बुधवार, मंसिर २७ गते, २०७४
शुक्रवार, २०७४ भाद्र २३ गते २२:०२

पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन् । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए । तर, उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या आरोप लगाइएपछि उनी १७ वर्षदेखि साउदी जेलमा छन् ।
 
स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो । पुनले टेलिफोनमा बताए अनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।
 
मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए । ‘कान्छो छोरा बल्ल १८ वर्ष पुग्दैछ,’ पुनले भने, ‘उसको उमेर नपुग्दासम्म जेलमै बस्नुपर्यो । अब मेरो जीवन उसैको हातमा छ ।’
 
कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उनको गुनासो छ । ‘उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,’ उनले भने ।
 
निम्नस्तरको परिवारले सरकारका उच्च अधिकारीसम्म गुहार माग्न नसक्दा न्याय पाउन नसकेको उनी बताउँछन् । पुनका एक श्रीमती र तीन छोरा छन् । एक छोरा अपाङ्ग छन् । तीनै छोरालाई लिएर श्रीमती माया केही वर्षदेखि सदरमुकाममा ज्यालामजदुरी गर्दैै आएकी छन् । ‘उहाँलाई छुटाउन सके अरू केही चाहिएको थिएन,’ मायाले भनिन्, ‘दिनभरि दुःख गर्यो, रातभरि उतैको चिन्ताले निद्रा पर्दैन ।’
 
सरकारीस्तरबाट पहल भए श्रीमान् छुट्ने भन्दै अझै पनि भेट हुने आश नमेटिएको उनले बताइन् । सन्तबहादुर जेल परेको बारे २०५८ साल कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो । उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो ।
 
तर सशस्त्र द्वन्द्वका कारण पुनको उद्धारमा सरकारले चासो नदिएको उनका आफन्त बताउँछन् । ‘द्वन्द्व चर्केकाले उतिबेला सबै कुरा भन्नसक्ने अवस्था थिएन,” दाजु कुलबहादुरले भने, ‘अहिले मन्त्रालयले चासो दिए भाइ छुट्थ्यो ।’ भाइलाई छुटाउन कुलबहादुरले विगत ३ वर्षदेखि सरकारी अधिकारीदेखि विभिन्न मानव अधिकारवादी सङ्घसंस्थामा समेत धाइरहेका छन् । 
-रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
2.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
3.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
4.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
5.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
6.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
7.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
8.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
9.   अन्र्तर्राष्ट्रिय काभ्रे समाज गठन, संयोजकमा जापानका कपिलदेव थापा
10.   चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन कात्तिक १ र २ मा हुदै
11.   युएईमा २२ नेपालीको विचल्ली, उद्दारमा जुट्यो एनआरएनए
12.   दुतावासको नाम प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति नेपाली राजदुतावास कतारको गम्भीर ध्यानाकर्षण
13.   सत्रवर्षदेखि साउदी जेलमा रहेका पर्वतका सन्तबहादुरको सरकारसँग पुकार
14.   मलेसियामा मानसिक सन्तुलन गुमेपछि...
15.   नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन
16.   बिरामी कठेतलाई संखुवासभा समाज हङकङको ३ लाख ५० हजार सहयोग
17.   एनआरएन कतारको प्रदेश नं ३ संयोजकमा कार्कीको उम्मेदवारी
18.   एनआरएन कतारको तृतिय उपाध्यक्षमा ढकालको उम्मेदवारी
19.   कतारको घोषणा : अब कतार जान भिसा नचाहिने !
20.   खोटाङ सेवा समाज कतारको एकदिने प्रशिक्षण कार्यकम सम्पन्न
21.   नेपाल सम्पर्क समिति कोरियाको अध्यक्षमा अञ्जु
22.   साउदीमा गैरकानुनी कामदारलाई १३ लाखसम्म जरिवाना
23.   काभ्रे समाज युएईद्धारा अपाङ्ग तथा अनाथ बाल बालिकाको लागि सहयोग प्रदान
24.   ठगी गर्नेलाई कारबाहीमा सघाउँदै जापानका नेपाली
25.   दलित एकता संजाल नेपाल ओमानको प्रथम अधिवेशन सम्पन्न
Results 349: You are at page 1 of 14
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 Next Last

Powered By : Unitech Media