शुक्रवार, माघ ०५ गते, २०७४
शनिवार, २०७४ जेष्ठ २६ गते ०५:२३

 
 
 कुनै समय विदेश हानिने भनेपछि एजेन्ट वा मेनपावर संचालकलाई आँखा चिम्लेर पासपोर्ट बुझाउने नेपाली अब भेटिनै छाडीसके भन्दा हुन्छ । झन् फ्री भिसा फ्री टिकटको निर्णय पछि आएको वैदेशिक रोजगार सम्बन्धि जागरणले त एउटा विदेशिने नेपाली तिनपल्ट सोचेर छ वटा मेनपावर चहारेर मात्र मेनपावरमा पासपोर्ट बुझाउन राजि हुन्छ । त्यसमाथि हातमा सीप नभए पनि जस्तो त्यस्तो काममा कहा विदेश जान्छु भन्छ र । खान बस्न र ओभरटाईम सहित कम्तिमा १२/१५ सय रियल,दिनार या रिंगेट बच्छ कि बच्दैन भन्ने उसको पहिलो प्रश्न हुन्छ ।

एकातिर खाडी मुलुकमा बढ्दै गएको संकट,अर्कोतिर मलेसियन रिंगेटमा आएको गिरावटले त केही कम्पनीको माग पुरा गर्न मेनपावर संचालकले तोरीको फुल देख्छन । झन् ईपीएस भाषा परीक्षाका लागि ७५ हजारले पासपोर्ट होल्ड भएपछि र बाँकी रहेका दलका कार्यकर्ता पनि स्थानीय निर्वाचनमा म्यादी प्रहरी बन्न हिडेपछि त कामदारको खडेरी नै लाग्न थाल्यो कि क्या हो भनेर केही मेनपावरका संचालक भन्न थालिसके ।
 
तर यी सबै पृष्ठभुमिका माझ राजधानीको बालकुमारी पुल नजिकै रहेको इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रालिमा देखिएको दृश्य भने अलि फरक थियो । मलेसियाको एक कम्पनीमा अन्तर्वार्ता दिने कामदारको ओईरो नै थियो इन्टरनेशनल मेनपावरमा । केही एजेन्ट तथा मेनपावर संचालकले पासपोर्ट नै भेटिन छाडिसक्यो भनिरहेका बेला तिनले इश्र्या गर्ने गरि अन्तर्वार्ता दिन आएकाको यी तस्बिर आजको  फ्राईडे फेसमा ।
तस्बिर : दिनेश लुइटेल















 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
26.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
27.   नर्बेमा मध्यरातमा घाम ?
28.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
29.   इन्टरनेटबाट मितेरी साइनो
30.   वाह् सेक्स टोय
31.   अञ्जूको वियोगान्त कथा
32.   कतारमा मल अफ एसिया
Results 32: You are at page 2 of 2
First Prev 1 2

Powered By : Unitech Media