मंगलवार, माघ ०२ गते, २०७४
आइतवार, २०७४ श्रावण १४ गते ०२:४२

परिवार र सन्तानको सुखका लागि देखेको उसको सपनाले अपराधको गन्तव्यमा पु¥याएको छ राजुलाई । काठमाडौँ बूढानीलकण्ठ प्रहरी कार्यालयको अनुसन्धान कक्षमा इन्स्पेक्टर पर्वतलाई बयान दिइरहेको छ ऊ । ‘कतारको राप छोडेर नेपाल त फर्किएँ सर तर मैले छोडेर गएको घर, परिवार, सुख केही रहेन ।’
 
‘०६९ सालको नयाँ वर्षसँगै नयाँ यात्रा तय गरेको हुँ । एकातिर समृद्ध जीवनको सपना बोकेर विदेसिँदा खुसी थिएँ अर्कोतिर काठमाडौंको थानकोट कटेर कहिल्यै बाहिर गएको थिइनँ । ममतामयी आमा, अँगालाभरिकी श्रीमती बिनिता र छोरी नम्रतालाई छोडेर जाँदै थिएँ जाँतोले थिचेजस्तै थियो मन ।’
 
‘आमाले रातो टीका लगाइदिएर विदा गर्दैगर्दा बिनिता काखकी छोरी बोकेर मलाई विदाइ गर्न एयरपोर्ट जान खोजेकी थिइन् । मलाई उडाएपछि उनी रुदैं फर्किनु पथ्र्यो । उनका आँसुले मलाई सधैँं पिरोलिरहन्थ्यो । एयरपोर्ट जानबाट बिनितालाई मैले नै रोकेँ ।’ एयरपोर्टमा देखियो पनि त्यस्तै । जताततै अँगालो हाल्दै रोइरहेका दृश्य । अरुको देख्दा आँखा रसाए मेरा उनीहरू आएको भए के हुन्थ्यो ।
 
होटलमा खाना पकाउने कुकको जागीर पाए राम्रो कमाइ हुन्छ भनेका थिए डिल्लीबजारका मेरा मामाका साथीले । उनको आफ्नै मेनपावर थियो । उनैले चिनेको होटलमा कुकको तालिम लिएँ । मैनाको ८० हजार कमाइ हुन्छ ४ लाख चाहिन्छ भने पनि मामाको भनसुनले ३ लाख ५० हजारमा उडेको हुँ । सुरुमा होटल पुछ्ने र भाँडा माझ्नेसम्मको काम गरँें । ६ महिनापछि बल्ल कुक खाली भयो र तालिम अनुसारको काम पाएँ । भनेजति तलव नदिए नि ५० हजार मेरा लागि सानो पैसा थिएन । खुसी नै थिएँ । घरमा आमा पनि खुसी श्रीमती पनि खुसी । छोरी ३ वर्ष पुगेपछि स्कुल हालिदिएछन् । दिल खोलेरै पैसा पठाइदिएको थिएँ ।
 
विदेश जानकै लागि ४ लाखमा ८ आना जग्गा बेचेको थिएँ । सानैमा बुवा बित्नुभो । धेरैजना काकाबाहरूसँग भाग गर्दा ४÷५ रोपनी जग्गा कति नै भाग पथ्र्यो र । अब पुरानो घर भएको ४ आना घडेरी बाँकी थियो । क्यालेण्डरमा चिनो लाउदैं समय बित्थ्यो । हरेक दिन १६ घण्टासम्म होटलमा खाना पकाउँथें । खानाको साथसाथै घरको याद र पीडाले मेरो मन पनि पाकिरहको हुन्थ्यो । अनलाइन खबर पढ्थेँं । साथीहरूका पीडा सुन्थेँ । उनीहरू कमाएको सबै पैसा बोकेर श्रीमती हिंडीँ भन्थे । मेरै होटलमा काम गर्ने स्याङ्जाको रमेश खातीले श्रीमतीले छाडेर हिँडेको पीडामा आत्महत्या गरेको थियो ।
 
