आइतवार, फाल्गुन ०६ गते, २०७४
शनिवार, २०७४ भाद्र ३० गते ०६:०६

रोजगारमञ्च /
विदेश पठाइदिने नाममा नेपाली कामदार सँग बढी पैसा असुलेको, करार गरे बमोजिम सेवा सुबिधा नदिएको,एउटा काम भनेर अर्कै काममा लगाएको जस्ता उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको सिनामंगलमा रहेको मिथिला मेनपावरलाई कारबाही गर्न पत्र पठाएको छ । सरकारले तोकेको अधिकतम शुल्क भन्दा कयौ गुणा बढी रकम लिएको,पोल्याण्ड पठाउने नाममा प्रति कामदार ९ लाख सम्म असुल्ने गरेको तथा मलेसिया जाने कामदार सँग डेढ लाख मागेको भन्दै विदेशिने कामदारले विभागमा गुनासो र उजुरी गरेपनि  मिथिलालाई गरिब कामदार लुट्ने छुट भने विभागले दिइरहेको थियो ।

गरिब कामदार मिथिला मेनपावर बाट ठगिएको देख्दा–देख्दै र जान्दा–जान्दै विभागले मिथिला माथि कुनै कारबाही नगरिरहेका बेला पीडित कामदारले गरेको उजुरी उपर तत्काल छानबिन गरि कारबाही गर्न आयोग बाट पत्र प्राप्त भएको विभागका एक अधिकारले जानकारी दिए । उनले आयोगको पत्रलाई लिएर थप अनुसधन गर्ने र कारबाही प्रक्रिया आगाडि बढाउने बताए । यता विभागका महानिर्देशक विश्वराज पाण्डेले आयोग बाट पत्र प्राप्त भएको बताउँदै सम्बन्धित मेनपावर माथि तत्काल कारबाही गर्ने बताए । रोजगारमञ्च सँग कुरा गर्दै महानिर्देशक पाण्डेले भने–‘विभागमै पनि मिथिला बिरुद्द केही उजुरी परेका छन् । सोहि मेनपावरबाट ठगिएको उजुरी आयोगमा पनि परेपछि आयोगले कारबाहीका लागि पत्र पठाएको हो । अनुसन्धान गरेर सम्बन्धित मेनपावर माथि कारबाही गर्छौ ।’


मिथिला मेनपावरका संचालक बबन कुमार सिंह

तर विभागको काम विदेश पठाउने नाममा ९ लाख सम्म असुल्ने मिथिला माथि आयोगले पत्र पठाएपछि मात्र अनुसन्धान र कारबाही गर्ने हो ? भन्ने प्रश्नमा महानिर्देशक पाण्डेले भने–‘हामीलाई आयोगले पत्र पठाउनु भन्दा पहिला पनि मिथिला लगायत केही मेनपावरले धेरै पैसा मागेको गुनासो आएको छ । विभिन्न मेनपावरले बढी पैसा असुलेको र मागेको भन्दै विभागमा गुनासो र उजुरी पनि परिरहेका छन् । त्यसैले हामीले अनुगमनलाई तिब्रता दिएका हौ । कामदार सँग बढी पैसा असुल्ने मेनपावरलाई विभागलाई कारबाही गरेरै छोड्छ । विभागलाई कसैले चुनौती दिन खोज्छ भने त्यस्ता मेनपावर नै म खारेज गरिदिन्छु ।’

मलेसिया पठाउने नाम मिथिलाले १ लाख भन्दा बढी असुल्ने गरेको वैदेशिक रोजगार व्यवसायी तथा स्वयं विभागका अधिकारीलाई जानकारी भएपनि अहिले सम्म  विभागले मिथिलामाथि न कुनै कारबाही गर्न सकेको छ न अनुगमन नै । जसले विभाग नेपाली कामदार सस्तो लागतमा विदेशिने नीतिलाई कार्यान्वयन गराउने भन्दापनि बढी पैसा असुल्ने मेनपावरलाई संरक्षण गर्न अग्रसर भएको देखिन्छ । तर आयोगमा समेत मिथिलाले बढी पैसा आसुलेको,करार गरे बमोजिम सेवा सुबिधा नदिएको,एउटा काम भनेर अर्कै काममा लगाएको जस्ता उजुरी परेपछि अब आयोगले गरेको पत्राचारलाई आधार मान्दै थप अनुसन्धान गरेर विभागले मिथिलालाई कारबाही गर्छ या मिलेमतोमा उन्मुक्ति दिन्छ केही दिनपछि प्रस्ट हुनेछ ।

त्यसो त सरकारी निकायलाई नै चुनौती दिने मिथिलाको ठगि माथि सरकारी निकाय बाट निगरानी नभइरहेकाबेला केही दिन अघि मिथिलाका संचालक बबन कुमार सिंहको अवैध धन्दा सार्वजनिक भएको थियो । संचालक सिंहले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिवको हस्ताक्षर दुरुपयोग गर्दै एक विज्ञप्ति निकालेका थिए । संघका महासचिव नरेश गेलालले अन्य विज्ञप्ति प्रकासित गर्दा प्रयोग गरेको हस्ताक्षर मिथिलाका संचालक सिंहले आफ्नो स्वार्थ अनुकुल निकालेको विज्ञप्तिमा फोटोसपका मध्यम बाट कट गरेर राखेपछि स्वयम् महासचिव गेलालले अनुमति बिना सिंहले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाइसकेका छन्  ।
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   नयाँ मेनपावरको दर्ता रोक्नेकी खोल्ने ?
2.   अमेरिकामा ‘टिपिएस रिजोलुसन’ पारित, १४ हजार नेपालीले पाए 'वर्क परमिट'
3.   कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता
4.   वैदेशिक रोजगार विभागको महानिर्देशकमा आचार्य
5.   यूएई जानेलाई आर्थिक भार थपिदै
6.   अमेरिकी राष्ट्रपतिको ‘ब्रेकफास्ट मिटिङ’ मा वैदेशिक रोजगार व्यवसायीहरुको सहभागीता हुने
7.   सातै प्रदेशमा गरी ६ सय कर्मचारी खटाइयो
8.   वैदेशिक रोजगारीको नाममा जनप्रतिनिधिबाटै ठगी
9.   प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए
10.   स्थानीय तहका पाँच हजार सामाजिक परिचालक पुर्नवहालीको माग गर्दै सडकमा
11.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
12.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
13.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
14.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
15.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
16.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
17.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
18.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
19.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
20.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
21.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
22.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
23.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
24.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
25.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
Results 516: You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media