मंगलवार, माघ ०२ गते, २०७४
रोहन गुरुङ, अध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
मंगलवार, २०७४ श्रावण ०२ गते ०५:१३

रोहन गुरुङ, अध्यक्ष
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औ चुनावी साधारणसभाबाट टप जब्स प्रालिका संचालक रोहन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा महासचिव रहँदा व्यवसायीका समस्यामा तत्काल रेस्पोन्स जनाउने र पेपरवर्कलाई प्राथमिकता दिने गुरुङ चुनावी प्रतिष्पर्धामा आफ्नै कार्यसमितिका अध्यक्षलाई ९३ मतले पछि पार्दै संघको नेतृत्व सम्हाल्न पुगेका हुन्  । व्यवसायी माझ लोकप्रिय बनेर अध्यक्षमा नवनिर्वाचित गुरुङसँग उनका भावी कार्ययोजनाका बारे रोजगारमञ्चले गरेको कुराकानी : 

 

 

आफ्नै कार्यसमितिका अध्यक्षसँग प्रतिष्पर्धा गरेर चुनाव लड्दाको अनुभव चाहिँ कस्तो हँुदो रहेछ ?

दुई वर्षसम्म सँगै काम गरेको हुनाले केही असहज चाहिँ पक्कै मलाई महशुस भयो । मेरा राम्रा–नराम्रा पक्ष र उहाँका पनि राम्रा–नराम्रा पक्ष हामी दुवैलाई थाहा भएको अवस्था हो । दुःख सुख जे भएपनि २ वर्ष सँगै बिताएकाले उहाँसँग प्रतिष्पर्धी भएर चुनाव लडिरहँदा अन्य प्रतिष्पर्धीभन्दा केही अफ्ठयारो भने मलाई महशुस भएकै हो । सायद उहाँलाई पनि यस्तै भयो होला । 
 
निर्वाचनमा प्राप्त मतपरिणाम हेर्ने हो भने तपाई सहजढंगमा बिजयी हुनुभयो । तर, व्यवसायीबाट त्यती मत प्राप्त गर्न निकै कसरत गर्नु भयो भन्छन नि ? जनमत तपाइकै पक्षमा रहेछ या मेहनतको परिणाम हो यो ?

यसलाई यसरी बुझौ । विगतमा पनि घरदैलो कार्यक्रम हँुदै आएको हो । क्षेत्रीय भेलाहरु पनि भएकै हुन् । त्यसैलाई हामीले यो पटक पनि निरन्तरता दिएका हौं । यहीबीचमा केही भ्रामक समाचारहरु बाहिर आए । व्यवसायीहरु आतंकित भए । निर्वाचनको क्रममा ज–जस्ले त्यस्तो काम गरे पनि त्यो गर्न हुँदैनथ्यो । त्यसले केही नकारात्मक सन्देश प्रवाह ग¥यो पनि । अर्को कुरा आम व्यवसायीले व्यक्ति पनि हेर्नुभयो । मैले महासचिव पदमा रहेर यो २ वर्षमा गरेको कामको मूल्यांकन व्यवसायीहरुले गरिनैरहनु भएको थियो र निर्वाचनको परिणामले पनि त्यही इंकित गरेको मलाई लाग्छ । अर्को कुरा एउटा प्यानल नै निर्वाचित हुँदा काम गर्न पनि सजिलो हुन्छ भनेरै व्यवसायीहरुले त्यसै अनुसार मतदान गर्नुभएको मैले बुझेको छु । र, व्यवसायीहरुको आशा तथा भरोसालाई टुट्न दिदैनौ भनेरै हामी काम गरेर देखाउँछौ ।


 
वैदेशिक रोजगार क्षेत्रमा व्याप्त सिण्डिकेट हटाउने प्रतिवद्धता तपाईले निर्वाचनको क्रममा पनि जनाउनुभएको थियो । निर्वाचित भएपछि यी सिण्डिकेट विरुद्ध डटेर लाग्ने निर्णय तपाइको पहिलो कार्यसमितिको बैठकले पनि गरेको छ । तर यी सिण्डिकेटहरु तपाई महासचिव हुँदा पनि लागेकै थिए नि । यो सिण्डिकेटको जालो तोड्न साँच्चै सक्नुहुन्छ वा भोट माग्ने काइदा हो ?

