मंगलवार, बैशाख ११ गते, २०७५
विहिवार, २०७४ कार्तिक ०८ गते ०२:३२

शान्ता कमली / लमजुङमा अलैँची खेती तीव्र रूपमा विस्तार हुँदै जाँदा युवाले गाउँमै रोजगारी पाउन थालेका छन् । थोरै श्रम र लगानीमा आकर्षक आम्दानी हुने भएपछि स्थानीय युवा अलैँची खेतीतर्फ आकर्षित भएका हुन् ।
 
सोही कारण ठूलो सपना बोकेर १४ वर्षसम्म विदेशको भूमिमा पसिना बगाएका मस्र्याङ्दी गाउँपालिका भुलभुले–७, लुदीका सन्तबहादुर तामाङ स्वदेश फर्किएपछि सदरमुकाम बेँसीसहर झरे । विदेशको अनुभवले सदरमुकाम बेँसीसहरमा पनि उनले सोचेजस्तो उन्नति गर्न सकेनन् । त्यसपछि गाउँ–गाउँमा फैलिएको अलैँची खेतीको लहरसँगै परिवारसहित गाउँ फर्किएका उनले ३५ रोपनी क्षेत्रफलमा अलैँची खेती सुरु गरेका छन् ।
 
अलैँची खेतीबाट विदेशी भूमिमा कमाएको भन्दा पनि आकर्षक कमाइ गर्न लागेपछि अहिले उनी दंग छन् । ‘अलैँची बेचेर अघिल्लो वर्ष ९ लाख रुपैयाँ कमाएको थिएँ,’ उनले भने, ‘यस वर्ष कम्तीमा १२ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ ।’ उनीजस्तै १२ वर्ष मलेसियामा बिताएर आएका कमबहादुर तामाङ पनि अहिले अलैँची खेतीमै रमाउन थालेका छन् । उनको सपरिवार पनि अलैँची खेतीमार्फत लाखौँको आम्दानी गर्न सफल भएका छन् ।
 
‘गाउँमा बाँझो रहेको सबै जग्गामा अहिले अलैँची लगाएका छौँ,’ उनले भने, ‘अलैँचीबाट वार्षिक १५ लाखभन्दा बढी रकम लिँदै आएको छु ।’ अलैँचीले राम्रो आम्दानी दिन थालेपछि रोजीरोटी र सुखसयलको सपना बोकेर विदेश र सहरमा बसाइँसराइ गरेका स्थानीय १३ युवाहरू अहिले गाउँमै फर्किएका छन् ।
 
गाउँमा व्यक्तिगत र सामूहिक रूपमा सुरु गरिएको अलैँची खेतीले युवाहरूलाई आकर्षक आम्दानी दिनुका साथै आफ्नै ठाउँमा केही गरौँ भन्ने उत्साह जगाएको छ । ८ वर्षसम्म खाडी मुलुकमा गएका आशिष तामाङ पनि २० रोपनी जग्गामा अलैँची खेती गरिरहेका छन् । उनले गत वर्ष अलैँची बिक्रीबाट २ लाख रुपैयाँ आम्दानी गरे । परम्परागत खेतीभन्दा अलैँची खेती गर्दा धेरै आम्दानी हुने किसानहरूको अनुभव छ।
 
सामान्यतया एक हजार मिटरभन्दा उच्च भूभागमा रहेको सेपिलो ठाउँमा अलैँची खेती हुने गरेको छ । यसअघि धान, मकै, कोदो रोपिएको ठाउँमा समेत अहिले अलैँची रोपेको छिनखोलाकै अर्का किसान सुलबहादुर तामाङले बताए ।
 
परम्परागत खेतीले ६ महिना पनि खान नपुग्ने किसान अलैँची खेतीबाट मनग्य आम्दानी लिन पाउँदा दंग छन् । विगत दश वर्षदेखि अलैँची खेतीमा लागेका किसान मनप्रसाद तामाङले अलैँची बेचेर राम्रो आम्दानी भइरहेको बताए । व्यावसायिक रूपमा सुरु भएको अलैँची खेतीको अभियानले अहिले गाउँ फर्कनेहरू बढ्दै जान थालेका छन् । ‘गाउँमा ४२ घरधुरी थियो, बसाइँ सरेर जम्मा १२ घरधुरीमा मात्र सीमित भयो, नेपाल अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङ भन्छन्, ‘अलैँची खेतीको सुरुवातसँगै अहिले गाउँमा २९ घरधुरी भएको छ ।’ बाँझो रहेका यहाँका जग्गा अलैँची खेतीले भरिन थालेका छन् ।
 
बसाइँसराइले रित्तिन लागेको गाउँ अहिले जुर्मुराएको छ । ‘विद्यार्थीको अभावमा झन्डै मर्ज हुने अवस्थामा पुगेको गाउँको लालीगुराँस प्राथमिक विद्यालय पनि अलैँची खेतीको अभियानले रोकेको छ । विकट मानिने लुदी गाउँमा स्थानीयले आफैँ पैसा उठाएर गाउँमै सडक सञ्जाल पुर्‍याएका छन् ।
 
अहिले लुदी गाउँमा झन्डै ३ सय रोपनी क्षेत्रफलमा अलैँची खेती गरिएको नेपाल अलैँची व्यवसायी संघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । अलैँची खेतीलाई व्यावसायिक रूप दिएका यहाँका स्थानीय अब कृषि पर्यटनलाई विकसित गर्ने योजनामा छन् । वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार विदेशबाट फर्केका धेरै युवा अलैँची खेतीमा लागेका छन् ।
 
जिल्लामा ९ सय ५० हेक्टर जमिनमा अलैँची खेती गरिएको छ । सदरमुकाम बेँसीसहरबाट २ घन्टाको सवारी र तीन घन्टाको पैदलयात्रा गरेपछि पुगिने लुदी गाउँलाई जिल्ला कृषि विकास कार्यालय लमजुङले अलैँचीको पकेट क्षेत्र घोषणासमेत गरेको छ ।
 
छिनखोलामा जस्तै अहिले भुलभुले, गौँडा, इलमपोखरी, दूधपोखरी, भोँजे, पसगाउँ, भुजुङ, उत्तरकन्या, ताघृङ, घेर्मु, पसगाउँ, गिलुङलगायतका गाउँमा समेत अलैँची खेती विस्तार हुन थालेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media