शनिवार, माघ ०६ गते, २०७४
शनिवार, २०७४ आश्विन ०६ गते ०९:१६

रोजगार मञ्च /  
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले मेनपावर कम्पनीको धरौटी रकम बढाउन नहुने माग र अडान राख्दै राजनीतिक लबिङ सुरु गरेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले अन्तिम रुप दिएको वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा समावेस गरिएको मेनपावर कम्पनीको धरौटी रकम नगद १ करोड राख्ने प्रस्ताव व्यवसायीलाई मान्य नहुने भन्दै फोरमले आज श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मंसुरको ध्यानाकर्षण गराएको छ ।
वैदेशिक रोजगार ऐनमा संशोधन आवस्यक भए पनि  मेनपावरको धरौटी बढाउने प्रस्ताव औचित्यहिन रहेको भन्दै धरौटी सम्बन्धि प्रस्ताव फिर्ता गर्न कांग्रेसका शिर्षस्थ नेता, विभिन्न राजनीतिक दलका नेता तथा सांसदको ध्यानाकर्षण गराउने फोरमका अध्यक्ष विष्णु गैरेले बताए ।


 
ऐन संशोधनका लागि गठित समितिले केही दिन अघि संशोधित मस्यौदामा विगतमा रहेको ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टीलाई संशोधन गर्दै १ करोड नगद राख्नु पर्ने प्रस्ताव गरेर थप सुझाव र रायका लागि कानुन मन्त्रालयमा पठाएको छ । फोरमका अध्यक्ष गैरेले बिन तुक र तर्क एकतर्फी रुपमा प्रस्ताव गरिएको धरौटीको बिषयमा संसदको विभिन्न समितिमा समेत जवाफ दिन आफु तयार रहेको जानकारी दिदै धरौटी बढाउने प्रस्ताव कुनै हालतमा मान्य नहुने बताए ।
जवाफमा मन्त्री मंसुरले वैदेशिक रोजगार ऐनलाई कामदार मैत्री बनाउन आफु कसैको प्रलोभनमा नपर्ने जानकारी दिंदै सबैको भावना समेटर ऐन संशोधनको प्रस्ताव तयार पार्न आफुले निर्देशन दिएको बताए ।

 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
2.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
3.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
4.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
5.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
6.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
7.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
8.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
9.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
10.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
11.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
12.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
13.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
14.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
15.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
16.   दुई बर्षमा ३ सय १३ नयाँ मेनपावर दर्ता
17.   पाण्डे त पक्राउ परे, निर्देशक रमा भट्टराईको पालो कहिले ?
18.   सुभद्रासँग पैसा असुल्ने दाउमा पाण्डे परे अख्तियारको फन्दामा
19.   अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
20.   केन्द्र र प्रदेश सभाको उम्मेदवार बनेका श्रममन्त्री र राज्यमन्त्रीलाई संघले दियो बिजयको शुभकामना
21.   महानिर्देशक माथि नै झम्टिए वैदेशिक रोजगार पीडितका आफन्त (हेर्नुहोस् भिडियो )
22.   अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा
23.   कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी
24.   अलैँचीको आम्दानीले युवालाई बिदेसिन दिएन
25.   मेनपावर सञ्चालक नै भिजिट भिसाको धन्दामा
Results 506: You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media