शुक्रवार, बैशाख १४ गते, २०७५
आइतवार, २०७४ आश्विन २९ गते २२:२४

रोजगारमञ्च l विदेशमा बस्ने नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको (एनआरएनए) आठौ विश्वसम्मेलन तथा महाधिबेशन शनिबारबाट सुरु भएको छ । विश्व सम्मेलनसँगै नयाँ नेतृत्व पनि चयन हुने हँुदा राजधानी अहिले एनआरएनमय भएको छ । गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन चलिरहँदा उनीहरू माथि नेपाल र नेपालीले ठुलो अपेक्षा राखेका छन । एनआरएनएले स्थापनाकालदेखि नै समृद्ध मुलुक निर्माणको परिकल्पना गरिरहँदा उनीहरू माथि देश र आम नेपालीको अपेक्षा थप बढेको हो ।
 
रसियाबाट डा. उपेन्द्र महतोले सुरुवात गरेको एनआरएनए अहिले ७७ देशमा पुगिसकेको छ । ‘नेपाल बाहिरको नेपाल’ भनेर अहिले एनआरएनहरू चिनिरहेका छन् । विदेशमा केही पैसा आर्जन गर्ने र आफ्नो जीवनस्तर बढाएका नेपालीहरू रहेको एनआरएनए प्रति आम नेपालीहरूको अपेक्षा रहनु स्वभाविक हो । 
 
एनआरएनहरूले प्रस्तुत गरेका योजना तथा स्वदेशका लागि गर्ने भनिएका कामहरू अपेक्षाकृत रूपमा हुन नसक्दा धेरै नेपाली निराश बनेका छन् । मुलुकको समृद्धि र विकासका लागि एनआरएनएले धेरै महत्वकांक्षि योजनाहरू अघि सारेको भएता पनि कार्यान्वयन ज्यादै न्यून हुँदा नेपालीहरूमा निराशा छाएको हो । झण्डै–झण्डै काम भन्दा गफ हाक्ने संस्थाका रूपमा एनआरएनएलाई एकथरीले आरोप लागउने गरेका पनि छन् । तर पछिल्ला केही वर्षयता एनआरएनएले अघि बढाएका कामले गर्दा पुन ः एनआरएनहरूप्रतिको विश्वास र अपेक्षा देश र देशवासीमा बढेको छ ।
 
‘हामीले अलि धेरै बहकिएर पुरा गर्न नसक्ने बाचाहरू गरेकै हौ’ आत्मआलोचना गर्दै एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने भन्छन् –‘तर, एनआरएनएले नेपाल र नेपालीहरूका लागि केही गर्नु पर्छ भन्ने माहोल चै बनाएको छ ।’ लामिछानेले ७ औं विश्व सम्मेलनताका सबै एनआरएनहरूलाई लक्षित गर्दै भनेका थिए– ‘हामी पुरा गर्न सक्ने मात्र बोलौ, अर्थात काम गरिसकेर देखाउ, अनि बोलौ’ । 
 
एनआरएनएप्रतिको बढदो अपेक्षाकै कारण सुरुवातदेखिनै नेपाल सरकार, राजनैतिक दल, संचारजगत र सर्वसाधारणले एनआरएनएलाई दिएको महत्वबाटै प्रष्टै हुन्छ । एनआरएनएको कुनैपनि राष्ट्रिय समन्वय परिषदको कार्यक्रममा नेपाल सरकारका मन्त्री, दलका नेता तथा सरकारी उच्चपदाधिकारीहरूको सहभागिता मात्र होइन विश्वसम्मेलनमा प्रधानमन्त्रिदेखि राष्ट्रपतिसम्मको सहभागिताले पनि उनीहरूप्रतिको अपेक्षा स्वरूप महत्व दिइएको स्पष्ट हुन्छ ।   
 
मुलुकका हितमा गैरआवासीय नेपालीको भूमिका रहने अपेक्षासहित सरकारले एनआरएनहरूले उठाउदै आएको लगानीमैत्री वातावरणको सुनिश्चितता, दोहोरो नागरिकता, सम्पत्ती राख्न पाउने अधिकार, प्रवेशाज्ञा लगायतका थुप्रै सुविधाहरू प्रदान गरिसकेको छ । यसर्थ अब पनि महत्वकांक्षि योजना मात्र सुनाउने र कार्यान्वयन भने विगत जस्तै गफमै सीमित हुने हो भने यो संस्थाको औचित्यमाथि प्रश्न उठ्न सक्छ । 
 