यसमा मैले बुझेको कुरा गलत चिज हो भन्ने थाहा हुँदाहुँदै चुप लागेर बस्न हँुदैन । हिजो म एउटा आम व्यवसायी भएर काम गरिरहँदा होस या आज सबै व्यवसायीको प्रतिनिधित्व गर्दै अध्यक्ष निर्वाचित भएपछि होस मेरो धारणा प्रष्ट छ । सबै व्यवसायीले समान ढंगमा पेशा–व्यवसाय गर्न पाउनुपर्छ । यी जतिपनि सिण्डिकेट अहिले लागेका छन ती सबै मलेसियाको बेस्टिनेट कम्पनीका ‘वीङ्स’हरु हुन् । नेपालमा हुने सबै गतिविधी त्यही बेस्टिनेटको इशारामा भैरहेको छ । यतीसम्म कि नेता, सांसदलाई समेत प्रभावमा पार्ने काम भएको मैले सुनेको छु । 
 
तर मेरो निर्वाचित कार्यसमिति चाँडै नै परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र श्रम मन्त्रालयका अधिकारी र मन्त्रीहरुसँग छलफल तथा वार्ताका माध्यमबाट यसलाई अन्तिम निचोडमा पु¥याउने सोचमा छ र पु¥याउछौ पनि । विदेशिने कामदार र व्यवसायी माथि भइरहेको लुटलाई खुलेआम र मौन रुपमा राज्यले समर्थन जनाउन मिल्दैन र त्यो हामी व्यवसायीलाई मान्य पनि हुँदैन । यदि यी सिण्डिकेटको विरुद्धमा राज्यले कुनै निर्णय लिदैन भने हामी भौतिकरुपमा यसको विरोधमा उत्रन्छौ । चाहे आफ्ना कार्यालय बन्द गरेर होस या संघको सदस्यता खारेज गरेर वा सामाजिक बहिस्कार गरेर तर मलाई विश्वास छ कामदार र व्यवसायीको पक्षमा सरकारले केही न केही निर्णय चाँडै नै गर्छ । 
 
आज यिनै सिण्डिकेटले गर्दा मलेसिया जाने कामदार १८ हजारभन्दा बढी रकम तिर्न बाध्य छन । तर राज्य भने १० हजारमा कामदार पठाउने नीति अबलम्बन गर्छ र यि सिण्डिकेटलाई भने संस्थागत गर्ने छुट दिन्छ । के वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने सरकारको नीति यही हो त ? ठिक छ व्यवस्थित गर्ने नीति र मनशाय सरकारको छैन भने यसरी नै लथालिङगढंगमा चल्न दिने होत  । जतिन्जेल चल्छ चल्छ । तर हामी त्यो पक्षमा छैनौ । अब यसलाई व्यवस्थित बनाउदै विदेशिने कामदार सस्तो र सरलढंगमा जान पाउने वातावरण सिर्जना गर्नुपर्छ । त्यो वातावरण सिर्जना गर्न मेरो कार्यसमिति पूर्णरुपमा प्रतिबद्ध छ । 

अब प्रसंग बदलौ, संघ स्थापना भएयता अहिलेसम्म निर्वाचित भएका सबै अध्यक्षका चुनावी एजेण्डा संघको आफ्नै भवन निर्माण गर्ने रहेपनि अहिलेसम्म यो एजेण्डा पुरा भएको छैन । तपाई निर्वाचित कार्यसमितिको पहिलो बैठकले नै भवन निर्माण प्रक्रिया बढाउन एउटा समिति निर्माण गरेको छ । के तपाइकै कार्यकालमा संघको आफ्नै भवन बन्छ त ?

हामीले जुन जग्गामा भवन निर्माण गर्ने भनेका छौ त्यसको डिजाइन पनि तयार भैसकेको छ । हाम्रो जग्गाबाट बाटोको लागि केही भाग छाड्नुपर्ने र मालपोत कार्यालयबाट लालपुर्जाको प्रतिलिपि लिने काम बाँकी रहेको हँुदा यही हप्ताभित्र यो काम हामी सम्पन्न गरिसक्छौ । भवन शिलान्यासका लागि राम्रो साइत हेरेर संभवत असोजको पहिलो सातासम्ममा हामी भवन निर्माणको प्रक्रिया थालिसक्छौ । भवन निर्माणकै लागि अग्रज व्यवसायी हेम गुरुङको संयोजकत्वमा संघका सबै पूर्वअध्यक्ष सल्लाहकार रहने गरी समिति गठन गरिसकेका छौ । अब यो समितिलाई पूर्णता दिएर अन्य आवश्यक उपसमितिहरु हामी चाडैनै गठन गर्नेछौ । बिगतमा कस्का चुनावी एजेण्डा बने या बनेनन् त्यसमा अल्झिने भन्दा पनि अग्रज व्यवसायीहरुको साथ समर्थन र सल्लाह लिएर अब मैले गरेका प्रतिवद्धता पुरा गर्नेतर्फ मेरो कार्यसमिति अघि बढ्छ । यसमा विश्वस्त रहन म सबै व्यवसायीलाई आग्रह गर्दछु । 


 
तपाईको कार्यकालमा अन्य त्यस्ता के काम गर्छु भन्ने योजना बनाउनुभएको छ त ? 

