मंगलवार, मंसिर २६ गते, २०७४
नेपाली कामदारलाई फाइदा पुग्ने
मंगलवार, २०७४ कार्तिक १४ गते २३:२०

 
नेपाल र खाडि मुलुक कुवेतबीच पहिलोपटक सिधा हवाई उडान हुने भएको छ । कुवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले कुवेत–काठमाडौं उडान भर्न अनुमति पाएपछि नेपाल कुवेतबीच सिधा हवाई उडान सुरु हुने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वातानीय एयरवेजलाई उडान अनुमति दिइसकेको छ ।  
 
“वातानीयले दैनिक उडान भर्ने स्वीकृति पाएको छ, केही महिनाभित्रै उडान थाल्ने योजनामा छ,” मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने । नेपालसँग सिधा हवाई उडानमा कुवेत जोडिँदा त्यहाँ रहेका नेपाली कामदारलाई फाइदा पुग्ने नेपालले जानकारी दिए । कुवेतमा हाल ९० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ । 
 
विशेषतः नेपाली महिला घरेलु श्रमिकका रूपमा कुवेतमा कार्यरत छन् । नेपालसँग सिधा हवाई मार्गमा जोडिँदा कामदारसहित व्यापार विस्तारमा पनि सहयोग पुग्ने नेपाल कुवेत उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्करदास श्रेष्ठले बताए । 
 
कुवेत पुग्न हाल नेपालीले फ्लाई दुबई, कतार एयरवेज, ओमन एयर लगायतका एयरलाइन्ससँग भर पर्नु परेको छ भने ति मुलुकमा घन्टौ ट्रान्जिटमा बस्नुपर्ने बाध्यता अब हट्ने उपाध्यक्ष श्रेष्ठले बताए । कुवेत–काठमाडौं तथा काठमाडौं–कुवेत सिधा उडान पाँच घन्टाको मात्रै हुने छ । सन् २००५ बाट उडान थालेको वातानीय एयरवेजले हाल दुईवटा एयरबस ३२० जहाज मार्फत ७ वटा गन्तव्यमा उडान गर्दै आएको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
2.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
3.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
4.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
5.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
6.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
7.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
8.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
9.   अन्र्तर्राष्ट्रिय काभ्रे समाज गठन, संयोजकमा जापानका कपिलदेव थापा
10.   चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन कात्तिक १ र २ मा हुदै
11.   युएईमा २२ नेपालीको विचल्ली, उद्दारमा जुट्यो एनआरएनए
12.   दुतावासको नाम प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति नेपाली राजदुतावास कतारको गम्भीर ध्यानाकर्षण
13.   सत्रवर्षदेखि साउदी जेलमा रहेका पर्वतका सन्तबहादुरको सरकारसँग पुकार
14.   मलेसियामा मानसिक सन्तुलन गुमेपछि...
15.   नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन
16.   बिरामी कठेतलाई संखुवासभा समाज हङकङको ३ लाख ५० हजार सहयोग
17.   एनआरएन कतारको प्रदेश नं ३ संयोजकमा कार्कीको उम्मेदवारी
18.   एनआरएन कतारको तृतिय उपाध्यक्षमा ढकालको उम्मेदवारी
19.   कतारको घोषणा : अब कतार जान भिसा नचाहिने !
20.   खोटाङ सेवा समाज कतारको एकदिने प्रशिक्षण कार्यकम सम्पन्न
21.   नेपाल सम्पर्क समिति कोरियाको अध्यक्षमा अञ्जु
22.   साउदीमा गैरकानुनी कामदारलाई १३ लाखसम्म जरिवाना
23.   काभ्रे समाज युएईद्धारा अपाङ्ग तथा अनाथ बाल बालिकाको लागि सहयोग प्रदान
24.   ठगी गर्नेलाई कारबाहीमा सघाउँदै जापानका नेपाली
25.   दलित एकता संजाल नेपाल ओमानको प्रथम अधिवेशन सम्पन्न
Results 349: You are at page 1 of 14
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 Next Last

Powered By : Unitech Media