त्यसो त गैरआवासीय नेपालीहरूले देशका लागि केही नगरेका भने होइनन् । धेरै गैरआवासीय नेपालीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा विभिन्न क्षेत्रमार्फत देशमा लगानी भित्र्याइरहेका छन । तर यो पर्याप्त र अपेक्षा अनुरूप अझै होइन । देश समृद्ध बनाउन संस्थागतरूपमै ठुलो लगानी भित्राउने वातावरण तय उनीहरूले गर्न सक्नुपर्छ । 
 
अझ महत्वपूर्ण पक्ष त गैरआवासीय नेपालीहरूको सबैभन्दा ठुलो संख्या रहेको मध्यपूर्व तथा मलेसियामा उनीहरूको अधिकार र सुरक्षाको सवाल आज पनि जस्ताको तस्तै छ । यस विषयमा एनआरएनएले हरेक विश्वसम्मेलनमा कुरा उठाएपनि ठोस उपलब्धी अहिलेसम्म शुन्य जस्तै छ । झन उनीहरूकै नाममा स्थापित कल्याणकारी कोष गुमनाम हुँदा अलपत्र र समस्यामा पर्ने नेपाली मात्र होइनन सासको आसमा स्वदेश आउन चाहने र वाकसमा लास भएर आउने नेपालीले समेत निकै सास्ती भोगिरहनुपरेको छ । त्यती मात्र होइन सय मिलियन डलरको लगानी कोष, एक एनसीसी एक परियोजना तथा हाइड्रोपावरदेखि लिएर मुलुककै कायापलटसम्मका एनआरएनएका मुद्धा बीचबाटोमै हराएको अवस्था छ अहिले । यहाँ सम्मकी प्रवासमा रहेका ४० लाखभन्दा बढी नेपालीहरूको साझा यो संस्थामा अहिलेसम्म ४० हजार सदस्य पनि बल्ल तल्ल कटेका छन् । 
 
अहिलेको तथ्याङ्कअनुसार, १९ लाख १७ हजार नौ सय तीन नेपाली विदेशमा छन् । यो तथ्याङ्क ‘डकुमेन्टेट’ रूपमा विदेश गएकाको मात्र भएकाले ‘अनडकुमेन्टेट’ रूपमा जानेहरूसमेत जोडेर करिब ४० लाख नेपाली मुलुकबाहिर रहेको अनुमान गरिएको छ । मुलुक छोडेर विदेशिनु हामी नेपालीको बाध्यता पनि हो । महिनाको पाँच हजार मात्रै कमाउने ठाउँ भए म विदेश जाने थिइनँ भन्नेको सख्या ठूलै छ । मुलुकबाहिर बसेर आफ्नै व्यापार, व्यवसाय गर्नेदेखि लिएर मजदुरी गर्नेसम्मले आफ्नो देशबारे चिन्ता लिनु स्वाभाविकै हो ।
 
