बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७४ आश्विन २२ गते ०१:२३



गैरआवासीय नेपाली संघ उत्तर अमेरिकी क्षेत्रीय संयोजक सोनाम लामाले आगामी २०१७-१९ कार्यकालका लागि संघको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

यसअघि सन २००९-११ र २०११-१३ गरी दुई कार्यकाल अमेरिकाबाट आइसीसी सदस्य, २०१३-१५ मा उत्तर अमेरिकी क्षेत्रको क्षेत्रीय उपसंयोजकको जिम्मेवारी निभाइसकेका लामा २०१५-१७ अर्थात हाल उत्तर अमेरिकी क्षेत्रको क्षेत्रीय संयोजकको जिम्मेवारी निभाइरहेका छन् ।

संघको लाप्राक प्रोजेक्ट, आफ्नै मुख्यालय निर्माण र अन्य परियोजनाहरुमा अग्रपंक्तिमा सकृय लामाले आफ्नै २ करोड भन्दा धेरै लगानीमा मुस्ताङ्गमा सबैभन्दा ठूलो ढुंगाको बुद्ध मुर्ती स्थापना गरेर संघको नाममा हस्तन्तरण गर्दै छन ।

संघको हरेक मानविय सेवा र उद्धारका कार्यमा स्वयं सहभागी हुने गरेका एनआरएनए अभियानका एक अभिन्न पात्र र समाजसेवीका रुपमा परिचित छन ।



उपाध्यक्ष पदका उम्मेदवार सोनाम लामाको प्रतिवद्धता पत्र

१. मेरो कर्म क्षेत्र अमेरीकाको क्षेत्रिय सम्मेलनमा पारीत भिजन २०२० एण्ड वियोण्डलाई पारीत गरी सफलतापुर्वक लागु गराउन ।

२. हामी एनआरएनहरुको दोश्रो गाउँ लाप्राक मेरो पनि सपना हो । मैले पनि सेवा गर्ने मौका पाएको छु । अध्यक्षज्युसगै अब बाँकी काम पुरा गर्न पछि हटने छैन ।

३. हाम्रो १४ वर्ष देखिको सपना हाम्रो हेडक्वाटर जसको म आफै संयोजक छु । अब बाँकी काम पनि पुरा गर्न म पछि हटने छैन ।

४. हामी भोली मरेर जान्छौ, हामी मरेर गएपनि हाम्रा छोराछोरी, नातीनातीनाहरुलाइ मुलुकसंग जोडी राख्न नागरिकताको निरन्तरताको लागी हिजोको भन्दा धेरै सकृय हुनेछु।

५. देशमा काम गर्ने दक्ष कामदार छैन्न । मैले आफैले लाप्राक, हेडक्वाटर, मेरो बनिरहेको होटल, मुक्तिनाथ रिर्सोट, विश्वको अग्लो स्थानमा बनिरहेको बुद्ध मुर्ती परियोजनामा मैले आफै भोगेको छु । त्यसैले मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा मेरो सकृयता रहने छ ।

हिजो जसरी देशमा परेको संकटमा अध्यक्षज्यु संग काँधका काँध मिलाएर चाहे भुकम्प पीडितलाई राहत पु–याउन होस्, चाहे सप्तरी बाढी पिडितलाई सघाउन म हिजो जतिकै भोली पनि खट्ने छु । हिजोको दिनमा जति गरे म त्यसलाई निरन्तरता दिदै मेरो अबको दुई वर्षको कार्यकालमा यति काम सम्पन्न गर्न सके भने मैले मेरो देश मेरो नेपाल र तपाई एनआरएनएहरु प्रतिको कर्तव्य पुरा भएको विश्वास गर्ने छु ।

अन्त्यमा सबैलाई एनआरएनएमा आबद्ध भई देशको विकासमा सहभागी हुन आग्रह गर्दै विदा माग्दछु ।

जय एनआरएनए।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   एनआरएनएमा मनोमानी लाद्न ‘राना आउट, दवाडी इन’
2.   एनआरएनए मलेसियाबारे भ्रम फैलाउनेलाई अध्यक्ष न्यौपानेको चुनौती
3.   एनआरएन मलेशियाको शाखा विस्तार, जोहोर अध्यक्षमा अधिकारी
4.   एनआरएनए स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत
5.   एनआरएनए अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा कार्की
6.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
7.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
8.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
9.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
10.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
11.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
12.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
13.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
14.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
15.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
16.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
17.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
18.   एनआरएनए युवा संयोजकमा उम्दा युवाकै भिडन्त
19.   एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी
20.   राजधानी एनआरएनमय हुँदै, एनआरएन दिवस मनाइयो
21.   एसिया प्यासेफिक उपसंयोजकमा मलेसियाबाट तिवारीको उमेदवारी
22.   मध्यपूर्वमा नै नेपालीको पहिलो सुविधासम्पन्न क्लव
23.   एनआरएनए उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी
24.   एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कार्की र पोखरेललाई
25.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
Results 380: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media