आइतवार, फाल्गुन ०६ गते, २०७४
मंगलवार, २०७४ भाद्र २६ गते ०६:३९

रोजगार मञ्च । मेनपावर व्यवसाय संचालन गर्नका लागि सरकारले धरौटी बढाउन लागेको भन्दै मेनपावर व्यवसायीहरु आन्दोलित बनेका छन् । 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबारदेखि शान्तिपूर्ण वैदेशिक रोजगार विभाग घेराउ कार्यक्रम राखेको छ । विभिन्न ६ बूँदे माग राख्दै संघले आफ्ना सबै व्यवसायीहरुलाई धर्ना कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
 
मेनपावर व्यवसाय संचालनका लागि १ करोड रुपैयाँ धरौटी राख्ने श्रम तथा रोजगार मन्त्रालयको तयारीपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । ईजाजत पत्र वाला व्यवसायीहरुको धरौटी रकम वैदेशिक रोजगार ऐन २०६४ अनुरुप यथावत हुनुपर्ने उनीहरुको माग छ ।

 
श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड, व्यवसायी संघ, विभिन्न ट्रेड यूनियन सम्मिलित कार्यदलले ऐन संशोधन मस्यौदा तयार गरि पेश भएको मस्यौदा अनुसार ऐन संशोधन गर्न उनीहरुले सुझाव दिएका छन् ।
 
वैदेशिक रोजगार नियमावली २०६४ को नियम ६ को उपनियम च, छ र झ तथा वैदेशिक रोजगार विभागको कार्य सञ्चालन निर्देशिकाको दफा १२ को उपदफा७, ८ र ९ बमोजिमको प्रक्रिया पुरा गरेका आवेदकलाई मात्र नयाँ ईजाजत पत्र प्रदान गरिनुपर्ने उनीहरुले माग राखेका छन् ।
 
खाडीका ६ राष्ट्रहरु, मलेशिया तथा अन्य मुलुकहरुमा जाने नेपाली कामदारहरुले दक्षिण एसियाली राष्ट्रहरुले (भारत, बंगलादेश, पाकिस्तान, श्रीलङ्का) अबलम्बन गरे बमोजिमको नितिगत व्यबस्था अनुरुप रोजगारीमा जान पाउनु पर्ने उनीहरुको अर्को माग रहेको छ ।
 
वैदेशिक रोजगारमा जाने कामदारको न्यूनतम पारिश्रमिक तोक्ने कार्य सम्बन्धित राष्ट्रको सरोकारवाला मन्त्रालयको समन्वयमा नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार व्यवसायी संघको सहमतिमा नेपाली कामदारको हित हुने गरी पारिश्रमिकतोक्ने व्यबस्था हुनुपर्ने उनीहरुले बताएका छन् ।
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न चरणमा गरेको आन्दोलनपश्चात गठित बार्ता टोलीको मागको सुनुवाई नभए चरणबद्ध रुपमा आन्दोलामा होमिने व्यवसायीहरुले बताएका छन् ।
 
श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ बिच मिति २०७२।०४।०८ गते भएको ३१ बुदेँ सहमति पालना नगरेको, २०७२।०२।२६गतेको अव्यबहारिक निर्णय परिमार्जन नगरिएको र वैदेशिक रोजगार विभागका महानिर्देशकले बिगत केहीदिन देखि पटक पटक व्यवसाय र व्यवसायी बिरोधी अभिव्यक्ति दिदैँ आएको संघको आरोप रहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   नयाँ मेनपावरको दर्ता रोक्नेकी खोल्ने ?
2.   अमेरिकामा ‘टिपिएस रिजोलुसन’ पारित, १४ हजार नेपालीले पाए 'वर्क परमिट'
3.   कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता
4.   वैदेशिक रोजगार विभागको महानिर्देशकमा आचार्य
5.   यूएई जानेलाई आर्थिक भार थपिदै
6.   अमेरिकी राष्ट्रपतिको ‘ब्रेकफास्ट मिटिङ’ मा वैदेशिक रोजगार व्यवसायीहरुको सहभागीता हुने
7.   सातै प्रदेशमा गरी ६ सय कर्मचारी खटाइयो
8.   वैदेशिक रोजगारीको नाममा जनप्रतिनिधिबाटै ठगी
9.   प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए
10.   स्थानीय तहका पाँच हजार सामाजिक परिचालक पुर्नवहालीको माग गर्दै सडकमा
11.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
12.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
13.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
14.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
15.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
16.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
17.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
18.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
19.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
20.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
21.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
22.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
23.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
24.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
25.   वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलान्याश
Results 516: You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media