विहिवार, फाल्गुन १० गते, २०७४
उपचारमा अब भाषागत समस्या नहुने
सोमवार, २०७४ भाद्र १२ गते २३:५६

राजिव पाख्रिन, दोहा / लाखौं नेपालीहरुले कार्यक्षेत्र बनाएको कतारमा नेपालीहरुको लगानीमा नेपालीहरुलाई नै लक्षित गरी पहिलो पटक ‘कान्तिपुर मेडिकल सेन्टर’को नाममा स्वास्थ्य संस्था (क्लिनिक) स्थापना गरिएको छ । कतारस्थित सफल नेपाली व्यवसायिकहरु विकास प्रसाईं र आरके शर्माको लगानीमा आइतबारदेखि मेडिकल सेन्टर सञ्चालनमा आएको हो । 
 
कतारका लागि नेपाली राजदूत प्राडा रमेश कोइरालाले यसको उदघाटन गरे । प्रसाईं र शर्माले कतारको विशेषगरी निर्माण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् । चार लाख ५० हजार नेपाली कार्यरत रहेको अनुमान गरिएको कतारमा भाषागत समस्याले नेपालीहरुलाई उपचारमा समस्या भइरहेको कुरालाई दृष्टिगत गरी दक्ष नेपाली चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले सेवा दिनेगरी कान्तिपुर मेडिकल सेन्टर सञ्चालन गरिएको यसका एक प्रवन्ध निर्देशक विकास प्रसाईंले बताए । 
 
उनले भाषागत समस्याका कारण ठूलो संख्याका नेपालीहरुले उपचारमा भोग्दै आएको समस्या समाधानको लागि क्लिनिक स्थापना गरिएको भन्दै यसलाई गल्फका अन्य मुलुकहरुमा पनि विस्तार गर्ने योजना रहेको बताए ।

 
यस्तै अर्का संचालक आरके शर्माले सस्तो, सुलभ तथा प्रभावकारी सेवाका अलवा नेपाली वातावरण रहदा धेरै नेपाली यसबाट लाभान्वित हुने विश्वास रहेको बताए । उनले भाषाका साथै कतारमा महगो स्वास्थ्य उपचारको अवस्थाबाट नेपालीहरुलाई यस क्लीनिकले राहत महसुस गराउने पनि बताए । 
 
मेडिकल सेन्टरको स्पोन्सरको रुपमा कतारी नागरिकहरुद्धय मोहमद खालिद अल–खत्तर र इस्सा अल कुवारी अध्यक्ष छन् । उदघाटन कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार टिबी कार्की, एनआरएनए अगुवाहरु तथा व्यवसायी सहभागी थिए । 

 
बारुवा सेन्टरको छेउमा एन खालिद रोडमा रहेको यस क्लिनिकमा आफ्नै मातृभाषामा कुरा गर्दै पारिवारिक बाताबरणमा उपचार गर्न सकिने हुँदा कतारमा आएर पेशा व्यवसाय गर्दै आएका नेपालीहरुले मानसिकरुपमा पनि राहत महशुस गर्ने विकास प्रसाईको भनाई छ ।    

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
2.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
3.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
4.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
5.   कात्तिके देउराली समाज कोरियामा गौतम
6.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
7.   साउदीको जजानमा नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच
8.   सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता
9.   बेल्जियम एक्स्पोमा नेपालको पनि स्टल
10.   कुवेतमा अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफि सुरु
11.   जनसम्पर्क समिति ओमानमा पोखरेल
12.   साउदी राजकुमार तलाल थुनामुक्त
13.   दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु
14.   मलेसियामा तेश्रो हिमालयन गोल्ड कप फुटबल हुँदै
15.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
16.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
17.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
18.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
19.   साउदी सरकारको नियमको स्वागत
20.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
21.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
22.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
23.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
24.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
25.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
Results 368: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media