शुक्रवार, माघ ०५ गते, २०७४
सोमवार, २०७४ कार्तिक १२ गते ०१:५३

गत वर्ष अक्टोबर १३ मा निधन भएका थाइल्याण्डका नवौ नरेश भुमिबोल अदुल्यदेजको थाई परम्परा अनुसार १ वर्ष १३ दिनका दिन गत अगष्ट २६ मा अन्तेष्टि गरिएको छ । उनको अन्तेष्टि समारोहमा भाबविहोर थाई तथा अन्य समूदायको विशाल सहभागिता रहेको थियो ।
 
थाइल्याण्डका जनता तथा अन्यमूलका नागरिकहरुले भुमिबोललाई भगवानको रुपमा पुज्ने गरेका थिए । करिब ७० वर्ष थाइल्याण्को राजाभएर राज्य चलाएका उनको जन्म ५ डिसेम्बर १९२७ मा भएको थियो । 
 
थाइल्याण्ड तथा अन्य मूलका हरेक नागरिकका पिरमर्का र दुःख बुझने भुमिबोलले  थाइल्याण्मा बस्दै आएका अन्य मुलुकका नागरिकलाईसमेत थाई नागरिक समान हकअधिकार र सुविधा प्रदान गरेका थिए । थाइल्याण्डको बिकास तथा भाषा, जाति, संस्कार तथा संस्कृति प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेका उनी थाइल्याण्डका हरेक नागरिकको मन–मनमा बसेका थिए ।
 
राजा भूमिबोलको अन्तेष्टिमा थाइल्याण्डमा रहेका नेपालीहरुको संस्था थाई नेपाली संघ केन्द्र र बैंकक शाखाले प्राथना गर्दै श्रदासुमन चढाएको छ । बैंककस्थित थाई मन्दिरमा आयोजित प्राथना तथा श्रदाञ्जली कार्यक्रममा नेपाली दुतावास थाइल्याडका प्रथम सचिव कृपाराम रिजाल, थाई नेपाली संघका अध्यक्ष कुमार कार्की, उपाध्यक्ष लक्ष्मण केसी, महासचिव विश्व धिताललगायत उल्लेख्य नेपालीहरुको सहभागिता रहेको थियो । साथै संघका थाइल्याण्मा रहेका १० वटा शाखाले पनि छुट्टाछुट्टै कार्यक्रम गरी श्रदाञ्जली अपर्ण गरेका थिए ।  


 






















 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
26.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
27.   नर्बेमा मध्यरातमा घाम ?
28.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
29.   इन्टरनेटबाट मितेरी साइनो
30.   वाह् सेक्स टोय
31.   अञ्जूको वियोगान्त कथा
32.   कतारमा मल अफ एसिया
Results 32: You are at page 2 of 2
First Prev 1 2

Powered By : Unitech Media