सोमवार, असार ११ गते, २०७५
शुक्रवार, २०७४ कार्तिक १० गते २३:३८


रोजगारमञ्च /
मुलुकको दोश्रो राजधानी भनेर चिनिने बिराटनगर महानगरपालिका सँगै जोडिएको गाउँ छ झोराहाट(हाल ग्रामथान गाउँपालिका)। महानगरपालिका सँगै जोडिए पनि भौतिक विकासमा भने केही पछि छ झोराहाट,‘बत्ति मुनिको उज्याला’ जस्तै । तर भावनात्मक रुपमा बिराटनगर महानगरपालिका सँग झोराहाटको सम्बन्ध जति नजिकको छ त्यो भन्दा गाढा सम्बन्ध देशका अन्य स्थान सँग छ । अझ त्यो भन्दा कसिलो सम्बन्ध त देश तथा विदेशमा रहेका साहित्य,कला,संस्कृति र रंगमंच प्रेमी सँग गासिएको छ झोराहाटको । कृषि प्रधान हाम्रो देशमा कृषिजन्य वस्तु उत्पादन हुने मुख्य भुमिको रुपमा यसै पनि चिनिएको मोरङ्ग जिल्ला र यहि मोरङ्ग जिल्ला भित्र पर्ने झोराहाट गाउँ साहित्य र रंगमंचको उर्वर भुमिको रुपमा मात्र चिनिएको छैन, कयौ कलाकार,साहित्यकार तथा रंगकर्मीको जन्मभुमिको रुपमा परिचित छ ।


शाब्दिक रुपमा झोरा र हाट मिलेर बनेको झोराहाट शब्दको अर्थ्याई झोराहाटका पाकाहरु यसरी लगाउछन्–झोरा अर्थात जंगल या बोट बिरुवा भएको घनास्थल र हाट अर्थात स्थानीय जनताले घरायसी समान तथा अन्य उपभोग्य वस्तु किनबेच गर्ने स्थान । त्यहि जंगलको बीचमा कुनै दिन हाट लाग्ने भएर राखिएको झोराहाटमा आज पनि हप्तामा २ दिन हाट लाग्छ ।


तर तरकारीको हाट सँगै आजकाल झोराहाटमा दिनहु जसो हाट लाग्छ–साहित्य र रंगमंचको । देश विदेशमा ख्याती कमाएका साहित्य,कला र रंग क्षेत्रका कयौ बादशाह जन्माएको झोराहाटमा लाग्ने त्यो साहित्यको हाट बिस्तारै फैलदै फैलदै राजधानी सम्म आइपुगेको छ । जसले यहि कार्तिक १४ र १५ गते राष्ट्रिय नाचघर जमलमा “पर्खाल“ नाटक मन्चन हुँदैछ  ।

झोराहाट नाटक घरका अध्यक्ष भरत गुरागाईद्वारा लिखित नाटक पर्खाल १४ र १५ गते राष्ट्रिय नाचघरमा दिउसो १ः३० बजे मञ्चन हुँदैछ । समाज र जीवनका विसंगत पक्षलाई सशक्त रूपमा उठान खोजिएको नाटक पर्खालमा खासगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ जहाँ नाटकले रक्सीको कुलतमा फसेको समाज र प्रेममा भित्रिएको बजारिया संस्कृतिको प्रभावलाई पर्दामा उतार्न खोजिएको छ । जसको निर्देशन प्रयाग न्यौपानेले गरेका छन् ।
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   भर्सटाइल गायिका रिता के.सी
2.   गुरुङ भाषाको चलचित्र ‘रिंजे नाँशा’को च्यारिटी शो हुदै
3.   भुन्टी लिएर आए निशान भट्टराई (भिडियोे)
4.   यूएईका मुख्य शहरहरुमा ‘ऐश्वर्य' को च्यारिटी शो हुने
5.   चलचित्र पत्रकारिता सम्मान र पुरस्कार वितरण, पाण्डे र लम्साल सम्मानित
6.   प्रकाश सपूतको 'बोल माया‍' युट्युब ट्रेन्डिङ नम्बर १ मा (गितको भिडियोसहित)
7.   सलमान अभिनीत एक्सनले भरपूर 'रेस ३' को ट्रेलर सार्वजनिक
8.   नायीका सारा सिरपालीको फेसबुक प्रेम भिडियो मा नै देखियो (हेर्नुहोस भिडियो)
9.   सलमानको नेपालमा हुने भनिएको कार्यक्रम स्थगित
10.   अर्जुन पोखरेलको संगीतमा 'लम्फू'को चार गीत सार्वजनिक (गीतको अडियोसहित)
11.   कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने
12.   पत्रकार तथा गीतकार रवि रोषीको 'डाँडा पारी घाम' सार्वजनिक (म्युजिक भिडियोसहित)
13.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
14.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
15.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
16.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
17.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
18.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
19.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
20.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
21.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
22.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
23.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
24.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
25.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
Results 164: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media