मंगलवार, बैशाख ११ गते, २०७५
विहिवार, २०७४ आश्विन ०४ गते ०७:००

रोजगार मञ्च/
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा अग्रज व्यवसायीहरुले नवनियुक्त वन तथा भू–संरक्षण राज्यमन्त्री कमला शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ ।

राज्यमन्त्री नियुक्त हुनु भएकोमा शर्मालाई बधाई दिंदै संघका पूर्वअध्यक्ष प्रेम बहादुर कटुवालले वैदेशिक रोजगार  व्यवसायीको प्रतिनिधित्व गर्दै शर्माले सांसदको रुपमा संसदमा जनाएको उपस्थितिले समग्र व्यवसायीको नाम उचो भएकोमा राज्यमन्त्री नियुक्त हुनु आमव्यवसायीकै लागि गर्वको विषय भएको बताउनुभयो ।



त्यस्तै संघका निवर्तमान अध्यक्ष ढकालले मन्त्री परिषद्मा शर्माको उपस्थितिले आम व्यवसायी हर्षित भएको बताउनु भयो । ‘यहि पेशामा आवद्द रहेर राजनीतिमा पनि सक्रिय रहनु भएकी हाम्री दिदी नेपाल सरकारको मन्त्रीमण्डलमा सहभागी भएकोमा हामी सबै व्यवसायी उत्साहित र हर्षित भएका छौ । समय छोटो छ तर तर पनि मन्त्रीपरिषद्मा उहाँको उपस्थिति मार्फत व्यवसायीका समस्या समाधान गर्न उहाँ बाट सकारात्मक भूमिकाको अपेक्षा हामीले राखेका छौ’ ढकालले भन्नु भयो ।

यस्तै संघका सल्लाहकार नवराज केसीले वैदेशिक रोजगार क्षेत्र र व्यवसायीकै अभिभावकको रुपमा चिनिनु भएकी शर्मा राज्यमन्त्री हुँदा व्यवसायीहरु मेनपावरको अफिसमा मात्र नभइ यो देशको नीति निर्माण देखि सिंहदरबारमा समेत प्रतिनिधित्व गर्न सक्छन भनेर प्रमाणित भएको बताउनु भयो ।

संघका सल्लाहकार तथा ललितपुर वैदेशिक रोजगार समाजका अध्यक्ष केसीले राज्यमन्त्री शर्माले आफ्नो अनुभव अनुसारको मन्त्रालय नपाए पनि व्यवसायी र वैदेशिक रोजगारका क्षेत्रका समस्या प्रधानमन्त्री तथा मन्त्री परिषद् बाट समाधान गराउन सकारात्मक र सहयोगी भूमिका खेल्ने विश्वास लिएको बताउनु भयो ।



‘हाम्रो क्षेत्रको एकजना अग्रज व्यक्तित्व राज्यमन्त्री बन्नु आफैमा खुशी र गर्वको विषय हो । वन मन्त्रलय र वैदेशिक रोजगार व्यवसाय एक अर्का सँग अन्तर सम्बन्धित नरहे पनि यो क्षेत्र बुझेको व्यक्ति भएकाले अन्तर मन्त्रालय समन्वय गरेर, मन्त्री सँग छलफल गरेर वा प्रधानमन्त्री बाट सम्बोधन गराएर हाम्रा समस्याको निकास खोज्न उहाँ बाट रचनात्मक भूमिकाको आशा हामीले लिएका छौ’केसीले भन्नुभयो ।  

नेपालमा वन विनाश बढ्दै गएको र हरियो वन नेपालको धन भन्ने भनाइ बिस्तारै उखान तिर रुपान्तरित हुँदै गएको प्रति चिन्ता जनाउदै संघका सल्लाहकार केसीले बढ्दो वन विनाश रोक्न र वन जंगलको संरक्षणमा विशेष ध्यान दिन राज्यमन्त्री शर्मालाई आग्रह गरेको जानकारी दिनुभयो ।
यता राज्यमन्त्री शर्माले आफ्नो अनुभव र समयले भ्याए सम्म वैदेशिक रोजगारका समस्या समाधानमा भरपुर सहयोग गर्ने बताउनु भयो ।
लामो राजनीतिक यात्रा पार गर्दै मुलुकमा भएका विभिन्न परिवर्तनमा साक्षी बस्दै राजनीति मार्फत समाजमा ठुलो त्याग गर्नुभएकी शर्मा गत सात देउवा सरकारमा राप्रपा प्रजातान्त्रिक बाट प्रतिनिधित्व गर्दै वन तथा भू–संरक्षण राज्यमन्त्री बन्नु भएको हो ।

 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media