विहिवार, फाल्गुन १० गते, २०७४
शुक्रवार, २०७४ भाद्र ०१ गते ०२:५५

रोजगार मञ्च । क्यान्सर भएर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ । नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
 
संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)को समन्वयमा बीहिबार एक कार्यक्रमकाबीच बिरामी कठेतलाई उक्त रकम संखुवासभा समाज हङकङका सचिव लिलाबहादुर गुरुङ र एसकाजका अध्यक्ष हेमन्त गौतमले संयुक्तरुपमा हस्तान्तरण गरे । 
 
लामो समयदेखि बिरामी रहेका कठेतलाई बोनम्यारो प्रत्यारोपणका लागि १६ लाख रुपैयाँ चाहिने हुँदा उनले सहयोगको अपील गरेका थिए । 
‘हामीले विरामीको उपचारका लागि सहयोग संकलन गरेर ल्याएका हौं’ संखुवासभा समाज हङकङका सचिव गुरुङले भने–‘ एक नेपालीलाई समस्या पर्दा हामी सहयोगका लागि सदैव अगाडि नै हुनेछौं ।’


 
यता आफ्नो उपचारका लागि आएको सहयोग रकम ग्रहण गर्दै बिरामी कठेतले भने–‘ अब केही दिनमा नै भारतमा उपचारका लागि जान्छु, अव बाँच्छु भन्ने आशा पलाएको छ ।’ नेपाल आर्मीमा कार्यरत रहेता पनि उपचारका लागि प्रयाप्त पैसा नपाएको जनाउँदै बिरामी कठेतले संखुवासभा समाज हङकङललाई सहयोगका लागि आभार प्रकट गरे । 
 
एसकाजका अध्यक्ष हेमन्त गौतमले संखुवासभा समाज हङकङलाई धन्यवाद दिदै भने–‘धेरै सहयोगी भाव भएका संखुवासभालीहरु विदेशमा रहेकाले स्वदेशमा हुनेले कहिल्यै एक्लो महशुस गर्नुपर्ने छैन ।’ 


 
हङकङमा रहेको संखुवासभा समाज पुरानो र स्थापित संस्था हो जसले संखुवासभाली मात्र होइन नेपाल र नेपालीहरुको सहयोगमा सदैव अग्रस्थानमा रहेर काम गरिरहेको छ । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
2.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
3.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
4.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
5.   कात्तिके देउराली समाज कोरियामा गौतम
6.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
7.   साउदीको जजानमा नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच
8.   सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता
9.   बेल्जियम एक्स्पोमा नेपालको पनि स्टल
10.   कुवेतमा अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफि सुरु
11.   जनसम्पर्क समिति ओमानमा पोखरेल
12.   साउदी राजकुमार तलाल थुनामुक्त
13.   दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु
14.   मलेसियामा तेश्रो हिमालयन गोल्ड कप फुटबल हुँदै
15.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
16.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
17.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
18.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
19.   साउदी सरकारको नियमको स्वागत
20.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
21.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
22.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
23.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
24.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
25.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
Results 368: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media