बुधवार, माघ ०३ गते, २०७४
अर्का उम्मेदवार शेर्पामाथि घात
विहिवार, २०७४ कार्तिक ०१ गते ०७:३४

विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्व सम्मेलन तथा महाधिबेशनपछि आएका केही नतिजाले एनआरएनलाई विवादमा तानेको छ । एनआरएन भित्र अहिले विजयी हुने र पराजय हुनेहरु आन्तरिक छलफल र आत्मसमिक्षामा ब्यस्त रहेका छन् । 
 
ठूलो मतअन्तरले अध्यक्षमा बिजयी भएका भवन भट्टको कार्यसमितिले सपथ लिइसकेको भएपनि एनआरएन अमेरिकाज क्षेत्रीय संयोजकमा बिजयी भएका गौरीराज जोशी विवादमा तानिएका छन् । खुरापाती र विवाद निकाल्न खप्पीस जोशीले एनआरएन अमेरिकालाई पनि लामो समय गुम्राहमा राखेका थिए । एनआरएनको विधान विपरित बखेडा निकाल्ने जोशीले एनआरएनको कुनै पनि पदमा काम नगरी सीधै क्षेत्रीय संयोजकमा आएपछि एनआरएन भित्र नै खैलाबैला मच्चिएको छ ।   
 
एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दिन नै अयोग्य ठहरिएका जोशीले केही व्यतिmहरुको आडमा क्षेत्रीय संयोजकमा उम्मेदवारी दिदा नै उजुरी पर्ने वाला थियो । तर एनआरएन आइसीसीलाई विवाद मुक्त बनाउनका लागि तत्कालिन अध्यक्ष शेष घले र एनआरएन अमेरिकाका अगुवाहरुले नै चुप लाग्दा उनले त्यसको अनुचित फाइदा लिने प्रयास गरे ।
 
एनआरएनएको अमेरिकाज क्षेत्रीय संयोजकमा जोशीको अप्रत्यासित जीतले ठूलो पैसा र अनैतिक कार्यको चलखेल भएको पुष्टी भएको छ । ‘विवादित जोशीलाई कसैले मन पराउँदैनन् तर उनको विजयी शंकास्पद छ’ एनआरएन क्यानडाका एक प्रतिनिधिले भने । 
 
यता सोही पदका लागि उम्मेदवारी दिएका निवर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पाको पराजयलाई सोही क्षेत्रका एनआरएनहरु मान्न तयार छैनन् । अमेरिकाज क्षेत्रमा एनआरएन अभियानलाई अझ शशक्त र व्यवस्थित बनाउने, डिआरसी संख्या थप गर्ने, यस क्षेत्रमा रहेका आइसीसीहरुलाई विवादरहित बनाई उत्कृष्ट आइसीसीको रुपमा बिकास गर्ने लगायतका प्रतिवद्धतासहित शेर्पाले धेरै अगाडि नै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । 
 
एनआरएनए स्थापनाकालदेखि नै अभियान्ताका रुपमा सक्रिय शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका ७ अग्ला हिमाल (सेभेन समिट)को सफल आरोहन गरिसकेका शेर्पाले सगरमाथाको चुचुरोमा एनआरएनएको झण्डा समेत फहराएका थिए ।
 
लाप्राक नमुनाबस्ती तथा एनआरएन भवन निर्माणमा ठुलो योगदान दिएका उनले नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्यक्तिगतरुपमा सहयोग गर्दे आएका छन भने सेभेन समिट संस्थामार्फत हरेक वर्ष स्वास्थ्य शिविर पनि संचालन गर्दै आएका छन ।   
 
यस्तै यही पदमा एनआरएन अमेरिकाका उपाध्यक्ष तथा आइसीसी सदस्य श्री पराजुलीले पनि उम्मेदवारी दिएका थिए । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
2.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
3.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
4.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
5.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
6.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
7.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
8.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
9.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
10.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
11.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
12.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
13.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
14.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
15.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
16.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
17.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
18.   एनआरएनए युवा संयोजकमा उम्दा युवाकै भिडन्त
19.   एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी
20.   राजधानी एनआरएनमय हुँदै, एनआरएन दिवस मनाइयो
21.   एसिया प्यासेफिक उपसंयोजकमा मलेसियाबाट तिवारीको उमेदवारी
22.   मध्यपूर्वमा नै नेपालीको पहिलो सुविधासम्पन्न क्लव
23.   एनआरएनए उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी
24.   एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कार्की र पोखरेललाई
25.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
Results 380: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media