विहिवार, कार्तिक ०२ गते, २०७४
भारतबाट पैसा पठाउन थप सहज
मंगलवार, २०७४ आश्विन २४ गते २१:५५

आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो-नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेका छन् । सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २०० शाखासहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सक्नेछन् ।
 
यसरी पठाइएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ । यी दुईवीचको रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्नेछन् ।
 
सेवा शुभारम्भको अवसरमा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आईएमई र वाइजम्यानको सहकार्यपछि भारतमा रहँदै आउनुभएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए ।
 
नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आईएमई र विदेशी विनिमय बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको वाइजम्यानवीचको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै अध्यक्ष ढकालले इण्डो९नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गरे ।
 
भारतमा आयोजित सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै वाइजम्यानका ब्यापार प्रवर्द्धन प्रमुख सन्दिप शर्माले ‘वाइजम्यानले विश्वमा छरिएर रहेका २ करोड ५० लाख नागरिकहरुले पठाएको रकम भारतमा रहेका तिनका आफन्तलाई सहज तरिकाले वितरण गर्दै आईरहेको र नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आईएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे ।
 
आरबीएल बैंकका सूचना प्रविधि प्रमुख सुजथा मोहनले आईएमई र वाइजम्यानले भुक्तानीको पछिल्लो प्रविधि प्रयोग गरी रेमिटेन्स सेवा दिन सफल हुने भन्दै ठुलो संख्यामा भारतमा रहँदै आएका नेपाली नागरिक र नेपालमा रहेका तिनका आफन्तलाई छिटो, सरल र सुरक्षित तवरले रेमिटेन्स सेवा लिनरदिन यो सम्झौता महत्तपूर्ण हुने विश्वास व्यक्त गरे ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सिटी एक्स्प्रेसको ‘उत्सव एक्स्प्रेस’ योजना पाचौ हप्ताको विजेता घोषित
2.   एनसेल र आईफ्लीक्सबीच सहकार्य, ग्राहकलाई असीमित डेटा र आईफ्लीक्समा
3.   थानेश्वरलाई आईएमईको १० लाख
4.   आईएमई र वाइजम्यानको संयुक्त रेमिटेन्स सेवा सुरु
5.   निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली प्रहार गरी हत्या
6.   जनरल फाइनान्स अब बेस्ट फाइनान्स
7.   बाढिपीडितको सहयोगार्थ हिमालयन बैंकले दियो ११ लाख
8.   हिमालयन बैंकले ६ नेपालीलाई प्रदान ग¥यो एचबिएल-दायित्व फेलोसिप अवार्ड
9.   आईएमई छक्का पञ्जा अफरमा पर्वले पाए ६ लाखको जीवनबिमा
10.   एडीबीद्वारा हिमालयनलाई ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड
11.   प्रभुको चाडवाड बिशेष उपहार योजना
12.   ग्लोबल आइएमई बैंकको कर्जा अब ३ दिन भित्रै
13.   सिटी एक्प्रेसको ९० दिने उपहार योजना सार्वजनिक
14.   युएम बाइकको ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’
15.   बाढि प्रभावितलाई रिया आईएमईको ५ लाख सहयोग
16.   नाडा अटो शो शुरु
17.   प्रभु बैंकको सहयोगमा वृक्षरोपण
18.   भाडादर वृद्धि नगरिएको भन्दै व्यवसायीद्धारा दशैलाई अग्रिम टिकट बुकिङ खुलाउन अस्वीकार
19.   आईएमईले ल्यायो ‘छक्कापञ्जा अफर’, भाग्यशाली बिजेतालाई १० लाख
20.   भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह
21.   हिमालय बैंकद्वारा बाढी पीडितका लागि औषधी वितरण
22.   सेञ्चुरी बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
23.   समस्याग्रस्त कुबेर मर्चेन्ट सिटी एक्सप्रेसमा बदलियो, टण्डन अध्यक्षमा चयन
24.   बाढि पिडितलाई ग्लोबल आइएमइको ६५ लाख सहयोग
25.   प्रभु बैंकले गर्यो कम्प्युटर सहयोग
Results 742: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media