बुधवार, मंसिर २७ गते, २०७४
बुधवार, २०७४ भाद्र २७ गते ००:३१

लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्ले बाँचेकाहरु –नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स’ ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ । 
 
अमेरिकाको जर्जिया राज्यस्थित म्यारियट्टा सहरमा सम्पन्न म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ सर्वोत्कृष्ट डकुमेन्ट्री बन्न सफल भएको हो । विश्वका १४ वटा देशका ५५ वटा फिल्म प्रतिस्पर्धामा थिए । त्यसमध्ये भाग्यले बाँचेकाहरु डकुमेन्ट्री विधामा सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका कार्यकारी निर्देशक डा. रिचर्ड ताभेरनारोले जानकारी दिए । भाग्यले बाँचेकाहरु टिमका तर्फबाट जर्जियास्थित मानार्थ नेपाली पर्यटन दूत राजा घलेले अवार्ड थापेका थिए । नेपालबाट भाग्यले बाँचेकाहरुमात्र सो महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट भएको थियो । 
 
नेपालको महाभूकम्पमा परी चमत्कारिक रूपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । ‘अमेरिकामा पनि अवार्ड जित्न सफल भएकोमा धेरै खुसी लागेको छ । हामीले गरेको काम संसारभर सम्मानित हुनु गर्वको कुरा हो,’ भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय जगतमा यसले नेपालको इज्जत र गरिमा बढाउने काम गरेको छ ।’ 

 
साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको भाग्यले बाँचेकाहरुको छायाङ्कन विनोद विष्ट, सम्पादन कुमार शाह, सङ्गीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रूपमा काम गरेका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
2.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
3.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
4.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
5.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
6.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
7.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
8.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
9.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
10.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
11.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
12.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
13.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
14.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
15.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
16.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
17.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
18.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
19.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
20.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
21.   राजेशले तताए नाइजेरिया
22.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
23.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
24.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
25.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
Results 152: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media