बिनितालाई यी सबै कुरा सुनाउथेंँ म । तपाईं पनि अब मप्रति शंका गर्न थाल्नुभो हैन ? भन्थिन् । म जिस्किएरै भनिदिन्थे– ‘खै सबै आईमाई उस्तै त होलान् ।’ उनी ठुस्केझैं गरेर भन्थिन्, ‘बरु मरिन्छ तर त्यस्तो धोका दिने काम गरिन्न ।’ म सरी भनिदिन्थेँ । यस्तैमा बिते ३ वर्ष । २ महिना विदा स्वीकृत भएर घर जान १ महिना बाँकी रहदाँको खुशीले कयौं रात छटपटीमै बिते । सुट्केस गुडाउँदै एयरपोर्टबाट बाहिर निस्कँदा, मलाई बाहिर पर्खिरहेका आमा श्रीमती र छोरीको हँसिलो अनुहारको कल्पनाले साँच्चै स्वर्गीय आनन्द दिन्थ्यो । 
 
सपना विपना बन्यो । काठमाडौ उत्रिएपछि छोरीले चिनिन । मसँग मानिन । कताकता नमिठो लागे पनि उसले लुकीलुकी चोर आँखाले हेर्दा चाहिँ आनन्द लाग्थ्यो । काठमाडौं भए पनि शहरको मध्य उत्तरमा गोकर्णदेखि मास्तिर मेरो घरसम्म ट्याक्सी पुग्दैनथ्यो । म विदेश उडेपछि कच्ची नै भए पनि घरैसम्म ट्याक्सी जाने बाटो बनेछ । २ सय रुपैयाँ थपिदिन्छु भनेपछि मेरो घरको आँगनमै पु¥याएर छोडिदिए ड्राइभरले । विदेशबाट ठूलो सुटकेस बोकेर आएको मलाई देखेर उता छिमेकीका अघिल्तिर आमा र बिनिताको चुरीफुरी नै भिन्दै थियो । यता म पनि दंग थिएँ ।
 
जतिसुकै मूल्य बढे पनि पहिला विदेश जाँदा चार लाखमा बेचेको जग्गा अहिले आठ लाखमा त किन्न सकिएला नि भन्ने लागेको थियो तर सकिएन । विदेशबाट छोरो फर्केपछि आफ्नो श्रीमान्ले अंशमा पाएको जग्गा जसरी पनि फिर्ता गरिदिन्छ भन्ने आमाको आशा थियो । श्रीमतीको चाहना यो थोत्रो घरमा कति दिन बस्ने ? नयाँ घर बनाउनु पर्छ भन्ने थियो । यस बीचमा आमाको खुट्टामा घाउ आएकोले उपचारमा निकै खर्च भएछ । छोरीको पढाइ र घर खर्च सबै मेरै कमाइकै भरमा चलेको थियो । मैले १५ लाख जति कमाएछु । कमाइ मध्ये आधा जति बचेको रहेछ । मेरो बुवाको नासो हो त्यो जग्गा । म जसरी पनि फिर्ता गरी छाड्छु भनेर आमालाई मनाएपछि घर बनाउने कुरा मिल्यो ।
 
बिदा सकियो म काममा फर्केँ । विदेशबाट आउँदा स्मार्ट फोन ल्याइदिएको थिएँ । घरको जग हालेदेखि गारो लगाएसम्मका सबै देखाउँथिन् बिनिताले । घरमै बसीबसी मैले काम गरेको, खाएको हेर्न पाउँदा आमा पनि दंग हुनुहुन्थ्यो । बेचेको जग्गा फिर्ता गर्न पनि धेरै खट्नु थियो मैले । आमाको खुट्टाको घाउले निकै सताएको थियो । सायद क्यान्सरै पो भएको थियो कि मलाई सुनाएनन् । बिस्तारै भिडियो कल कम हुन थाल्यो । नेट चल्दैन भन्थिन् बिनिता । आमालाई फोन देऊ भन्दा कहिले निदाउनु भा’छ भन्थिन्, कहिले म बाहिर छु भन्थिन् । 
 
