विहिवार, कार्तिक ०२ गते, २०७४
बुधवार, २०७४ जेष्ठ ३० गते ०२:३८

मञ्जु उपासना नेपाली आधुनिक गायनको क्षेत्रमा उदीयमान नाम हो, उनले विगत ७/८ वर्षदेखि नेपाली आधुनिक गीतको क्षेत्रमा धेरै गीत गाइसकेकी छिन् । मञ्जुको जन्म बुबा भुल बहादुर र आमा रत्नकुमारीकी सुपुत्रीको रूपमा २०४९ श्रावण १५ गते सिन्धुपाल्चोक जिल्लाको चौतारामा भएको हो । उनले चौताराकै वनदेवी मा.विबाट निम्न माध्यमिक शिक्षा पुरा गरिन भने चौताराकै श्री कृष्णरत्न गंगा उच्च मा.विबाट २०६५ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरिन् । 
 
यसपछि उच्च शिक्षा अध्ययनको लागि काठमाडौ प्रवेश गरेकी मञ्जु ललितकला क्याम्पसमा संगीत अध्ययनको लागि भर्ना भइन् । संगीतमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी उनले गुरु चन्दन श्रेष्ठसँग पनि संगीतको ज्ञान आर्जन गर्दै आइरहेकी छिन् भने ललितकला क्याम्पसबाट नै संगीतमा स्नातक तह सम्मको अध्ययन पनि पुरा गरिसकेकी छिन् । यसरी नेपाली संगीतमा धेरै ज्ञान हासिल गरेर मात्र यो क्षेत्रमा प्रवेश गरेकी मञ्जुको सांगीतिक भविष्य उज्ज्वल रहेको मान्न सकिन्छ । 
 
सानैदेखि संगीतप्रति अगाध लगाव भएकी गायिका मञ्जु बाल्यकालदेखि नै नाच्ने, गाउने गर्दथिन् । बाल्यकालमा धेरै नबोल्ने, शालिन स्वाभावकि उनी गायन र नाच्न भने निक्कै उत्सुकता देखाउने गर्दथिन् । आफ्नो विद्यालयले आयोजना गर्ने विभिन्न सांगीतिक प्रतियोगिताहरूमा सधंै सहभागिता जनाउने उनी सिन्धुपाल्चोक जिल्लाका विभिन्न विद्यालयहरूले आयोजना गर्ने सांगीतिक प्रतियोगितामा पनि सहभागिता जनाउने गर्दथिन् । उनले सहभागिता जनाएको प्रतियोगिताहरूमा अन्य विद्यालयहरूले प्रथम हुने आशा नराखे पनि हुन्थ्यो, जहाँ जहाँ उनी पुग्थिन् प्रथम स्थान उनको समुहले नै हासिल गर्दथ्यो । यसरी विद्यालयस्तर देखि नै गायनमा अब्बल देखिएकी मञ्जुले नेपाली आधुनिक गीतको क्षेत्रमा हालसम्म ५ दर्जनभन्दा बढी गीतहरूमा आफ्नो सुमधुर स्वर दिइसकेकी छिन् । 

आफ्नो दाजु शम्भुको साथले सांगीतिक जीवनमा प्रवेश गरेकी गायिका मञ्जुको परिवारमा आमा, वुवा, १ दाजु, २ दिदी, १ भाइ र १ बहिनी सहितको संयुक्त परिवार रहेको छ । परिवारको साथ र सहयोगले नेपाली संगीतमा संघर्षरत गायिका मञ्जुले नेपाली गीत मात्र होइन तामाङ्ग गीतहरू पनि गाएकी छिन् । हालसम्म डेढ दर्जन तामाङ्ग गीतहरूमा स्वर दिएकी उनले लोकगीतमा समेत आफूलाई अब्बल सावित गरेकी छिन् भने राष्ट्रियभावका गीत तथा नेवारी गीत पनि गाउने तयारीमा रहेकी छिन् । 


 
गायनमा मात्र होइन संगीतमा समेत उनले आफूलाई प्रस्तुत गरेकी छिन् । उनको कम्पोजमा सुदिप सुनारको एकल गीति एल्वम बजारमा आउन लागेको पनि उनले बताइन् । संघर्षभित्र नै जीवनको वास्तविकता भेट्ने मञ्जुले २०६७ सालमा पहिलो गीत रेकर्ड गरेकि थिइन् । त्यस पछि उनी निरन्तर संगीतको क्षेत्रमा नै क्रियाशिल रहेकी छिन् ।
 
