सोमवार, असार ११ गते, २०७५
शनिवार, २०७४ आश्विन २७ गते ०५:२५

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि महासचिव पदमा उम्मेदवारी दिएका वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठ सन् २००९ देखि निरन्तर एनआरएनए आइसीसीको नेतृत्व तहमा छन् । उनी आईसीसी सदस्य, यूरोप संयोजक हुदै हाल संघको आईसीसी सचिवको जिम्मेवारीमा छन् ।
 
एनआरएनएको संस्थागत विकास तथा सांगठनिक सुधारमा आफ्नो अनुभव र सीपलाई उपयोग गर्न आफु महासचिव पदका लागि अघि सरेको बताउने श्रेष्ठ एनआरएनए संस्थाप्रति रहेको आम नेपालीको भरोसालाई अझ उचाइमा पु¥याउन आफु प्रतिवद्ध भएर अगाडि बढेको बताउँछन ।
 
‘लामो समयसम्म एनआरएनए आइसीसीको नेतृत्व तहमा बसेर आर्जन गरेको अनुभवलाई थप जिम्मेवारीसहित लगाउननै मैले महासचिव पदमा उम्मेदवारी दिएको हुँ’ श्रेष्ठले भने –‘हामीले एनआरएन अभियानमार्फत जति गरेका छौ त्यसलाई संस्थागत गर्दै थप सशक्त ढंगमा अघि बढनु जरुरी छ यसका लागि संस्थागत सुधार र एनआरएनएलाई साँच्चिकै एनआरएनए बनाउने अभियानमा लाग्नेछु ।’


को हुन श्रेष्ठ  ?

पर्वतको फलेवास निवासी श्रेष्ठ अहिले बेल्जियममा सफल व्यवसायीका रुपमा परिचित छन् । सुरुवातमा पर्वतको कुस्मा बजारबाट औषधीजन्य व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका उनी तत्कालिन राजनैतिक द्धन्द्धबाट पीडित बनेर विदेशिन बाध्य भएका थिए ।
 
जिल्लामा ब्यवसायसँगै सामाजिक तथा संस्थागत विकासमा नेतृत्वदायी भूमिकामा रहेका श्रेष्ठले कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामक सहकारीको स्थापना गरि जिल्लाका व्यवसायीलाई सहकारीको माध्यमबाट एकताबद्ध गर्न सफल भएका थिए । हरेक भूमिकामा सफल श्रेष्ठले जिल्लामा लायन्स क्लव तथा जेसिजलाई स्थापना गर्न सक्रिय भएर लागेका थिए । 
 
उद्योगी व्यवसायीको छाता संस्था पर्वत उद्योग बाणिज्य संघको लगातार २ कार्यकाल महासचिवकोसमेत भूमिका निभाइसकेका श्रेष्ठले कुश्मा बजारलाई व्यवस्थित बनाउन निजी क्षेत्रको सहयोगमा धेरै काम गरेका थिए । 
 
सन् २००३ देखि बेल्जियममा व्यवसाय सुरु गरेका उनी अहिले बेल्जियममा सफल होटल व्यवसायीकारुपमा परिचित छन् । उनको नेपालमा पनि फार्मेसी, हार्डवेयरलगायतका व्यवसायमा लगानी रहेको छ । व्यवसायीक जिवनका अलवा सामाजिक कार्यमा पनि सक्रिय श्रेष्ठले लाप्राक नमुना वस्ती निर्माण, एनआरएन भवन तथा वाढीपीडितलाई राहत वितरण जस्ता कार्यमा अहंम भूमिका खेलेका छन् । व्यक्तिगतरुपमा श्रेष्ठले मुलुकका विभिन्न श्रेत्रमा आर्थिक तथा नैतिक सहयोग गर्दै आएका छन ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   बेचबिखनमा लैजान लागेका १० महिलाको काठमाडौबाटै उद्धार
2.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
3.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
4.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
5.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
6.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
7.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
8.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
9.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
10.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
11.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
12.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
13.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
14.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
15.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
16.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
17.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
18.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
19.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
20.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
21.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
22.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
23.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
24.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
25.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
Results 407: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media