मंगलवार, माघ ०२ गते, २०७४
मंगलवार, २०७४ श्रावण ३० गते ०९:०८

दिनेश लुइटेल 

पहाडमा जाडो बढे,तराईले सेक्नुपर्छ  
आंधी आए तराईमा पहाडले छेक्नुपर्छ !
हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र 
माटोलाई चोट लाग्दा मुटुहरु रुनुपर्छ ! !
 
आइतबार बिहान वैदेशिक रोजगार विभाग बुद्दनगर जाँदै गर्दा बाटोमा गीतकार दिनेश अधिकारीले लेखेको यो गीत मनमा अनायासै गुंजीरहेको थियो । नगुंजीयोस पनि कसरी, देश रोइरहेको छ यतिबेला । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परि ९० भन्दा बढीले ज्यान गुमाइसके, त्यो भन्दा बढी बेपत्ता छन्, हजारौ बिस्थापित भए । बाढी पहिरोले पु¥याएको क्षतिको कुनै लेखाजोखा नै छैन

अर्बौको क्षति भएको छ । तराईमा आएको बाढीले मच्चाएको बितण्डा यति क्रुर र निर्मम रह्यो कि लाग्छ यो संसारमा इश्वर भन्ने कुनै शक्ति पनि बाँकी छ र अब । हे इश्वर ! के दोष थियो ति कलिला नानिको जो तिम्रो सुन्दरतालाई स्पर्स गर्दै कलकल गर्दै बग्ने नदीमा नुहाउदै थिए । जसको खुसीमा बज्रपात गर्यौ र भेल बनेर आयौ अनि कहिले नफर्किने गरि आफ्नै आँखाका अगाडी तिनलाई बिलय गरायौ । सायद यी अनुत्तरित प्रश्नको जवाफ स्वयं इश्वरले पनि दिदैनन् । केवल यति मात्र भन्छन ‘यो तिम्रो लेखान्त थियो......’
 
तर आफन्त र सन्तान गुमाउदाको पिडाले छिया–छिया भएको मन आफ्नै सन्तानको शब जलाउने र पुर्ने सुख्खा ठाउँ सम्म नपाउँदा कति भक्कानियो होला, त्यो पिडाको महसुस वास्तविक पीडितले जति सायदै अरुले गर्लान । तर ति भावविह्वल तस्बिर हेरेर थोरैका मात्रा आँखा नरसाउलान । 
 
यिनै अनेक अनुत्तरित प्रश्नले घेर्दाघेर्दै म विभागको गेट अगाडी पुगे । जहाँ बबरमहलबाट म भन्दा अघि–अघि खोला किनार हुँदै धुलो उडाउँदै हुइकिएको करिव ७०÷८० लाख पर्ने गाडी पनि रोकियो । चिल्लो गाडीबाट एकजना सज्जन कोटको कलर मिलाउदै उत्रिएपछि ड्राइभरले गाडी आगाडि बढाए । पाइन्टमा हात काट्ला जस्तो धारिलो क्रिज, टिलिक्क टल्किने जुत्ता लगाएर आएका सज्जन विभाग परिसर भित्र पसे । उनी त वैदेशिक रोजगार व्यवसायी रहेछन भन्ने तब मात्र थाहा भयो जब विभागको पहिलो तल्ला बाट उनी माथि उक्लिँदै गर्दा तल्लो तल्लामा उभिइरहेका एकजना युवाले मुखले ‘यी, यहि मान्छे हो हामीलाई विदेश पठाउने मेनपावरको डाइरेक्टर’ ।

त्यति बेला म आफै प्रस्ट हुनखोज्दै थिए, चिल्लो गाडीबाट उत्रिएर माथि उक्लिने व्यवसायी र तल्लो तल्लामा सायद उनैलाई पर्खिएर बसेका पीडित कामदार रहेछन भनेर । जो कुनै समस्यामा परेर स्वदेश फर्किएका होलान । वैदेशिक रोजगारको रिपोर्टिंङ गरेको यतिका वर्ष भयो मैले ति सज्जनलाई आजसम्म व्यवसायी हुन् भनेर चिनेको पनि थिइन व्यवसायीका कुनै कार्यक्रममा देखेको पनि थिइन । तर समाचारकै खोजिमा विभाग पुगिराख्ने म र समस्या परेपछि मात्र अक्सर विभाग पुगेका ति मेनपावरका डाइरेक्टर बीचको भेट एक संयोग बन्यो,जसले धेरै व्यवसायीको प्रतिनिधित्व मात्र गरिरहेका थिएनन्, व्यवसायीको वास्तविक परिचय पनि दिइरहेका थिए ।