पहिलो त हामी भवन निर्माणको काम सुरु गर्दैछौ । दोश्रो अनलाइन पोर्टलमार्फत वैदेशिक रोजगारमा जाने कामदारको विवरण संकलन गर्ने रहेको छ । यसका लागि हामी चाडैनै प्राविधिकहरुको समूहसँग छलफल गर्दैछौ । बढीमा १५ दिनभित्र अनलाइन पोर्टलको निर्माण गरी व्यवसायीहरुलाई युजर नेम र पासवर्ड दिइसक्छौ । व्यक्तिगतरुपमा भन्दा म ५ वर्षअघि कोषाध्यक्ष पदको उम्मेदवार बनिरहँदा अनलाइन पोर्टलमार्फत कामदारको आवेदन लिने योजना अघि सारेको थिएँ । तर ढिलै भएपनि यो योजना कार्यान्वयनमा आउने भएको छ । जसरी अहिले हामीले विदेशिने कामदार खोजिरहनुपरेको छ या विदेशिने कामदारले कुन मेनपावरमा राम्रो माग छ भनेर पत्रपत्रिका तथा मेनपावर चहार्दै हिड्नुपरेको अवस्था छ तर यो पोर्टलमार्फत मेनपावरले आफ्ना माग पनि त्यहाँ राख्नेछन र विदेशिन इच्छुक कामदारले आफ्नो योग्यता तथा क्षमता अनुसारको काम छानेर विवरण भर्न पाउनेछन् । जसले मेनपावर र कामदारबीच प्रत्यक्ष सम्पर्क गराउने छ । 
 
त्यस्तै अर्को योजना भनेको मेनपावरका शाखा संचालन सम्वन्धी व्यवस्था मिलाउनेछौ । संघको अध्यक्ष सदस्य रहने गरी वैदेशिक रोजगार विभागले शाखा संचालन सम्वन्धी कमिटि गठन गरेको छ । शाखा कार्यालय विस्तार गरी एजेण्टको कार्यालय खारेज गर्न संघले गतवर्ष नै विभागलाई पत्राचार गरिसकेको छ । तर श्रम तथा रोजगार मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा त्यसरी अनाधिकृत रुपमा खोलिएका एजेण्टका सम्पर्क कार्यालय आज पनि बन्द हुन सकेका छैनन् । हाम्रो माग ती अनधिकृतरुपमा संचालित एजेण्टका सम्पर्क कार्यालय तत्काल खारेज हुनुपर्छ र शाखा कार्यालय संचालन सम्वन्धी निर्देशिका बन्नुपर्छ भन्ने हो । अझ भोलिका दिनमा संघिय ढाँचा अनुरुप शाखा कार्यालय संचालन सम्वन्धी व्यवस्था बनाइनुपर्दछ । 
 
मैले दुःखका साथ भन्नुपर्छ तिनै अनाधिकृतरुपमा संचालित एजेन्टका कारणले आज हामी व्यवसायी बद्नाम हुनुपरेको छ । हामीले पाउने सेवाशुल्क सम्वन्धी व्यवस्था प्रष्ट नभइरहेको अवस्थामा आज प्रतिनिधी एजेण्टहरुले भने मनोमानी ढंगमा शुल्क उठाइरहेका छन् । जसको मार हामीले खेप्नुपरेको छ ।
 
त्यस्तै वैदेशिक रोजगार विभागमा सहजढंगमा काम गर्ने वातावरणको सिर्जना गर्ने र त्यो आभाष व्यवसायीलाई दिलाउने मेरो अर्को योजना हो । र, नीतिगत रुपमा मेरो कार्यसमितिले गर्ने मुख्य काम सेवाशुल्क सम्वन्धी व्यवस्था परिमार्जन गर्नु तथा संशोधनको अन्तिम तयारीमा रहेको वैदेशिक रोजगार ऐनमा धरौटी बढ्न नदिने र बर्गिकरण गर्न नदिने रहेको छ । 
 