संचारकर्मी बबिता बस्नेत विदेशमा बस्ने नेपालीहरूले देशप्रतिको सकारात्मक भावभन्दा पनि बिग्रियो, नासियो, अब केही बाँकी छैन, बर्बाद भयो भन्ने नै बढी देखाउने गरेकोमा चिन्ता व्यक्त गर्दछिन् । उनी भन्छिन्–‘हाम्रो राजनीतिक अवस्था अस्थिर भएको हो, वर्षौंदेखि उस्तै यहाँको अस्थिर राजनीतिले मानिसमा निराशा पैदा गरेको छ । तर, यति हुँदाहुँदै पनि नेपालमा अन्त नभएका धेरै कुरा छन् र हुँदै छन् । इन्टरनेटको दु्रतदर सेवा नेपालमा जस्तो कमै मुलुकमा छ । स्वास्थ्य सुविधाको कुरा गर्ने हो भने दाँत भर्नेदेखि लिएर अर्को दाँत राख्ने या दाँतसम्बन्धी सबै कामका लागि नेपालमा जस्तो सस्तो र राम्रो सुविधा अन्त कहीँ छैन । सुरक्षित मातृत्वलगायत स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भइरहेको छ, शिक्षाको गुणस्तरमा पनि विगतको तुलनामा वृद्धि भएको छ । राजनीतिक खिचातानी मात्रै नहुने हो भने धेरै कुरामा हामी अगाडि बढिरहेका छौँ र आशा गर्ने ठाउँ प्रसस्त छ ।’ 
अहिले कतिपय एनआरएनले आफू बाहिर बसेर नेपालबाट केमा लगानी गरे फाइदा उठाउन सकिन्छ, कसरी र कहाँबाट पैसा आउँछ भनेर त्यतातिर मात्र ध्यान दिएको पाइन्छ । लगानी अनुरूपको फाइदा खोज्नु स्वाभाविक हो तर के गर्दा मुलुक र आफू दुवैलाई फाइदा हुन्छ भन्नेतर्फध्यान दिनु आवश्यक छ न कि आफ्नै कमाइधमाईलाई मात्रै ।
 
प्रत्येक दुई वर्षमा हुने एनआरएनको सम्मेलन नेपालमा बडो धमाका साथ सुरु भए पनि यसको उपलब्धि भने खासै हुने गरेको छैन । एनआरएन सम्मेलन कसले कसलाई जिताउने कसलाई हराउने खेल र नेपालमा रहेका आफन्तलाई भेट्ने अवसर वा बाहना मात्र नबनाउनका लागि यसको नेतृत्वमा रहेकाहरूले फरक धारबाट सोच्नु आवश्यक छ । आखिर हामी सबै नेपाली हौँ, आफ्नो देशको लागि सकेको गर्नु हामी सबैको दायित्व र कर्तव्य दुवै हो । साथै राज्यले पनि जुनसुकै मुलुकमा बसे पनि आफ्ना नागरिकलाई राष्ट्रियताविहीन बनाउन मिल्दैन । गैरआवासीय नेपाली जो जहाँ बसे पनि, जसले जहाँको नागरिकता प्राप्त गरेको भए पनि उनीहरू जन्मँदै नेपाली हुन् त्यसैले त्यो जन्मसिद्ध अधिकारबाट उनीहरूलाई वञ्चित गरिनुहुँदैन ।
 
गैरआवासीय नेपालीको योगदान सामाजिक क्षेत्रमा बढी रहेको धेरैको बुझाइ छ । उनीहरूको विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान रहेको देखिएको छ । एनआरएनले स्वस्फुर्त रूपमा स्कुल, स्वास्थ्यचौकी बनाउने, गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जस्ता सेवाभावका कामसहित मुलुकमा आपतकालीन स्थिति पर्दा सहयोग गरेको देखिन्छ । भूकम्प र नाकाबन्दीका समयमा भूकम्प प्रभावितलाई निःशुल्क उपचार तथा तीन करोडबराबरको औषधि वितरणजस्ता कुराले पनि नेपालीको मन एनआरएनएले जितेको थियो ।
 
एनआरएनको नेपालमा भौतिक संरचना, रोजगारी निर्माणलगायत क्षेत्रमा राम्रो उपस्थिति देखिएको छ । आर्थिक पत्रकार समाज सेजनले सन् २०१४ मा गरेको एक अध्ययनअनुसार गैरआवासीय नेपालीको विकासशील नौ जिल्लामा मात्र सन् २०१४ को अन्त्यसम्ममा करिब २९ अर्ब ८५ करोड लगानी भएको देखिएको छ । सो लगानी जम्मा ६७ ओटा व्यवसाय र केही उद्योगमा रहेको छ । जसमध्ये ४९ वटा सेवा प्रदायक व्यापार हुन् भने आठवटा ऊर्जामा लगानी भएको देखिन्छ । त्यसैगरी सातवटा उत्पादनमुखी व्यवसाय छन् भने तीनवटा बिनाफाइदा अर्थसहयोगमा समर्पित संस्था र कम्पनी छन् । उनीहरूको सो लगानीबाट करिब आठ हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ, जसमा पुरुष पाँच हजारभन्दा बढी छन् भने महिला तीन हजारजति छन् । हुनत व्यक्तिगतरूपमा लगानी गर्ने एनआरएनहरू धेरै छन् त्यो तथ्यांकमा नआएको हुनसक्छ ।
 
