विहिवार, कार्तिक ०२ गते, २०७४
आइतवार, २०७४ श्रावण २९ गते २२:३६

 सिर्जना बस्नेत 
 
त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक ।
 
दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो । ब्यागबाट मोबाइल निकालेर मोबाइलको स्क्रिनमा आँखा दौडाएँ । मोबाइलमा सेभ रहेको नम्बरबाट फोन आएको रहेछ ।
 
त्यो नम्वरमा मैले एक पटक फोन गरेकी थिएँ । म त्यो व्यक्तिलाई हेर्न आतुर थिएँ । कस्तो होला उसको अनुहार रु कपाल फुलेको होला कि कालै होला रु अग्लो छ कि डल्ले होला रु त्यो भन्दा पनि मेरो मनमा पहाड बनेर बसेको प्रश्नको उत्तर उसको मुखबाट पाउँला कि नपाउँला रु पाएँ भने झन् कति तड्पिनु पर्ला मैले रु यस्तै अनेकौं प्रश्नको सगरमाथा थियो म भित्र । अतः मैले मोबाइलको रिसिभ बटममा औला दबाए ।
 
हेलो १ नमस्कार मिस ।
मैले पनि नरम स्वरमा नै नमस्कार फिर्ता गरे ।
उताबाट प्रतिउत्तर आयो – कता हुनुहुन्छ रु म आज सदरमुकाम आइपुगें । हिजो फोन गरेर छिटो आउनु भन्नु भएको थियो नि १
म त्यही ढकाल क्या ।
 
म बिस्तारै गल्दै थिएँ । म भित्र भएको त्यो उर्जा बिलाउँदै गएको थियो । आफुलाई सम्हाल्दै बजारको एक होटलको नाम दिए । त्यही गएर बस्नु म आउँदै छु भनेर फोन राखिदिएँ । प¥यो भने म हजार जनाको अगाडी भाषण गर्न सक्छु जस्तो लाग्थो । तर एक अपरिचित मान्छेको बोलीले नै मलाई गलाएको थियो ।
 
मैले धेरै कोशिस गरेर उसको फोन नम्बर पत्ता लाएकी थिएँ । म आफै उसँग भेट्न चाहन्थे तर किन मन बेचैन थियो । म जुन कुरा उसँग गर्न चाहँदै छु त्यो कुरा गर्न मैले धेरै वर्ष अगाडि नै साहस बटुलेको थिए । त्यो दिन बर्षौदेखि नियतीले पढाएको पाठको परीक्षा दिने दिन जस्तो लागेको थियो ।
 
अफिस जान कोठाको चाबी लगाउदै गरेको मान्छे एका एक जान मन नै लागेन । मोवाइलको म्यासेज बक्समा गएर ‘मलाई सञ्चो भएन सो अफिस आउन सक्दिन आज सरी’ भनेर हाकिमलाई म्यासेज सेन्ट गरें । एक गिलास पानी पिएँ अनि उसलाई बस्न लगाएको होटल तिर लम्किएँ ।
 
करिब दश बजेर तीस मिनेट भैसकेको थियो मेरो घडीमा । बाटोमा अफिस जाँदै गरेका निचेजानेका थुप्रै भेटिए तर अघि पछि जस्तो बोल्न मन लागेन । म आफ्नै रफ्तारमा दौडिएको थिएँ । होटलमा पुगेर एकैछिन रनभुलमा परें । फोन गर्ने मान्छे कुन चाँही हो भनेर ।
 
बिहानको समय भएर होला धेरै जना खाना खाँदै थिए । अलि पर ठुलो छातामुनी एक जना मान्छे पत्रिका पढिरहेको देखे । उसको अनुहार पत्रिकाले छोपेको थियो । ‘रहस्य’ भनेर सेभ गरेको उसको नम्बरमा कल गरें । पत्रिका पढिरहेको मान्छेको कमिजमा फोनको घण्टी बज्यो । पक्का भयो त्यही मान्छे हो जोसँग आज आमनेसामने कुरा गर्न जाँदैछु । उसको नजिक गएँ । उसले पनि मतिर आँखा डुलायो ।
 
दुब्लो मान्छे, चुच्चो नाक अनि खैरो कमिज सुरुवालमा कालो स्टकोट लगाएको थियो । उसले तपाई नै हो रु भनेर प्रश्न ग(यो । मैले हो भने अनि क्याबिनमा गएर कुरा गरौँ भने । जहाँ कोही मान्छे नहोस् भन्ने म चाहन्थे । उसले हुन्छ भन्यो म क्याबिन तिरको सिँढी चढ्न थालें । उ मेरो पछि पछि लाग्यो ।
 
