बुधवार, माघ ०३ गते, २०७४
आइतवार, २०७४ आश्विन २८ गते ०६:१३

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका कुवेतका धर्मराज गिरीले आफ्नो उम्मेदवारी दर्ता नगराउने भएका छन् । क्षेत्रीय संयोजकका अर्का प्रत्याशी कतारका आरके शर्मालाई समर्थन गर्दै गिरीले आफ्नो उम्मेदवारी नदिने बताएका हुन । 
 
‘मध्यपूर्वी संयोजकमा अग्रज र संगठनका लागि आवश्यक मान्छे आरकेजी आएकाले यस पटक मैले आफ्नो उम्मेदवारी नदिने निर्णय गरे’ गिरीले भने–‘अहिलेको मध्यपूर्वको समस्या समाधान र एनआरएन अभियानका लागि आरके शर्मा उपयुक्त व्यक्ति हुन त्यसैले मैले उनको समर्थनमा आफ्नो उम्मेदवारी थाती राखेको हुँ ।’
 
लामो समयदेखि एनआरएनए अभियानमा संलग्न आरके शर्मा मध्यपूर्वी क्षेत्रमा अभियान्ताका रूपमा परिचित छन् । ‘लामो समय एनआरएनए अभियानमा सहयात्री बने अब आफै प्रत्यक्ष संलग्न भएर मध्यपूर्वका नेपालीका लागि केही गर्ने अठोटसहित मध्यपूर्वी संयोजक पदका लागि उम्मेदवारी दिएको हुँ’ शर्माले भने । उनले एनआरएनए संस्थामा लागेर आजसम्म पनि आफुले पदको लालचा नलिएको बताउदै शर्माले सिङ्गो एनआरएनएको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रित गर्न तथा त्यस क्षेत्रका नेपालीका सम्पूर्ण समस्या र एजेण्डाहरूलाई संस्थागतरूपमै अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन ।

 
 गिरीले उम्मेदवारी नदिने भएपछि अव मध्यपूर्वी संयोजकमा आरके शर्मा र धरम केसीबीच प्रतिष्पर्धा हुने भएको छ । यता शर्माले भने केसीले पनि अन्तिम समयमा आफुलाई समर्थन गर्ने आशा रहेको बताएका छन् । ‘धरम केसीजीले आइसीसीमा रहेर धेरै काम गरिसक्नुभएको छ र अब मध्यपूर्वका हाम्रा मुद्धा फरक तथा ढोस ढंगमा अघि बढाउन मैले थालेको प्रयासमा उहाँले साथ दिनुहुनेछ भन्ने लागेको छ ।’ अघिल्लो कार्यकालमा नै मध्यपूर्व संयोजकको पद छोडेर बाहिर बसेका शर्मा यो पटक सर्वसम्मत नेतृत्व लिन खोजिरहेका छन् ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
2.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
3.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
4.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
5.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
6.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
7.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
8.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
9.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
10.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
11.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
12.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
13.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
14.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
15.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
16.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
17.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
18.   एनआरएनए युवा संयोजकमा उम्दा युवाकै भिडन्त
19.   एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी
20.   राजधानी एनआरएनमय हुँदै, एनआरएन दिवस मनाइयो
21.   एसिया प्यासेफिक उपसंयोजकमा मलेसियाबाट तिवारीको उमेदवारी
22.   मध्यपूर्वमा नै नेपालीको पहिलो सुविधासम्पन्न क्लव
23.   एनआरएनए उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी
24.   एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कार्की र पोखरेललाई
25.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
Results 380: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media