चाहे धारिलो आइरन लगाएको लुगा लगाएर चिल्लो गाडीमा चढेर होस् या विदेशिने नेपालीलाई समस्यामा पार्ने वा समस्या परेपछि मात्र उपस्थित हुने ‘सज्जन’ भनेर ।
 
खैर सबैले आ–आफ्नो तरिकाले आफ्नो परिचय दिनु सबैको विशेषता हो । त्यसैले त भनिएको ‘नाम होस् या बदनाम तर नहोस गुमनाम’ ।
 
 त्यसपछि म मलाई चाहिएको केही तथ्यांक लिन लागे । र केही समयपछि बाहिर निस्किँदै थिए ति सज्जन सँग फेरी पनि संयोगले भेट भयो । सायद उनी पनि काम सकेरै फर्किन लाग्दै थिए । यो अवधिमा हामी बीच कुनै प्रत्यक्ष संवाद भएको छैन । किनकि त्यो संयोगले भएको भेट थियो । र त्यो संयोगको भेटलाई संवादमा बदल्न न मैले चाहे न उनले आफ्नो परिचय दिननै ।

तर उनले ड्राइभरलाई फोन गरेर गेट अगाडि गाडी लिएर आउन भनेपछि उनीसँगै रहेका उनका सहकर्मी सँग उनले बोलेका शब्द बिपत्तिमा परेर रोइरहेको मेरो देश र उनकै मेनपावरको माग पुरागर्ने तराई र पहाडका सयौ युवाका निम्ति यति कठोर,निर्मम र लज्जाबोध हुने थियो कि हाड बिनाको जिब्रो चिप्लिएछ भनेर माफी दिने लायक ठानिन मैले उनलाई । ‘कति सम्म हैरानी खेप्नु पर्ने, भनेको काम कम्पनीले दिएन, कम्पनी डुब्यो त मेरो गल्ति हो र । तिर्ने बेलामा ५० हजार तिरेका छन्, प्लेन चढेर विदेश पुगेर आए, २ महिना काम गरे अझै ५० हजार क्षतिपूर्ति दिनुपर्ने तिनलाई । हातमा आउछ १५ हाजर हैरानी ५० लाखको,जौ कतै मुड फ्रेस हुन गाडीमा एउटा ब्ल्याक लेबल छ ।’
 
सायद तिनले आम व्यवसायीको पीडा भनिरहँदा आफैले करार सम्झौता गरेर पठाएका कामदारको जिम्मा करार अवधिभर आफुलेनै लिनुपर्छ भन्ने जिम्मेवारी र दायित्व बिर्सिएको महसुस भयो । तिनको जिम्मेवारी र दायित्वलाई एकछिन ‘भाडमा जाए’ भने र सम्झिए उनी सँगै सयौ व्यवसायीले आफुले पठाएका कामदारसँग विदेश उड्नु अघि गरेका वाचा । सम्झिए तिनले ल्याएको माग पुरागर्न कयौ पल्ट बिन्तिभाउ गर्दै तिनलाई फोन गरेको, अनि सम्झिए हिजो तिनै तराई र पहाडका दाजुभाई पठाएकै पैसाले चिल्लो गाडी चढ्ने व्यवसायी आज तिनका परिवार घरबार विहीन बनेर सुख्हा जमिनको खोजिमा भौतारिइरहँदा तिनलाई कतै आनन्दले बसेर ब्ल्याक लेबलले मुड फ्रेस गर्नुपर्ने तिनको इच्छा ।
 
वहा ! वैदेशिक रोजगार क्षेत्रमा आवद्द व्यवसायीज्यूहरु सलाम गर्छु तपाईहरुको योगदानलाई । आज तपाईहरुले विदेश पठाएका कामदारले पठाएको रेमिट्यान्सले यो मुलुकको अर्थतन्त्र जीवित बनेको छ,चलायमान बनेको छ । तर तपाईहरुको योगदानको प्रसंशा जति गर्थे आज त्यो भन्दा बढी लज्जाबोध तपाईप्रति भएको छ  । किनकि हिजो तपाईका निम्ति भगवान कहलिएका तपाईका अन्नदाताका परिवार आज मिठो खाने आशमा होइन जीवन रक्षाको निम्ति तड्पीरहँदा तपाई आज तिनको चिच्याहटलाई वेवास्ता गर्दै मुडफ्रेस गर्न बस्नुभएको छ ।