क्याविन सफा थियो । दुई जना आमनेसामने बस्न मिल्ने कुर्सी थिए । टेबलमा सेतो कपडा बिच्छ्याइएको थियो । त्यसमाथि राता फुल सजाइएका थिए । यो क्याविन प्रेमिल जोडीहरु प्रति लक्षित गरेर बनाएको हुनुपर्छ । हुन त धेरै जसो प्रेमिल जोडीहरु नै हुन्थे क्याबिनमा ।
 
म यो भन्दा पहिला धेरै पटक यो क्याविनमा एक्लै बसेको छु । मलाई यहाँको एकान्त अनि क्यबिनबाटै देखिने नदीको दृष्यले निक्कै लोभ्याउने गर्छ । तर आज अरु दिन जस्तो बिलकुल अनुभुति छैन । उसलाई देब्रे तिरको कुर्सीमा बस्न आग्रह गरें म झ्याल भएतिर बसें । बस्दा बस्दै हातमा मेनु बोकेर वेटर आइसकेको थियो । बिहानको समय भर्खर खाना खाएर आएकाले मैले चिसो पिउने विचार गरें । उसले पनि खाना खाइसकेको रहेछ । दुईवटा चिसो मगायौँ ।
 
वेटर गएपछि मलाई निकै गाह्रो भयो । कुरा कहाँबाट सुरु गरौँ रु कसरी गरौँ भनेर । मैले आफुलाई सम्हाल्दै परिचय गरें । उसले पनि परिचय दियो । अनि किन भेट्न चाहनु भयो रु प्रश्न पनि थप्यो । मैले उत्तर दिन नपाउँदै वेटरले डिउको गिलास लिएर ढोकाबाट भित्र आउने अनुमति माग्यो । मैले आउ भन्दै इसारा गरें । अनि माथि नआउनु केही चाहिए फोन गर्छु भनें । वेटर हस् भन्दै कोठाबाट बाहिरियो ।
 
फेरि केही छिनको मौनता पछि मैले एक घुट्को पिएँ । उसलाई भेट्नुको कारण पहिलो त पुरा भैसकेको थियो । यो भन्दा पहिला त्यो अनुहार मेरा आँखाको लेन्सले खिचेका थिएनन् । आज त्यो चित्र नमेटिने गरी दिमागको मेमोरिमा सेभ भइसकेको थियो ।
 
मैले भित्रबाट लामो सास तानें अनि कुरा अगाडी बढाएँ । आफूले काम गर्ने अफिसबारे कुरा गरें । बाहना पनि बनाएँ, भुकम्म पछि भत्किएका घरहरुलाई सयोग गर्ने कुरा जानकारी गराउन भेट्न चाहेको भनेर । वास्तवमा म भत्केको घर भन्दा पनि भत्किएको मनको बारेमा कुरा गर्न चाहन्थें ।
 
सामान्य कुराकानी पछि उ पनि खुलेर कुरा गर्न थाल्यो । गाउँमा वडा संयोजक रहेछन् । दुई भाइ छोरा र एउटी छोरीको बाबु पनि । जेठो छोरो आर्मीमा जागिरे कान्छो छोरा र छोरी पढ्दै रहेछन् । उनको बारेमा थाहा पाए पछि म जुन कुरामा भेट्न चाहन्थें त्यही प्रसंगमा विस्तारै प्रवेश गरें ।
 
‘म पनि धेरै वर्ष अगाडि त परियोजनामै काम गर्थे नि १’ उसैले सुरु ग(यो । जुन कुरा म कोट्याउन चाहन्थें उसैले गोरेटो बनायो । मैले सोधें – कुन परियोजनामा काम गर्नु हुन्थ्यो रु
 
‘वन सम्बन्धी काम गर्ने । खाना बनाउनेदेखि अफिसको सबै काम जानेको छु ।’ उसले गरेको कामको बयान ग(यो ।
 
