मंगलवार, माघ ०२ गते, २०७४
विष्णुगोपाल गडतौला,उपमेयरका उम्मेदवार, म्याङ्गलुङ्ग नगरपालिका, तेह्रथुम
विहिवार, २०७४ जेष्ठ २४ गते ००:५९

 
स्थानीय तहको दोश्रो चरणको निर्वाचन नजिकिदै जादा तेह्रथुम जिल्लाको म्याङ्गलुङ्ग नगरपालिका वडा नं. ४ निवासी युवा समाजसेवी तथा व्यवसायी विष्णुगोपाल गडतौलाले सोही नगरपालिकाको स्वतन्त्र उपमेयरमा उम्मेदवारी दिनुभएको छ । विगतदेखि नै स्थानियस्तरमा सामाजिक र विकास निर्माणका क्रममा अग्रपंक्तिमा देखिने गडतौलाको उम्मेदवारीलाई उक्त क्षेत्रका जनताले विशेषरुपमा हेरेका छन् नै दलगत राजनैतिक शक्तिहरुमासमेत ठुलो तरंग पैदा भएको छ । उनै समाजसेवी तथा विकासप्रेमी गडतौलासँग आफ्नो उम्मेदवारीको औचित्य र भावि एजेण्डाका बारेमा गरिएको संक्षिप्त कुराकानी  :
 
तपाई व्यवसायी मान्छे किन एक्कासी राजनितीमा होमिनुभयो ?  

यसलाई राजनिती नभन्नोस सेवा भन्नुहोस । मेरो क्षेत्रमा हरेक सामाजिक कार्य र विकास निर्माणका सवालमा म विगतदेखि नै निस्वार्थ ढंगमा संलग्न रहदै आएको छु । अहिले संविधानले जुन स्वरुपबाट स्थानिय तहलाई दिएको अधिकार छ र सोही बमोजिम चुनाव हुदैछ यो केवल चुनाव तथा नेता छान्ने प्रतिस्पर्धा मात्र नभएर स्थानिय तहको भविश्यसमेत जोडिएकाले म अघि सरेको हु । कुरा रहयो व्यवसायको यो भनेको बाच्ने आधार हो र यसैले सेवाकालागि आधार दिन्छ । व्यवसायले मलाई सफल जिवनको यो ठाँउसम्म पु¥याएर नगरपालिका हाक्नसक्ने क्षमता प्रदान गरेको हो । यसैले व्यवसाय र सेवालाई साथसाथै अघि बढाउनु हामी युवा जगतको कर्तव्य पनि हो ।
 
अनि राजनैतिक दलबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिनुभएको त होइन नि ?

साच्चै भन्ने हो भने विगतमा पनि न म कुनै राजनैतिक दलको सदस्य थिए वा थिइन यो सवालको विषय होइन । निस्वार्थ ढंगमा काम गर्न कुनै दल विशेषको फेर समातेर जानै पर्दैन नि । म दलको नेता होइन मेरा नगरवासीको मनमा बस्न चाहन्छु । सायद मेरा विगतदेखिका काम देखेर उहाँहरुले यसको छिनोफानो दलहरुलाई गरेर देखाउनेमा म विश्वस्त पनि छु । 


 
अनि यत्रो विश्वास रहेछ त मेयरमा उम्मेदवारी नदिएर उपमेयरमा दिनुको अर्थ चाहि के हो नि ?

तपाईले एकदमै सार्थक प्रश्न सोध्नुभयो । मलाई सबैले यही प्रश्न राख्ने गर्छन । अझैपनि राजनैतिक दलको धङधङी हाम्रो समाजमा यथावत नै छ । दलगत छविलाई तिलाञ्जलि दिएर स्वतन्त्र ढंगले प्रतिष्पर्धामा जादै गर्दा नगरवासीको भावना समेटदै आफ्ना एजेण्डा सुनिश्चित गर्न प्रमुख पदभन्दा पनि सहायक पद रोजेको हँु । अर्को कुरा महिलाहरुलाई प्राथमिकतामा राख्न पनि मेयर पद उहाँहरुको सम्मानका लागि छाडेको हु । सो हुदा मलाई रुचाउने अन्य राजनैतिक दल समर्थित जनताहरुलाई ६ भोट आफ्नो दललाई र १ भोट एजेन्डा तथा विकासका लागि दिने मौका मिल्छ । यो मैले नगरवासीहरुको सल्लाहमै गरेको हु । 
 
सारमा तपाईको नगरमा अहिले देखिएको ज्वतन्त समस्या के हो र हिजो के कति काम गर्नु भयो त ? 

हिजोका दिनमा हाम्रो जिल्लालाई लोडसेडिङ मुक्त गराउने अभियानमा सक्रिय भै मैले कार्य गरेको नगरवासीलाई थाहा नै छ । यसलगायत खानेपानी र सडक विस्तारका लागि धेरै नै लागिपर्यौ । हामीले गरेका यी प्रयत्न पर्याप्त छैन । शिक्षा, स्वास्थ्य, यातायात सबै विकासका आधारभूत आवश्यक्तामा हामी धेरै पछि छौ अब यसलाई गुनासोकै रुपमा राख्ने कि गरेर देखाउने भन्ने चुनौती हामीमा छ । यसलाई ठोसरुप दिन नै म अघि सरेको हु र पुरा गरेरै छाडछु पनि । अरु जस्ता आश्वासन र भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु ।
 
तपाईका प्रमुख एजेन्डाबारे केहि बताइदिनुहोस न ?

सदरमुकामकै नगरपालिका भएपनि अहिले यसमा आसपासका ६ गाविस पनि समावेश भएको छ । ती ग्रामिण भेगलाई बाकि शहरी क्षेत्रको दाजोमा पु¥याउन म प्रतिवद्ध भएर अघि सरेको छु । उता यहाँको सडकको दुर्गति हेर्दा मनै दुख्छ । यसलाई मध्यनजर गर्दै नगरका हरेक टोलमा सडक संजाल पु¥याउनु मेरो प्रमुख प्रतिवद्धता हो । घरेक घरमा स्वच्छ खानेपानी, खेतीयोग्य जमिनमा सिंचाई, कृषिमा आधुनिकिकरण र कृषि फार्मको स्थापना, धार्मिक तथा पर्यटकियस्थलको विकास र प्रवद्र्धन, अस्पताल निर्माण र २४ घण्टै सेवा दिनेगरी एम्वुलेन्सको व्यवस्था, सामाजिक सुरक्षा भत्ता घरमै दिने व्यवस्थालगायतका विषयलाई प्राथमिकता दिएको छु । स्पष्ट एजेण्डा तथा पुरा गर्ने आधारशिलासहित म उपमेयर पदका लागि अघि बढेको हु । मेरा एजेण्डा तथा प्रतिवद्धताहरु विस्तृतरुपमा घोषणापत्रमा समेटेर जनतामाझ प्रस्तुत गर्ने नै छु । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
2.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
3.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
4.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
5.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
6.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
7.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
8.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
9.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
10.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
11.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
12.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
13.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
14.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
15.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
16.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
17.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
18.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
19.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
20.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
21.   मेहनत र संघर्ष गरिरहेको छु
22.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
23.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
24.   चारवर्ष भित्र बैंकलाई उत्कृष्ट बैंक बनाउछौं
25.   कमिशन मिलाउन श्रममन्त्री मलेसिया गएका हुन : न्यौपाने
Results 57: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media