विनाशकारी भुकम्पको समयमा यो संस्थाले उद्धार तथा राहतमा देखाएको तत्परता, लाप्राक नमुनावस्ती निर्माण, हालसालैको बाढीपीडितलाई गरेको सह्याताले मात्र अहिले यो संस्थाको गरिमा र औचित्य उच्च बनाएको छ । अबका दिनमा यो गरिमा उच्च बनाउदै मुलुक समृद्धिमा योगदान दिने हो भने यो विश्वसम्मेलन पद र रमझम भन्दा पनि निश्चित एजेण्डामा केन्द्रित हुनु जरुरी छ । 
 
भर्खरै बन्न लागेको शाख जोगाउने हो भने यो संस्था यस पटकको विश्वसम्मेलनमा महत्वकांक्षा, हल्ला, पदलोलुप्ता र औपचारिकता भन्दा पनि केही ठोस घोषणा गर्न उद्यत होस । यसै सम्मेलनबाट देश र आम नेपालीले साच्चै एनआरएनप्रतिको भरोसा अब पुग्छ भन्ने सोचुन । मानवीय सह्यातामा पछिल्लो समय जुन सहृदय यो संस्थाबाट आम नेपालीले अनुभूत गरे देश निर्माणमा पनि सीप, पुँजी र अनुभवको उपल्लो संगम अक्टोबर १८ बाट सुरु हुन सकोस् ।
-अर्थ र रोजगारबाट
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
26.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
27.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
28.   विना एजेण्डा सरकारी टोलिको पछि लागेर जानुले संघ माथि आशंका जन्मायो : घिमिरे
29.   बिचौलियाको दबदबाले मलेसिया रोजगारी संकटमा पर्दैछ
30.   अह, १० हजारमा कामदार पठाउन सक्दैनौं
31.   फ्री भिसा र एक लाखवीचको अन्तरः सुधारको प्रयास आफैंबाट
32.   उर्जा संकट र समाधानका उपाय
33.   दश वर्षभित्र सबैभन्दा ठुलो पाटी बन्नेछौ
34.   युवा जोश जागर पार्टीलाई चाहिएको छ
35.   नारा होइन पार्टीको नीति स्थापीत गर्न नै मेरो उमेदवारी, जिपछिरिङ लामा, उमेदवार, केन्द्रिय सदस्य, नेपाली कांग्रेस
36.   यूएईमा नै पढेर लाखौ कमाउँदै तामाङ
37.   अलअहलियाको सुविधा नेपालीमैत्री छ
38.   बेष्ट रेमिटलाई ‘ग्लोबल ब्राण्ड’ बनाउछौ
39.   गफ होइन काम गर्न आएको हुँ
40.   ट्राभल एजेन्सीदेखि सुन पसलसम्म हुन्डी
41.   जिटुजी दुवै देशका लागि नयाँ अनुभव हो
42.   एनआरएनए अध्यक्षलाई सल्लाहकारको खुल्लापत्र
43.   खाडीका नेपालीप्रति सरकार जिम्मेवार बन्नैपर्छ
44.   नेपालीहरू अन्य देशका लागि रोल मोडल हुन्
45.   मेनपावरको विरोधको गाली होइन, वास्तविकता बुझौ
46.   फ्रि भिसा फ्रि टिकट स्वागतयोग्य
47.   बेष्ट रेमिटलाई ‘ग्लोबल ब्राण्ड’ बनाउँदैछौ
48.   मान्छे बेचेर रातारात धनी हुने सपना त्यागौँ
49.   श्रम सम्झौता नगरेसम्म खोल्नु हुँदैन
50.   “मिशन र भिजन” सहित अध्यक्ष बनेको हु
Results 59: You are at page 2 of 3
First Prev 1 2 3 Next Last

Powered By : Unitech Media