साधना गरेर संगीतको क्षेत्रमा आउनेहरूको सांगीतिक भविष्य राम्रो रहेको बताउने मञ्जु सानेपाको ज्ञानदिप उच्च मा.वि र झम्सिखेलको हायरल्याण्ड मन्टेश्वरीका विद्यार्थीलाई आफुसँग भएको संगीतको ज्ञान बाढ्दै आएकी छिन् भने आफैले संचालन गरेको ‘मञ्जरी संगीत पाठशला’ मा समेत विगत केही वर्षदेखि संगीत सिकाउँदै आइरहेकी छिन् । यसरी गीत संगीतको क्षेत्रमा नै समर्पित गायिका मञ्जु प्रेमको कुरामा भने आँफू अनभिज्ञ रहेको बताउँछिन् । जीवनलाई सुख, दुःखको संगम मान्ने मञ्जु संघर्षले नै जीवनमा सफलता मिल्ने आफैंले अनुभव संगालेकोले प्रतिकुल परिस्थितिहरूमा पनि आफ्नो योजनामा अडिग रहन पनि सुझाव दिन्छिन् । 
 
मञ्जु उपासनाका धेरै गीतहरूमा संगीत भरेका चर्चित संगीतकार सन्तोष श्रेष्ठ अत्यन्त अनुशासित, लगनशिल र मेहनती गायिकाको रूपमा मञ्जुलाई परिभाषित गर्ने गर्दछन् । उनी थप्छन् ‘संगीतको राम्रो ज्ञान हासिल गरेकी, शास्त्रीय संगीतमा समेत विशेष दख्खल भएकी, गीतका शब्दको मर्मलाई बुझेर गाउन सक्ने क्षमता भएकी मञ्जु नेपाली सुगम संगीतकि आशालाग्दी प्रतिभा हुन् । अहिलेकै जस्तो निरन्तरता, लगनशिलता र साधना गर्न सकेमा उनको सांगीतिक भविष्य उज्जवल रहेको छ ।’
 
संगीत बिनाको जिन्दगी खै के जिन्दगी भन्ने मञ्जु स्वरले साथ दिइन्जेलसम्म गीत गाइराख्ने बताउँछिन् । गीत संगीतको माध्यमबाट समाजलाई केही दिन सकेमा आफनो जीवन सन्तुष्ट हुने उनले वताइन् । गीत गाउदा शब्दमा सचेत रहने उनी गीतमा शब्दको पनि महत्वपूर्ण भूमिका हुने हुनाले शब्द चयनमा विशेष ख्याल गर्ने गर्दछिन् । सकारात्मक, सन्देशमूलक र चेतनामूलक शब्दयुक्त गीत उनको प्राथमिकतामा पर्ने गर्दछ । ‘शब्द नै मन नपरेर गाउन अफर आएका धेरै गीत रिजेक्ट गरेकी छु’ उनले बताइन् । 
 
गायिका मञ्जु विभिन्न सांगीतिक प्रस्तुतिको लागी नेपालका विभिन्न सुगम तथा दुर्गम स्थानहरूमा पुगिसकेकी छिन् । नेपालको विकट मानिने जिल्ला मनाङ्ग लगायत दाङ्ग, नुवाकोट, बर्दिवास, लालवन्दी र गृह जिल्ला सिन्धुपाल्चोकका विभिन्न स्थानमा पुगेर उनले आफ्नो सांगीतिक प्रस्तुति दिइसकेकी छिन् । 
 
२०६७ मा केदार नेपालसँगको सहकार्यमा ‘आँधी’ गीति एल्वम बजारमा ल्याएकी मञ्जुले श्रोताहरूको चाहना अनुसार चाडै नै अर्को एकल एल्वम बजारमा ल्याउने तयारीमा रहेको बताइन् । नयाँ आउन लागेको उनको एकल एल्वमले नेपाली सांगीतिक क्षेत्रमा उनको उचाई अझ बढाउने विश्वास लिइएको छ ।
 हरिराम पौडेल

hariram_paudel@yahoo.com
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   सांगीतिक उचाइमा मञ्जु
2.   प्रवासमा चम्कदै नवराज
3.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
4.   समाजसेवामा समर्पण
5.   फरकधारका सिर्जनामा रमाउछु
6.   सुमधुर आवाजकी धनी टीका प्रसाई
7.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
8.   दुर्गा खरेल : स्वरमै जादु
9.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
10.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
11.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
12.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
13.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
14.   ओमानमा जनगायक जीवन शर्मा
15.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
16.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
17.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
18.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
19.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
20.   कोरिया तताए नेपाली कलाकारले !
21.   खेलकुदः च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक

Powered By : Unitech Media