मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ भाद्र २६ गते ०१:१७

वैदेशिक रोजगार व्यवसायी विष्णु केसीले आफ्ना पिताको स्मृतिमा आफुले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । बागलुङ नगरपालिका–३ न्वाराका उनले आफैले पढेको मुलपानी मावि बानपा–७ मा ५ लाख रुपैयाँको अक्षयकोष बनाएका हुन् ।

आकर्षण ईन्टरनेशनल प्रालिका अध्यक्ष केसीले यसअघि १ लाख ५० हजार रुपैयाँ रहेको कोषमा अहिले ३ लाख ५० हजार थपेर ५ लाख पु¥याएको जानकारी दिए । विद्यालयको ६० औँ बार्षिकोत्सव कार्यक्रममा उनले यसअघिको कोषमा रकम थप गरेका हुन् ।

बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव कार्यक्रममा उनले कोषमा रकम थप गर्ने घोषणा गरेका थिए । कार्यक्रममा अक्षयकोषदाता केसीलाई सम्मान समेत गरिएको थियो ।

स्वर्गीय वुवा नरेन्द्र केसी र आमा देविकलाको नाममा ‘नरेन्द्रदेवि बिद्या पुरस्कार कोष’ बनाएको केसीले बताए । ‘वुवा आमालाई समर्पण गरेर कोष बनाएको हुँ,’ केसीले भने, ‘वुवा वितिसक्नु भयो तर आमा त अहिले पनि हामीसँगै हुनुहुन्छ ।’ यसको ब्याजबाट प्रत्येक बर्ष १० जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।



गरिब, विपन्न, अपाङ्गता भएका तथा आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने शिक्षक नेत्रराज सिलवालले जानकारी दिए । ‘कोष त पहिले पनि थियो, अहिले रकम थपेर ५ लाख रुपैयाँ पु¥याउनुभएको छ,’ शिलवालले भने, ‘यसबाट हाम्रो विद्यालयका पढ्न चाहने तर आर्थिक समस्या भएका विद्यार्थीलाई सहयोग हुनेछ ।’

केसीले मुलपानी माविबाट २०४८ सालमा एसएलसी पास गरेका थिए । ‘आफैले पढेको स्कुलमा पढ्ने कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई पढाईमा अघि बढ्न सहयोग पुगोस भनेर कोष बनाएको हुँ,’ केसीले भने, ‘गरिव, विपन्न, अपाङ्गता भएका विद्यार्थीलाई पढाईमा अघि बढ्ने हौसला मिल्ने मेरो विश्वास छ ।’

केसीले मुलपानी माविबाट कक्षा ८, १० र १२ कक्षाको अन्तिम परीक्षामा बागलुङ जिल्लामा प्रथम, द्वितिय र तृतिय भएमा ती विद्यार्थीलाई प्रत्येक बर्ष १० हजार रुपैयाँ दिने पनि घोषणा गरेका छन् । उनले देशका अन्य ठाउँमा पनि आफुले शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको बताएका छन् ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media