बुधवार, मंसिर २७ गते, २०७४
शुक्रवार, २०७४ आश्विन १९ गते ००:०८

रामकुमार परियार, दुबई l दलाल मार्फत भिजिट भिजामा आएका २२ नेपालीको युएईमा विचल्ली भएको छ । दलालहरुले आकर्षक रोजगारीको प्रलोभनमा पारि दुई महिना अघि ती नेपालीहरुलाई युएई ल्याएका थिए ।
 
हेटौंडाका दिनेश मोक्तान, ईमानसिंह सेनतेन र काठमाडौमा पाण्डुरा मेनपावर एजेन्सी चलाएर बस्ने केशव थापाले उनिहरुलाई भिजिट भिजामा युएई ल्याएका हुन । राम्रो काम र तलब हुने आश्वासन देखाई आफुहरुलाई युएई ल्याएर विचल्ली बनाएको पीडित नेपालीहरुले बताए। उनीहरुले आफुहरुलाई विचल्लि बनाउनेहरुको विरुद्ध नेपाली दूतावास युएईमा निवेदन समेत दिएका छन् ।
 
विचल्लीमा परेका २२ नेपालीहरुको संयुक्त दस्तखत रहेको निवेदनमा काठमाडौको धुम्बाराहीस्थित पान्डोरा ईनकर्पोरेसन प्रालिका कार्यकारी निर्देशक केशव थापा, रमेस कुँवर र दिनेश लामाले रोजगारीको प्रलोभनमा पारी आफुहरुलाई युएई ल्याएर विचल्ली पारेको उल्लेख छ । उनिहरुले दलाल उपर आवश्यक कार्वाही प्रक्रिया अघि बढाई घर फिर्ताका लागि हवाई टिकट र दलाललाई बुझाएको रकम फिर्ता गराईदिन आग्रह गरेका छन् ।
 
श्रावण महिनाको विभिन्न मितिमा ल्याईएका उनीहरुलाई एउटा साँघुरो कोठामा जर्बजस्ती कोचेर राखिएको थियो । ८ जना मात्रै बस्न मिल्ने कोठामा जर्बजस्ती २२ जना राखिएको र खाना समेत नदिएको गोर्खाका चन्द्रबहादुर गुरुङले बताए । गुरुङले केशव थापालाई २ लाख ७० हजार बुझाएको बताए । त्यस्तै मोरङका विष्णु कुमार खवासले २ लाख ५० हजार नगद सहित १६ सय डलर बुझाएको बताए । यसैगरी सबै नेपालीबाट दलालले २ लाख देखि ५ लाखसम्म लिएको पीडितहरुले बताए ।
 
उद्दारमा जुट्यो एनआरएनए
 
नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले अजमानमा नेपाली विचल्ली परेको खबर पाउनसाथ एनआरएनए सहित स्थानीय नेपाली संघसंस्थासंग समन्वय गरेका थिए ।
 
शेर्पा सहित नेपाली सोसल क्लबका अध्यक्ष शालिक सुवेदी, नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, नेपाल प्रेस युनियन युएईका अध्यक्ष नारायण भुर्तेल सहितको टोलि स्थलगत अध्यनका लागि गएको थियो । पीडितहरुको अवस्था बुझेर फर्किए लगत्तै उक्त टोलिले नेपाली दूतावासलाई जानकारी गराएको थियो । नेपाली दूतावासका श्रम सहचारि हिरा यादव र एनआरएनए युएईका केन्द्रिय सदस्य दिनेश पराजुलीले क्याम्प भ्रमण गरेका थिए । एनआरएनएले तत्काल पीडितहरुलाई ग्याँस, पानी, तेल, दाल, चामल लगायतको खाद्यान्न सहयोग गरेको थियो ।
 
दूतावासका श्रम सहचारी हिरा यादवले पीडित नेपालीहरुको यथाशीघ्र उद्दारका निम्ति पहल गर्ने बताएकी थिईन ।
 
क्याम्पबाट निकालिए पीडित
 
दूतावासका प्रतिनिधि, एनआरएनए र पत्रकारहरु पुगेपछि केहि राहत महसुस गरेका पीडित नेपालीहरु क्याम्पबाटै निकालिएका छ्न ।
 
दलालले २ महिनादेखि क्याम्पको भाडा नतिरेकाले क्याम्प व्यवस्थापनले उनिहरुलाई क्याम्पबाट निकालेको हो । क्याम्पबाट पीडितहरु निकालिएपछी एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ र दिनेश पराजुलीले उद्दार गरि दुबईको देरा स्थित अर्को लेबर क्याम्पमा लगेर राखेका छन् ।
 
विभिन्न प्रलोभनमा पारी नेपालीहरु विदेश ल्याएर विचल्ली बनाउने दलालहरुलाई कानुनी कार्वाहीका लागि पहल गर्ने एनआरएनए युएईका अध्यक्ष श्रेष्ठले बताए।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
2.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
3.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
4.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
5.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
6.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
7.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
8.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
9.   अन्र्तर्राष्ट्रिय काभ्रे समाज गठन, संयोजकमा जापानका कपिलदेव थापा
10.   चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन कात्तिक १ र २ मा हुदै
11.   युएईमा २२ नेपालीको विचल्ली, उद्दारमा जुट्यो एनआरएनए
12.   दुतावासको नाम प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति नेपाली राजदुतावास कतारको गम्भीर ध्यानाकर्षण
13.   सत्रवर्षदेखि साउदी जेलमा रहेका पर्वतका सन्तबहादुरको सरकारसँग पुकार
14.   मलेसियामा मानसिक सन्तुलन गुमेपछि...
15.   नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन
16.   बिरामी कठेतलाई संखुवासभा समाज हङकङको ३ लाख ५० हजार सहयोग
17.   एनआरएन कतारको प्रदेश नं ३ संयोजकमा कार्कीको उम्मेदवारी
18.   एनआरएन कतारको तृतिय उपाध्यक्षमा ढकालको उम्मेदवारी
19.   कतारको घोषणा : अब कतार जान भिसा नचाहिने !
20.   खोटाङ सेवा समाज कतारको एकदिने प्रशिक्षण कार्यकम सम्पन्न
21.   नेपाल सम्पर्क समिति कोरियाको अध्यक्षमा अञ्जु
22.   साउदीमा गैरकानुनी कामदारलाई १३ लाखसम्म जरिवाना
23.   काभ्रे समाज युएईद्धारा अपाङ्ग तथा अनाथ बाल बालिकाको लागि सहयोग प्रदान
24.   ठगी गर्नेलाई कारबाहीमा सघाउँदै जापानका नेपाली
25.   दलित एकता संजाल नेपाल ओमानको प्रथम अधिवेशन सम्पन्न
Results 349: You are at page 1 of 14
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 Next Last

Powered By : Unitech Media