अचानक एकदिन नयाँ नम्बरबाट फोन आयो । उठाएँ छिमेकी हरेराम दाइको नम्बर रहेछ । सानी छोरी रुँदैं बोली– ‘बाबा ! ममीले हामीलाई छोडेर जानुभो । म छाँगाबाट खसेझै भएँ, केही बेर त बोल्नै सकिनँ । बिरामी पनि थिइनन् बिनिता, कसरी यस्तो भो ? हरेराम दाइसित सोधेँ । बुहारीले बुद्धि बिगारी बाबु आफ्नै घर बनाउने ठेकेदारसँग हिँडी...भने । ...आकाश खसेझैँ भयो ।
 
इन्स्पेक्टर गम्भीर भएर राजुको कुरा सुनिरहेको थियो । राजुले इन्स्पेक्टरतिर हेरेर लामो सास तान्यो र थप्यो– ‘घर त आएँ सर, तर घर घर रहेन । आमालाई क्यान्सर भएकै रहेछ । त्यस्ती हँसिली र बलिई आमा सुकेर दाउरो भइसक्नुभाथ्यो । छोरीको हालत उस्तै थियो, मलाई छाँद हालेर रोई बिचरी । त्यो हालत देखेर मन थाम्न सकिनँ । बिनिता भगाएर लाने ठेकेदारको घर टाढा थिएन । बाख्राको खाली टाट्नामा बिंड नभएको खुकुरीमा आँखा परे । त्यही बोकेर दौडिएँ । मलाई रोक्न छिमेकी र आफन्त पछि लागे तर भेटेनन् । 
 
अचानक मलाई त्यो रुपमा देखेर बिनिता अच्चम्मित र त्रसित भई । ठेकेदार बिजेन्द्र पनि घरमै थियो । डरले दुवैजना घरभित्र छिर्न खोज्दै थिए, मैले बिनिताको टाउकैमा हानें । उनी लडिन् त्यसपछि बिजेन्द्रलाई पनि हानेँ सर । एउटा कुखुरा पनि नकाटेको मैले २ जना मान्छे काट्दा पनि मलाई कुनै पश्चताप छैन, तर म समातिने बित्तिकै आमा बित्नुभएछ । छोरीको बिचल्ली हुनेभो भन्ने चिन्ता छ ।
 
तिमी माथि जे भयो त्यो अत्यन्तै नराम्रो भो । तर खुकुरी बोकेर कुद्नुको सट्टा केहीबेर छोरीको अनुहार र भविष्य सोचेको भए यो सबै हुने थिएन । इन्स्पेक्टरले सम्झाए । हो सर सर्वस्व सकियो । ४ लाखमा बाबुको सम्पति बेचेंँ ३० लाख कमाएँ । आपूmले बेचेको जग्गाको मूल्य ७० लाख पुगेछ । स्वास्नीले छोडी, आमा बित्नु भो, छोरी एक्ली भई ...म ..म रहिनँ । लामो हिक्क.....।
 
राजुकी छोरी बिनिता प्रहरी कार्यालयको ढोकामा उभिएर बाबुको आँसु पढ्दै मनभरी आफ्नो भविष्यको थेसिस लेखिरहेकी थिई ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
2.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
3.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
4.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
5.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
6.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
7.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
8.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
9.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
10.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
11.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
12.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
13.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
14.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
15.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
16.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
17.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
18.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
19.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
20.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
21.   मेहनत र संघर्ष गरिरहेको छु
22.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
23.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
24.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
25.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
Results 57: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media