बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७४ आश्विन ३० गते २२:२३

गैरआवासीय नेपाली संघको एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिएका गोविन्द श्रेष्ठ (रोविन्द) जितको नजिक पुगेका छन । अहिले अपरान्ह हुने निर्वाचनको पूर्वसन्ध्यामा श्रेष्ठको पक्षमा एसिया प्यासिफिक क्षेत्रका अधिकांश एनआरएनहरु देखिएकाले उनको जित सुनिश्चित जस्तै बनेको हो । 
 
उता एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिएका मलेसियाका भवानी तिवारी र जापानका किरण थापाले श्रेष्ठलाई सघाउने पक्कापक्की भइसकेको श्रेष्ठ निकट स्रोतले जानकारी दिएको छ ।  
 
एनआरएन अभियानमा लामोसमयदेखि सक्रिय श्रेष्ठले एनआरएन जापानको सदस्य, उपाध्यक्ष, आइसिसि सदस्य हुँदै दुईपटक एसिया प्यासिफिक सहसंयोजक पदमा रहि आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाइसकेका छन् । वर्तमान कार्यसमितिमा एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारीमा रहेका श्रेष्ठले आगामी कार्यकालका लागि एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी घोषणा गर्दै एशियाका सम्पूर्ण प्रतिनिधिहरूलाई सहयोगको अपिल समेत गरेका छन् ।
 
दुई पटकसम्म एसिया प्यासिफिकको सहसंयोजकको जिम्मेवारी वहन गरिसकेकाले श्रेष्ठले आफु अबको कार्यकालका लागि संयोजकको स्वभाविक दावेदार रहेको बताउदै एसिया क्षेत्रका सबै एनआरएनहरुलाई यसअघि जस्तै सहयोग गरी थप जिम्मेवारी वहनको मौका दिन आग्रह गरेका छन् । ‘एसिया प्यासिफिक सहसंयोजक भएर मैले एनआरएन अभियानमा यसअघि गरेका काम सबै सामुन्ने छर्लङ्ग छ, अब थप जिम्मेवारी लिन नै एसिया प्रशान्त क्षेत्रको संयोजकमा उम्मेदवारी घोषणा गरेको हँ’ श्रेष्ठले भने ।
 
श्रेष्ठले आफु एनआरएन अभियानमा केहि लिनलाई नभई दिनलाई आएको बताउदै आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन तथा एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझा एनआरएनए मैत्री बातावरण बनाउननै एसिया संयोजकमा उम्मेदवारी दिएको बताएका छन् । ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको हकहित र सुरक्षा, पर्यटन प्रवद्र्धन तथा प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन पनि म प्रतिवद्ध भएर अगाडि आएको छुु’ श्रेष्ठले भने । 
 
जापानमा सफल व्यवसायीको पहिचान बनाएका श्रेष्ठ समाज सेवामा पनि उत्तिकै सक्रिय छन । एनआरएनएको अगुवाईमा भएको तराईका बाढीपिडितलाई गरिएको राहत वितरण कार्यक्रम, लाप्राक नमुना बस्ती निर्माणदेखि लिएर एनआरएन बिल्डिङ निर्माणमा समेत श्रेष्ठले आर्थिक तथा भौतिक सबैप्रकारको सहयोग गर्दै आएका छन् । यसका अलवा देशका विभिन्न क्षेत्रमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा श्रेष्ठले व्यक्तिगतरुपमा पनि सहयोग गर्दै आएका छन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
2.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
3.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
4.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
5.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
6.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
7.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
8.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
9.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
10.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
11.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
12.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
13.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
14.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
15.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
16.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
17.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
18.   एनआरएनए युवा संयोजकमा उम्दा युवाकै भिडन्त
19.   एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी
20.   राजधानी एनआरएनमय हुँदै, एनआरएन दिवस मनाइयो
21.   एसिया प्यासेफिक उपसंयोजकमा मलेसियाबाट तिवारीको उमेदवारी
22.   मध्यपूर्वमा नै नेपालीको पहिलो सुविधासम्पन्न क्लव
23.   एनआरएनए उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी
24.   एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कार्की र पोखरेललाई
25.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
Results 380: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media