सोमवार, असार ११ गते, २०७५
संचालक गुरुङको एनआरएनए मध्यपूर्व उपसंयोजकमा बलियो उम्मेदवारी
मंगलवार, २०७४ आश्विन २३ गते ०२:१०


रोजगार मञ्च । मध्यपूर्वमा नेपालीहरु वैदेशिक रोजगारमा मात्र गएका छन् भन्ने फेरिदै गएको छ । केही नेपालीहरु व्यापार व्यवसायमा पनि सफल बन्दै गइरहेका छन् । मध्यपूर्वमा नै पहिलो पटक एक नेपालीले ‘नाइट क्लव’ संचालनमा ल्याएर ब्यवसायको नयाँ दायारा थपेका छन् । नेपालीहरु नाइट क्लवमा छिर्न समेत पटक–पटक सोच्नु पर्ने अवस्थामा कतारको दोहामा चितवनका प्रविन गुरुङ आफैंले ‘द एम्बेसी क्लव’ संचालन गर्न थालेका छन् ।

मध्यपूर्वमा नै पहिलो पटक नेपालीले नाइट क्लवमा झण्डै १२ करोड लगानी गरेर संचालक बन्ने गुरुङ पहिलो नेपाली हुन् । रेष्टुरेन्ट, कन्ट्रक्शन कम्पनी तथा अन्य व्यवसायमा नेपालीहरु कतारमा लागिरहेका बेला गुरुङले नयाँ क्षेत्रको व्यवसायमा हात हालेका हुन् ।

व्यवसायको बारेमा राम्रै दख्खल राख्ने उनले कतारमा नयाँ व्यवसाय शुरु गर्दा निक्नै हल्लीखल्ली मच्चिएको छ । उनले खोलेको ‘द एम्बेसी क्लव’कतारको मुटुमा रहेको  प्रतिष्ठत तारे होटल बेष्ट वेष्र्टन प्लसमा रहेको छ ।



दोहामा धेरै व्यवसायमा हात हालेका गुरुङले क्लव संचालनमा ल्याएको केही महिना मात्र भएको छ । ‘हामी नेपालीहरु नयाँ व्यवसाय गर्न पनि सक्छौ भनेर देखाउन क्लवमा लगानी गरेको हो’ गुरुङ भन्छन् –‘इटालीको मेनेजरसहित ३० जनाले रोजगारी पाइरहेका छन् ।’

कतारको दोहामा चितवनका गुरुङले क्लव संचालनमा ल्याएपछि नेपालीहरु हरेक क्षेत्रमा अब्बल छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

एनआरएनए मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को मध्यपूर्व उपसंयोजकमा प्रविन गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको २०१७–१९ कार्यकालका लागि एनआरएन अभियानका क्रियाशिल गुरुङले मध्यपुर्व उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए अभियानमा विगत एक दशकदेखि आफु निरन्तर लागिरहेको बताउँदै गुरुङले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन नै मध्यपूर्वी उपसंयोजकमा उम्मेदवारी दिएको बताएका छन् । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छुु’ गुरुङले भने ।



चितवन नगरपालिका गुन्जनगरका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उनी कतारको सफल व्यवसायीको रुपमा परिचित छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहदै कतारका धेरै क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका उनले खाडीका नेपालीहरुलाई एकवद्ध बनाई अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी आजको आवश्यकता रहेको बताएका छन् ।

गुरुङले सन् २०११  सालमा एनआरएनए कतारको पञ्जिंकृत सदस्यता लिएका थिए । उनी एनआरएनए कतारको २०१५–२०१७ को कार्यकालका लागि निर्विरोध निर्वाचित द्धितिय उपाध्यक्ष हुन् ।

‘युवाहरुको ठुलो जमात रहेको खाडी मुलुकमा युवाहरुलाई एकजुट बनाएर आफ्नो परिवार र  मातृभुमी प्रती जिम्मेवारी वहन गर्नका लागी प्रेरणा दिन सकियो भने त्यो पनी एउटा ठुलो सहयोग हो जस्तो लाग्छ’, उनी भन्छन ।

उनले भने ‘एनआरएनए हामी प्रवासीहरुको विशुद्ध सामाजिक संस्था हो तर हामीले यहाँ कार्यरत नेपालीहरुलाई विश्वास दिलाउन नसकिरहेको अवस्थामा मैले आफ्नो ठाउबाट सक्दो पहल गरी हामी प्रवासी नेपालीको साझाँ संस्था हो भनेर चिनाउने प्रयास गर्ने छु ।’

गुरुङले कतारमा मेहनत र लगनशिलताले राम्रो सफलता पाइरहेका छन् । उनले  शाखाहरु सहित २२ वटा कम्पनी कतारमा संचालन गरिरहेका छन् । उनी सन् २००४ मा कामदारको रुपमा कतार आएका थिए । सामान्य कामदारमा आएका उनको मेहनत र लगनशिलता नै सफलताका खुट्कीलाहरु रहेको बताउछन् ।

मध्यपूर्वमा रहेका नेपालीहरुको समस्या समाधान तथा एनआरएनए अभियानलाई मजबुद बनाउदै लैजाने प्रतिवद्धता जनाउदै गुरुङले उक्त क्षेत्रमा रहेका एनआरएनएका सम्पूर्ण अभियन्ताहरुलाई मध्यपूर्व उपसंयोजकमा आफुलाई काम गर्ने अवसर प्रदान गर्नका लागि सर्बसंम्मत बनाउन आग्रह गरेका छन् ।





 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media