बुधवार, मंसिर २७ गते, २०७४
विहिवार, २०७४ आश्विन २६ गते २०:४८

अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल सञ्चालनमा आएको छ । एनआरएनएका संस्थापक डा.उपेन्द्र महतोले लगानी गरेको सो अस्पताल गैरआवासीय नेपाली दिवसको अवसर पारेर बुधबार उद्घाटन गरिएको हो । 
 
गैरआवासीय नेपाली संघ अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने एवं उपाध्यक्षहरु कुमार पन्त, भवन भट्ट तथा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा पानसमा बत्ती बालेर अस्पतालको उद्घाटन गरेका हुन् । नक्खु, ललितपुरमा स्थापना गरिएको सो अस्पताल निजी क्षेत्रको सबैभन्दा सुविधाससम्पन्न भएको दाबी गरिएको छ ।
 
नेपालीलाई उपचारका लागि विदेश जानु नपर्ने गरी आफूले अस्पताल स्थापना गरेको डा.महतोले बताए । ‘यो अस्पताल विश्वभरिका बिरामीको उपचारका लागि उत्कृष्ट गन्तव्य हुनेछ’, उनले भने, ‘मेडिकल टुरिजमको अवधारणा अनुसार यसलाई उपचारको उत्कृष्ट गन्तव्यको रुपमा विश्वभरि पहिचान गराउने हाम्रो अभियान हो ।’
 
अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०, अन्तर्रा्िष्ट्रयस्तरको जोइन्ड कमिसन इन्टरनेशनल, एनएबीएच, एनएबीएल लगायतका मापदण्डहरु पूरा गरिएको कार्यक्रममा जानकारी दिइयो ।

 
अस्पतालले विदेशमा रहेका नेपालीका स्वदेशमा रहेका बुबाआमाको स्वास्थ्यउपचारका लागि विशेष प्याकेजको व्यवस्था गरेको छ । बार्षिक झण्डै १ हजार डलरको प्याकेजमा हरेक तीनमहिनामा , ६ महिना र बर्षमा गरिने उपचारका प्याकेज छन् । जन्मदिन, बुबाको मुख हेर्ने दिन, आमाको मुख हेर्ने दिन जस्ता विशेष दिनमा उपहार समेत लगिने र बुबाआमाका विदेशमा रहेका छोराछोरीहरुलाई स्वास्थ्यअवस्थाबारे तस्विरमार्फत नियमित जानकारी गराइने जनाइएको छ ।
 
७५० बेडको मेडिसिटीमा न्युरो साइन्सेज, कार्डियाक, ग्यास्ट्रो, रिनल, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजी सेन्टर अफ एक्सलेन्सका फरक विभाग स्थापना गरी सेवा सुरु गरिएको जानकारी दिइयो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
2.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
3.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
4.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
5.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
6.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
7.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
8.   मत सर्वेक्षण गरे कडा कारबाही गरिने निर्वाचन आयोगको चेतावनी
9.   पहिलो चरणको निर्वाचन सम्पन्न, दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान हुने
10.   पहिलो चरणको मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
11.   चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने
12.   पहिलो चरणको चुनाव : मौन अवधि सुरु
13.   नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित
14.   डीभी चिट्ठाले पु¥यायो हिरासत, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जना पक्राउ
15.   विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुरा, खासै प्रगति हुन सकेन
16.   १० लाख पर्यटकको लक्ष्य ६ वर्षपछि पूरा हुँदै
17.   हृदयघातबाट प्रचण्डपुत्र प्रकाशको निधन
18.   ब्यवसायी गौचन हत्यामा संलग्न ५ जना पक्राउ
19.   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनिया कम्पनीबाट शुरु
20.   कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै
21.   स्थलगत अध्ययनपछि चिनियाँ टोलीले भन्यो–केरूङ-काठमाडौं रेल संभव
22.   विवेकशील साझा पार्टीको घोषणा पत्र
23.   बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक
24.   अमेरिकाका ३८ डाक्टरद्धारा निःशुल्क दन्त शिविर (फोटोफिचर)
25.   बाम घोषणापत्र : ५ वर्षभित्र गरिविमुक्त, प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने
Results 613: You are at page 1 of 25
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last

Powered By : Unitech Media