सोमवार, फाल्गुन ०७ गते, २०७४
सोमवार, २०७४ कार्तिक ०६ गते २२:२३

रत्ननगर, (चितवन)  कात्तिक ६ गते । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित सहकोषाध्यक्ष सोमनाथ सापकोटालाई सद्भावना दूत चयन गरेको छ । समितिको हालै सम्पन्न विश्व सम्मेलनले डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिसमेत रहनुभएका सापकोटालाई सद्भावना दूत चयन गरेको अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
 
नेपालमा पर्यटन प्रवद्र्धनसँगै विदेशमा रहेका युवालाई स्वदेशको लगानीका लागि प्रेरित गर्न तथा रोजगारीको अवसर सिर्जना गर्न सापकोटाको भूमिका महत्वपूर्ण हुने समितिले विश्वास लिएको छ । सापकोटाले आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
 
विदेशमा बस्ने चितवनवासीलाई एकीकृत गरी आर्जन गरेको श्रम, सीप र पुँजीलाई नेपालको विकासमा प्रयोग गर्न चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति निर्माण भएको हो ।
 
हाल कतार, इजरायल, युएइ, दक्षिण कोरिया, जापान, कुवेत, साइप्रस, बहराइन, डेनमार्क र आयरल्याण्डमा रहेका करिब दुई हजार चितवनवासी संस्थामा आबद्ध छन् । पाँच वटा देश सहभागी गराउने तयारी रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
 
हालै सम्पन्न विश्व सम्मेलनले गरिब तथा असहाय र विपन्न विद्यार्थीलाई सहयोग गर्ने एवं परोपकारी काममा सहयोग गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
2.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
3.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
4.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
5.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
6.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
7.   एनआरएनएको अस्तित्व संकटमा
8.   एनआरएनले बनाउने भयो सिन्धुलीगढी
9.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
10.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
11.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
12.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
13.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
14.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
15.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
16.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
17.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
18.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
19.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
20.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
21.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
22.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
23.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
24.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
25.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
Results 388: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media