक सम्बन्धलाई त्यो बिशाल पर्खालले धेरै समय अलग्याएर राख्न सकेन र अन्तत त्यो पर्खाल तोडियो । तर मान्छे कुलतमा फसेपछि यूरोपमा ठडिएको त्यो पर्खाल भन्दा ठुलो पर्खाल एउटै कोख बाट जन्मिएका दाजु र भाईको बीचमा कसरी ठडिएला कल्पना गर्न सक्नुहुन्छ ? बिकृति र विसंगतिले बिस्तारै गाज्दै लगेको हाम्रो समाजमा त्यस्ता पात्र वा घटना भेट्न त्यति गाह्रो हुन छाडिसक्यो । बरु साझा आँगन भएपनि एउटा दाजु पुर्व फर्किएर र भाई पश्चिम फर्किएर हिड्ने धेरै परिवार भेट्छौ हामी ।

तपाइलाई लाग्न सक्छ कागजमा कोरिएका यी कोरा कल्पना के वास्तविकता हो त ? त्यसो भए भोलि ठिक साढे एक बजे नाचघर जमल पुग्नुस हाम्रो समाजको वास्तविकतालाई लेखक भारत गुरागाईंले पर्दामा उतारेका हरेक परिदृश्य हाम्रो जीवन सँग पूर्णरुपमा मेल नखाए पनि तपाइको छरछिमेक सँग मेल खान सक्छ । र ति निकटतालाई निर्देशक प्रयाग न्यौपानेले यसरी उतारेका छन् कि तपाइलाई करिव एक घण्टाको त्यो नाटक हेर्दा कुनै मिनेट पट्यार लाग्ने छैन । बरु पश्चिमा र आधुनिक प्रेमको सिको गर्दा फस्ने समाजका केही पात्रले तपाइलाई बेला बेला हसाउने छन् भने कुलतमा फसेको बाबुले भौतिक रुपमा ठड्याएको पर्खालले छेक्न नसकेको दुइ बाबुका छोरी बीचको भावनात्मक सम्बन्ध देख्दा तपाईका आँखा अनायासै रसाइसकेका हुन्छन,सायद आफ्नो खल्तीको रुमाल झिक्न नपाउदै धेरैका आँखा बाट मोतिका दाना भुइँमा खसिसकेका हुन्छन ।



आफुले जन्म दिएका छोराहरु छुट्टीएर बसेपनि दुइ घर जोडिएको एउटै आँगनको बीचमा  एक्कासी पर्खाल लागेको देख्दा एउटी आमाको मनोभाव समान देखाउदा वास्तविकताको धरातल बाट नाटक कतै चिप्लिएको होकी भन्ने लाग्छ । तर साथी संगतमा परेर एक पल्ट गलत बाटो समाएको युवक सुध्रिन खोज्दा पुनः विगतको त्यहि एक घटना सँग जोडेर उसलाई गलत मार्गमा धकेल्न खोजिनु, त्यहि शंकामा उ प्रहरीको फन्दामा पर्नु,अनुसन्धानकै नाममा उ प्रहरीको घेरामा पर्नु र प्रहरीको अनुसन्धानको घेरा भित्र परेको एक युवक कुनै नेताको कार्यकर्ता भएकाले उसलाई छुटाउन प्रहरीलाई  दिइएको दबाबले नाटकले नेपाली समाजको वास्तविक ट्रयाक कुन बेला पक्डिएछ भनेर कसैले सोच्नै भ्याउदैन ।


नाटक मंचन पश्चात मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी  । तस्बिर : दिनेश लुइटेल

नसाले बेरिएको बाबुले दिन नसकेको वात्सल्य त्यसमाथि सौतेनी आमा बाट पाउन नसकेको न्यानो काखको हृदयविदारक र पीडादायी दृश्यले दर्शकलाई भावविह्वल बनाउदा सासु र बुहारी बीच आमा छोरी जस्तो सम्बन्ध पनि बन्न सक्छ भनेर नाटकले देखाउन खोजेको छ । नेपली समाजका ‘नारद’ को रुपमा एक पण्डित बाजेको अभिनयले सिंगो नाटकमा अचारको काम गरेको छ । आफुले गरेका र गर्ने व्यवहार नै छोरा छोरीले सिको गर्ने भएकाले छोराछोरीको अगाडि सधै असल व्यवहार र ज्ञान गुणका कुरा गर्नुपर्छ भन्ने जस्ता धेरै कुराको संदेश दिएर अनेक कौतुहलताका माझ नाटक यसरी सकिन्छ त्यो १ घण्टा बितेको पत्तो पाईदैन ।


 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
26.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
27.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
28.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
29.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
30.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
31.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
32.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
33.   राजेशले तताए नाइजेरिया
34.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
35.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
36.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
37.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
38.   शोकलाई शक्तिमा बदल्दै अन्तत श्वेता फर्कीइन फिल्मी दुनियामा
39.   उज्यालो उत्सव २०७३को तयारी पुरा
40.   रहेनन् कलाकार रामशेखर नकर्मी
41.   ८९ औं अस्कर अवार्डमा 'ला ला ल्याण्ड'को वर्चस्व, 'मुनलाइट' उत्कृष्ट
42.   गायक प्रकाश ओझा पक्राउ, १० वर्षको लागि जेल चलान
43.   एञ्जलले चुमिन 'किन्डर गार्टेन ग्लोरी नेपाल २०१७' को शिर्ष उपाधि
44.   एपी वान टेलिभिजनले सुरु गर्दै 'नेपाल आइडल'
45.   भारतमा ‘भाग्यले बाँचेकाहरु’लाई अवार्ड
46.   यो हप्ता बिहीबारै लागे तीन नयाँ फिल्म, कस्ले मार्ला बाजि ? (चलचित्रको प्रोमोसहित)
47.   बलिउड अभिनेता ओम पुरीको निधन
48.   विराट र अनुष्काको इनगेजमेन्ट नयाँवर्षमा हुदै
49.   निशा र सन्तोषलाई नारायणगोपाल युवा सङ्गीत पुरस्कार
50.   ‘अल्लारे’ मार्फत फर्किए दीपक बज्राचार्य (भिडियोसहित)
Results 164: You are at page 2 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media