मैले थप सोधें – तपाईं काम गर्दा देवयानी भन्ने महिलालाई चिन्नु हुन्थ्यो रु मेरो प्रश्नले ठुलै प्रहार गरे जस्तो विम्व उसको अनुहारले बोल्यो । अँध्यारो अनुहार लगाएर प्रतिप्रश्न ग(यो – किन र रु
म सामान्य भएँ – हैन हैन त्यस्तो केही कारण छैन । उनको बारेमा सुनेको थिएँ । के रहेछ भनेर जान्न मन लाग्यो त्यसैले ।
 
अँ ।। चिन्थें । उसले आफूलाई समाल्दै जवाफ दियो ।
 
म बिस्तारै रहस्यको भन्डाफोर गर्न तल्लीन थिएँ । मनमा धेरै रिस उठेको थियो तर अनुहारमा देखाउनु भएको थिएन । ‘देवयानी राम्रो चरित्रको महिला हैन रैछ है रु’ उसको राय जान्न चाहें ।
 
अँ।। सबैले त्यस्तै भन्थे । उसले आधा जवाफ दियो ।
 
मैले अझ उत्सुकताका साथ उ तिर हेर्दै भने ‘आखिर के भएको थियो त्यसबेला र सबैले उसलाई नराम्रो भने रु मलाई सबैकुरा जान्न मन छ । अपठ्यारो नमानी भन्नु न ल ।’ मेरो कुरा सुनेर उ निकै वेचैन भइसकेको थियो ।
 
‘खै मलाई पनि त्यति धेरै त थाहा छैन ।’ घोसे मुन्टो लगाएर भन्यो ।
 
‘उसले बिहे नै नगरी पेट बोकेकी थिइ रे नि हो रु’ मैले मुटुमा गाँठो पारेर सोधें । उसले मसँग आँखा जुधाउन सकेन । बिस्तारै भन्यो – खै तेसै भन्थे ।
 
कसको पेट बोकेको रैछ देवयानीले रु प्रश्न माथि प्रश्न गरें मैले । उसले डिउको गिलास घुमाउदै भन्यो – आफ्नै मामाको भन्थे कोही । व्यापारी मधेसीको हो भन्ने पनि सुनेको थिएँ ।
 
मैले ब्यागबाट देवयानीको फोटो झिकेर देखाउदै भने – यिनी नै हैनन् देवयानी रु उसले एक छिन मैले देखाएको फोटो नियालेर हे(र्यो अनि सानो स्वरमा ‘हो’ भन्यो । ‘अनि तपाईले कसरी चिन्नु भयो यिनलाई’ भनेर प्रश्न गर्दा उसको आवाज बेग्लै भैसकेको थियो । एकदम डराएको जस्तो आत्तिएको जस्तो । मैले मुसुक्क हाँस्दै फोटो ब्यागमा हालें तर उसको जवाफ दिइन । अनि के भयो । बच्चा जन्माइन् तिनले रु के जन्मिए छ रु अहिले कता छिन केही थाहा छ रु मैले एकैपटक प्रश्नका चाँङ लगाइदिएँ ।
 
उसले अलि झर्किएझैं भन्यो – के थाहा मलाई । यही कुरा सोध्न बोलाउनु भएको रु अरुको बारेमा जानकारी राख्ने ठेक्का लिएको छैन मैले । भन्दै कुर्सीबाट उठ्न खोज्यो । मैले पनि कडा स्वरमा भने – तपाईलाई अरुको बारेमा जानकारी राख्ने ठेकेदार भनेर भेट्न चाहेकी हैन । आफ्नै बारेमा गुमनाम हुने कायर हो भनेर भेट्न चाहेकी थिएँ ।
 
मेरो कुरा सुनेर रातो रातो आँखा पार्दै उसले भन्यो – के नचाहिने कुरा गरेको १ मलाई कायर भन्ने तिमी को हौ रु अघिसम्म तपाई भनेर सम्बोधन गर्ने मान्छे तिमीमा पुगेको थियो । ‘साँच्चै सुन्न चाहन्छौ म को हो भनेर रु’ हिम्मत जुटाउ पहिला । म पनि तिमीमै ओर्लिएँ । अनि थपें – म तिम्रै विर्यको एक थोपा हुँ । देवयानीकी छोरी । जसलाई तिमीले जन्म दिन चाहेका थिएनौ । आज तिम्रै सामु छे ‘
 
बोल्दै थिएँ मेरा जोर आखाँबाट खै कति खेर आँशुको मुल फुटेछ पत्तै पाइन । नुनिलो झोल गालाको डिलबाट मुखमा स्वाद लिन पुगे पछि थाहा पाएँ मेरो मन थामिएको छैन । मानौ म कुनै मूर्तीसामु कुरा गरिरहेको छु । उसले कुनै प्रतिकृया दिएन एकहोरो हेरिमात्र रह्यो ।
 
