विहिवार, कार्तिक ०२ गते, २०७४
तयारीका लागि निर्देशक पौडेल कतारमा
मंगलवार, २०७४ भाद्र १२ गते ०४:३९

उत्तम भट्टराई, दोहा, कतार ।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी गायन प्रतियोगिता नेपाल आइडलको ग्राण्ड फिनाले कतारको राजधानी दोहामा हुने भएको छ । ओनिक्स वान ईन्टरनेशल क्यानडा र एभरेष्ट नेपाल युथ एसोसिएसनको संयुक्त आयोजनामा गर्न लागिएको हो ।
 
सेप्टेम्बर २२ तारिखका दिन दोहाको एशियन टाउनको एम्पिथिएटर ग्राण्डमल, सनैयामा गर्न लागिएको उक्त फाइनल कार्यक्रमको तयारीका लागि नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेल कतार आइसकेका छन् ।
 
कार्यक्रमको विशेष आकर्षणको रुपमा अतिथि कलाकारका रुपमा डान्स ईन्डियाको डान्स लिटिल मास्टर र झलख दिखलाजाकी विजेता तेरीया फौजा मगर,गायक हेमन्त राना, हास्यकलाकार केदार घिमीरे (माग्ने बुढा) सहित  नेपाल आईडलमा टप १२ प्रतियोगीहरुको समेत सहभागीता रहने आयोजकले जनाएको छ ।
 

आयोजक तथा एभरेष्ट नेपाल युथ एसोसिएसन कतारका अध्यक्ष उत्तम गुरुङका अनुसार ग्राण्ड फिनालेको लागि अनुमानित १४ लाख ८० हजार रियल अर्थात करिव ४ करोड २० लाख रुपैयाँ खर्च हुनेछ । ग्रान्ड फिनालेको लागि जज,प्रतियोगी,कलाकार तथा प्राबिधिक गरि ८५ जना नेपालवाट जाँदै छन् । कार्यक्रमको टिकट दर कतारी रियल ३५,५०,७०,१००,२०० र भिआईपी राखिएको छ ।
 
नेपाल र नेपालीको प्रतिष्ठासँग जोडिएको र नेपाली समुदायले कतारमा हाल सम्मकै बिशाल कार्यक्रम आयोजना गर्न लागेको हुँदा कतारमा क्रियाशिल संघ संस्था तथा कार्यरत नेपालीलाई हर तरहले सहयोग गर्नका लागि आयोजक गुरुङले सबैसँग आग्रह गरेका छन् ।

 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
2.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
3.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
4.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
5.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
6.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
7.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
8.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
9.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
10.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
11.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
12.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
13.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
14.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
15.   राजेशले तताए नाइजेरिया
16.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
17.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
18.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
19.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
20.   शोकलाई शक्तिमा बदल्दै अन्तत श्वेता फर्कीइन फिल्मी दुनियामा
21.   उज्यालो उत्सव २०७३को तयारी पुरा
22.   रहेनन् कलाकार रामशेखर नकर्मी
23.   ८९ औं अस्कर अवार्डमा 'ला ला ल्याण्ड'को वर्चस्व, 'मुनलाइट' उत्कृष्ट
24.   गायक प्रकाश ओझा पक्राउ, १० वर्षको लागि जेल चलान
25.   एञ्जलले चुमिन 'किन्डर गार्टेन ग्लोरी नेपाल २०१७' को शिर्ष उपाधि
Results 146: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Powered By : Unitech Media