समाज र राष्ट्रलाई आफुले पु¥याएको योगदान भन्न नहीचकिच्याउने तपाईहरु आज समाजबाट राम्रो हेराईको अपेच्छा गर्नुहुन्छ । तर आफुलाई म पनि यो देशको जिम्मेवार व्यवसायी हँ ।ु अझ त्यो भन्दा पहिला एक जिम्मेवार नागरिक हुँ भनेर प्रमाणित गर्ने बेला बिपत्तिमा परेका आफ्नै ग्रहाकका परिवारको कोलाहल कौतुहलता पुर्वक नियाल्नु हुन्छ कुण्ठित भावना बोकेर । त्यो पनि खिल्ली उडाउन,चियागफ बनाउन । यसो भनिरहँदा संसारको ठेक्का जति वैदेशिक रोजगार क्षेत्रमा आवद्द व्यवसायीले लिनुपर्छ भनेको कदापि होइन ।

त्यसको ठेक्का तपाईहरुले लिनु पर्दैन र लिन सक्नुहुन्न पनि । हिजो हातमुख जोर्न कठिन परिवारका सन्तानलाई तपाईले विदेशको रोजगारी दिएर मिठो मसिनो खाने वातावरण बनाइदिनु भयो । खरका छाना उप्काएर टिनको हाल्ने हैसियत बनाइदिनु भयो । तर हिजो एउटा मोटरसाइकलमा हिड्ने तपाई आज चिल्लो कारमा हिड्ने र २ तल्ले तपाइको घरमा अरु ३ तल्ला थप्न ति गरिब कामदार र तीनको परिवारको पनि योगदान छ भनेर नबिर्सौ । झन् तपाईको मुख्य स्रोत क्षेत्रनै आज पीडामा पिल्सिरहँदा तपाई पिरो चिकेन चिल्ली खाएर बस्न के तपाई हाम्रो नैतिकताले दिन्छ,के हाम्रो मानवियताले दिन्छ ?
 
मैले यसो भनिरहँदा कसैको स्वतन्त्रता र अधिकार माथि हस्तक्षेपगर्न खोजेको कदापी होइन । तर तपाईले एक साँझ खाने चिकेन चिल्ली र ब्ल्याक लेबलको एक चुस्कीमा खर्चिने पैसाले कति दिन देखि दल–दल र तिखा ढुंगाले छिया–छिया बनेका १० जना बाढी पीडितको नाङ्गो पाउमा भुक्के चप्पल लगाउन पुग्ला ? एक पल्ट मनन् गरौ । त्यो एक साँझको आनन्द भन्दा तपाईले हृदय बाट मानवताको नाताले किनेर दिएको १० जोर चप्पल लगाउनेले दिएको आशिर्वाद । त्यो एक साँझको रमाइलो भोलिपल्ट घाम उदाए सँगै हराएर जान्छ तर त्यो दुखिबाट तपाइलाई जीवनभर दुवाये मिल्छ ।

के रोज्ने त्यो तपाइको हातमा । किन हिजो भुकम्प गएपछि अघिसरेका सहयोगी हातहरु आज बाढी पीडितलाई सहयोग गर्न कापेका हुन् ? हिजो प्रधानमन्त्री दैबीउद्दार राहत कोषमा ८६ लाख जम्मा गर्ने ‘दिलवाला’हरु आज बिपत्ति पर्दा ढोका बन्द गरेर बसेकाछन् । यसो भनिरहँदा सबैले दिलको ढोका खोल्नुपर्छ सहयोग गर्नुपर्छ भन्ने उर्दी र हुइप गरेको होइन । आज जे छ यहि पेशा व्यवसायको देन हो यहि पेशा व्यवसायबाट कमाएको हो,जसले जीवन गुजारा गर्न पुगेकै छ । बस सक्नेले गच्छे अनुसार एक छाक, एक गास काटेर ति बिपत्तिमा परेका, कति दिन देखिका भोकाको भोक नमेटाउन ?  दान र सहयोग कसैले भनेपछि या मागेपछि दिने होइन । त्यो त मनभित्र बाट स्वत जागृत हुने हो । 
 
एक पल्ट छातीमा हात राखेर सोचौ । बाँकी त भगवान भाला, भगवान भरोसा । 
 
जाँदा जाँदै कृष्णहरि बरालको रचनामा दीपक लिम्बुले गाएको एउटा गीतलाई आफ्नो अनुकुल बिगारेर बिदा हुन्छु ।
यहाँ देशको छ चिन्ता तिमी पैसा,पैसा भन्छौ 
साच्चै नबुझ्ने हौ कि नदेखे जस्तै गर्छौ 
यहाँ देशको छ चिन्ता ! 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
2.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
3.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
4.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
5.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
6.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
7.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
8.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
9.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
10.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
11.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
12.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
13.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
14.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
15.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
16.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
17.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
18.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
19.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
20.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
21.   मेहनत र संघर्ष गरिरहेको छु
22.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
23.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
24.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
25.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
Results 57: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media