तर तपाई त संघलाई राजनीतिमुक्त गर्छु भनिराख्नुभएको छ । यि सबै काम राजनैतिक पहुँच विना सम्भव होला ? 
राजनैतिक लोगो भिरेको व्यक्ति वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष हुनु हँुदैन । आस्थाका आधारमा कुनै पार्टीसँग उसको झुकाव हुनु आफ्नो ठाउँमा छ । तर, संघ भनेको एउटा साझा संस्था हो । हाम्रो मुलुकमा त केही महिनामै सरकार परिवर्तन भैरहन्छ, मन्त्री फेरिइरहन्छन । यसैले सबैसँग काम गर्न पनि संघको अध्यक्ष सम्पूर्ण व्यवसायीको साझा व्यक्ति बनेर सरकारसँग काम गर्न सक्ने हुनुपर्छ । आज तपाई फलानो पाटीको हुँ भन्नुहोला तर तपाइले भनेको पार्टी सरकारमा नरहँदा वा विपक्षी पार्टीसँग रहेर काम गर्नुपर्दा व्यवसायीका मुद्धा नीतिगतरुपमा कसरी सुल्झाउन सक्नुहुन्छ ? अर्को कुरा हामी चाडैनै विभिन्न राजनैतिक पाटीनिकटका व्यवसायीहरु र पूर्वअध्यक्षहरु सम्मितिल एउटा समिति बनाउँदैछौ । त्यो समितिका सदस्यले आफ्नो पाटी निकटका नेताहरुमार्फत व्यवसायीका समस्या समाधानमा पहल गर्नु हुनेछ । पाटीगतरुपमा आफ्ना नेतालाई हाम्रो समस्याका बारेमा अवगत गराउन लोकतान्त्रिक फोरम छ, प्रगतिशिल मञ्च छ, गणतान्त्रिक मञ्च छ, तराई वैदेशिक रोजगार फोरमलगायतका संस्था छन् । हाम्रा समस्या समाधानमा ती संस्थाका अध्यक्ष, पूर्वअध्यक्ष तथा सल्लाहकारहरुको मुभमेन्ट रहन्छ । मैले दुःखका साथ भन्नुपर्छ अहिलेसम्म हाम्रा गतिविधी भेट्ने र ज्ञापनपत्र दिनेमै सीमित भयो । 
 
मैले भन्न खोजेको राजनैतिकमुक्त संघ बनाउन सकियो भने संघलाई मात्र होइन हामी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन सकिन्छ र जुनसुकै दलको सरकार भएपनि हाम्रा एजेण्डा सम्वोधन गर्न दबाब पर्छ । 
 
अन्त्यमा तपाईलाई अध्यक्षमा निर्वाचित गराउने सम्पूर्ण व्यवसायीहरुलाई के भन्नुहुन्छ ? 

पहिलो त व्यवसायीहरुले जनाउनुभएको साथ, सहयोग, समर्थन र उपस्थितिलेनै संघको २५ औ साधारणसभा र निर्वाचन भव्य र सभ्यरुपमा सम्पन्न भयो । विगतमा साधारणसभापछि हुने बन्दसत्रमा हाम्रा समस्या र संघ नेतृत्वले गरेका कामका बारेमा त्यती धेरै छलफल हुँदैनथ्यो । तर यस पटक हामीले हाम्रा समस्याका विषयमा गहनढंगमा छलफल ग¥यौ । संघका पदाधिकारीले गरेका कामका बारेमा व्यवसायीलाई जानकारी गरायौ । असन्तुष्टिहरु एकआपसमा माझ्ने काम ग¥यौ । निर्वाचनमा मैले जति मत ल्याएर बिजयी बनेपनि त्यो एउटा प्रक्रिया मात्र थियो । अब म सबै व्यवसायीको साझा घरको अध्यक्ष हुँ । मेरो कार्यसमिति सबै व्यवसायीको हीतमा काम गर्न प्रतिवद्ध छ । हामी व्यवसायीका सल्लाह तथा सुझावलाई आत्मसाथ गर्दै अघि बढ्छौ । 
 प्रस्तुति  :दिनेश लुइटेल
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
2.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
3.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
4.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
5.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
6.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
7.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
8.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
9.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
10.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
11.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
12.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
13.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
14.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
15.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
16.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
17.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
18.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
19.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
20.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
21.   मेहनत र संघर्ष गरिरहेको छु
22.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
23.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
24.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
25.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
Results 57: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media