किन केही बोल्दैनौ रु तिमी नै हैनौ मेरो बाउ रु तिमीले नै हैन मेरो र मेरी आमाको जीवन बर्बाद बनाएको रु तिम्रो कारणले मैले यो समाजको कति धेरै प्रश्नमा निरुत्तर भएँ । किन त्यस्तो ग(यौ तिमीले । अझै हैन भन्न सक्छौ । कति भाग्छौ यथार्थबाट । मैले सयौं प्रश्न गरे । मेरो प्रश्नको जवाफ मात्र उसको आँशु थियो ।
 
अन्ततस् बोल्यो – ‘हो म नै हो तिम्रो बाउ । म र देवयानी एक अर्कालाई प्रेम गथ्र्यौं । तर, मेरो घरमा छोराछोरी समेत थिए । देवयानी गर्भवती भएको थाहा पाए पछि मैले धेरै फकाएँ यो गर्भ फालौं भनेर । उनले मानिनन् । त्यसैले उनलाई र गाउँ छाडेर म भारत पुगें । उनले किन हो यसको पेट भनेर हल्ला गरिनछन् । झन्डै बाइस वर्षपछि नेपाल आएँ । आज उनी कहाँ छिन, कस्तो अवस्थामा छिन्, केही थाहा छैन । मैले त मेरा पुराना दिनहरु समेत भूलिसकेको थिएँ । मैले तिमीसँग एक दिन भेट होला भन्ने त सपनामा समेत सोचेको थिइन । मलाई माफ गर छोरी तिम्रो अभागी बाउलाई । के चाहन्छौ तिमी म त्यही गर्छु ।’
 
‘मेरो नामको पछाडि तिम्रो थर त दिन सकेनौ के दिन्छौ अब । बरु भन तिम्रो विर्यको मुल्य कति हो रु म चुक्ता गर्न चाहान्छु । तिम्रो र मेरो कुनै हिसाब किताब राख्न चाहान्न । जसको कारण म आज धर्तीमा छु त्यसको मूल्य कति हो रु
 
म तिमीलाई चिन्न चाहन्थे । समाजले गरेको प्रश्नको आफैले पत्ता लगाउनु थियो । थाहा पाएँ । मलाई केही चाहिँदैन । ढुक्क हुनु म तिम्रो सम्पत्ती र परिवारमा जोडिने छैन । सक्छौ भने एउटा चीज देउ मलाई ।
 
‘के कुरा छोरी रु’ उसले लाचार बालकले झैं शिर निहु(यायो ।
 
‘मलाई छोरी नभन्नु । मेरो र तिम्रो नाता यही सिध्याएर जाउँ । म मेरी आमालाई समेत भन्ने छैन तिमीलाई भेटेको कुरा । उनी निक्कै खुशी छिन् मेरो साथमा ।’ यत्ति भनें अनि त्यहाँबाट हिँडे ।
 
मेरो बाउ चिनेको यथार्थ आफ्नै मनले कदापी स्विकारेन । नाता पनि देखाउने भन्दा अनुभुति गर्ने कुरा रैछ । प्रश्नहरुको सगरमाथाबाट विजयी भएर फर्किदा कसैले ताली बजाएनन् । न त आफ्नै मनले बजायो ताली । यद्यपी, जीत त आखिर जीत नै हो । केही पाउनु मात्र जीत हैन केही जान्नु पनि जीत रहेछ । नियतीको परीक्षामा प्रथम भएको त्यो दिन अझै पनि मसँग ताजा छ ।
 
(महिला खबरबाट)
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   भविनको ‘छायाँ’ विमोचित
2.   तिम्रो विर्यको मुल्य कति ?
3.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
4.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
5.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
6.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
7.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
8.   बसन्तले ल्याए भुमरी उपन्यास
9.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
10.   हिमालको गोठालो लोकार्पित
11.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
12.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
13.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
14.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
15.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
16.   नारी स्रष्टाहरु सम्मानित
17.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
18.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
19.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
20.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
21.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
22.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
23.   नयाँघरेको ‘आमिल’ विमोचित
24.   कथाकार सुस्केराको ‘सरोगेट लोग्ने’ विमोचित
25.   संबिधान, म र हामी !
Results 59: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media