सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ आश्विन ३१ गते ००:३४

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा भवन भट्ट बिजयी बनेका छन् । हिजो राती सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार भट्टले ११९७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी जमुना घले गुरुङको ५८४ मत आएको थियो ।
 
दुई उपाध्यक्ष पदका लागि भएको प्रतिष्पर्धामा कुमार पन्त र कुल आचार्य बिजयी भए भने महासचिवमा डा. बद्री केसी निर्वाचित भएका छन् । पन्त र केसीले यसअघि पनि सोही पदमा रहेर जिम्मेवारी वहन गरेका थिए । 
 
यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी, सचिवमा डिबी क्षेत्री र जानुका गुरुङ, कोषाध्यक्षमा हिक्मत थापा, सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा, महिला संयोजकमा रजनी प्रधान, युवा संयोजकमा सुदन थापा, अफ्रिका क्षेत्रीय संयोजकमा सुनिल कार्की (निर्विरोध),  अमेरिकाज क्षेत्रीय संयोजकमा गौरीराज जोशी, मध्यपूर्वी क्षेत्रीय संयोजकमा आरके शर्मा, ओशेनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी, युरोप क्षेत्रीय संयोजकमा शिव वरुवाल र एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा किरणबिक्रम थापा निर्वाचित भए । 
 
यस्तै मध्यपूर्वी क्षेत्रीय उपसंयोजकमा प्रविण गुरुङ र गोपालप्रसाद कडेल निर्विरोध भएभने महिला उपसंयोजकमा यासयीन बेगम (सैयद) पनि निर्विरोध निर्वाचित भएका छन ।  ओसेनिया क्षेत्रीय उपसंयोजकमा इश्वर कुइकेल र लोकनाथ पौडेलको मत बराबरी भएको छ । ओसेनिया महिला संयोजकमा प्रिती शर्मा बिजयी भइन भने युवा उपसंयोजकमा ऋषिराम आचार्य बिजयी भए ।
 
एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुवर बिजयी भए भने महिला उपसंयोजकमा जुनु गुरुङ निर्विरोध निर्वाचित भइन । यता अफ्रिका उपसंयोजकमा डा. भुवन ढकाल र शिव पौडेल निर्वाचित भए ।
 
युरोप उपसंयोजकमा एकराज गिरी र गोविन्द प्रसाद गौतम बिजयी भए भने महिला संयोजकमा संगिता मरहठठा निर्वाचित भइन यसैगरी अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकमा नविन शेरचन र महिला उपसंयोजकमा संगिता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भइन ।
१८५४ मतदाता रहेको निर्वाचनमा १७४४ मत खसेको थियो ।
 
हेर्नुहोस मतपरिणाम
 
















 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   बेचबिखनमा लैजान लागेका १० महिलाको काठमाडौबाटै उद्धार
2.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
3.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
4.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
5.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
6.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
7.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
8.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
9.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
10.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
11.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
12.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
13.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
14.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
15.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
16.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
17.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
18.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
19.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
20.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
21.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
22.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
23.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
24.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
25.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
Results 407: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media