मंगलवार, मंसिर २६ गते, २०७४
सोमवार, २०७४ जेष्ठ १४ गते ०३:४६

नयाँ तथा पुराना नेपाली चलचित्रहरु सहज ढंगले हेर्ने व्यस्थासहित हाम्रो मुभी डटकमले विशेष योजनाहरु दर्शकमाझ ल्याएको छ । नेपाली चलचित्र जगतलाई विश्वसामू डिजिटल च्यानलका माध्यमबाट पु¥याउने लक्ष्यसहित अगाडि बढेको हाम्रो मुभी डटकमले आफुकहाँ उपलब्ध चलचित्रहरु फुल एचडि क्वालिटीमा हेर्न सकिने बताएको छ ।
 
हाम्रो मुभि डटकममा युटुवमा नभएका तथा नयाँ चलचित्रहरु प्रदर्शन भएलगत्तै उपलब्ध हुने यसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप श्रेष्ठले जानकारी दिएका छन् । विदेशमा रहेका नेपालीहरुलाई हाम्रो मुभि डटकम मार्फत नयाँ तथा पुराना चलचित्र हेर्न मासिक ५.९९ डलरको प्याकेज ल्याइएको जानकारी दिदै सिइओ श्रेष्ठले सुरुवाती ३० दिन विदेशमा रहेका नेपालीहरुका लागि विना शुल्क यो सेवा प्रदान गरिने बताए । 
 
आफ्ना सेवा सहज ढंगमा किन्न सकिने गरी हाम्रो मूभि डटकमले विदेशमा रहेका नेपालीहरुलाई डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्डमार्फत आफ्नो प्याकेज किन्न सकिने व्यवस्था शुरु गरेको छ भने स्वदेशमा पनि एससिटि एनपे (SCT NPAY) र इसेवा (esewa) मार्फत यो सुविधा लिन सक्ने व्यवस्था गरिन लागेको सिइओ श्रेष्ठले जानकारी दिएका छन् । 


 
श्रेष्ठका अनुसार नेपाली चलचित्रप्रेमि ग्राहकका सहजताका लागि हाम्रो मुभि डटकमले मोवाइल एप मार्फत एन्ड्रोइड र आइओएस दुवै भर्सनमा पनि आफ्ना सेवा उपलब्ध गराउने तयारी गरिरहेको छ । उनका अनुसार पहिलो चरणमा नेपाली चलचित्र सहज ढंगमा हेर्ने व्यवस्था गरिए लगत्तै विस्तारै राम्रा टेलिचलचित्र तथा विभिन्न कार्यक्रमहरु पनि हाम्रो मुभि डटकममा उपलब्ध गराउने व्यवस्था गर्ने बताइएको छ ।  
 
अहिले ५० हजारभन्दा बढी सब्सक्राइबर रहेको हाम्रो मूभि डटकम पछिल्लो समय नेपाली चलचित्रप्रेमिहरुका माझ लोकप्रिय बन्दै गैरहेको छ । विशेषगरी विदेशमा रहेका नेपालीहरु नेपाली चलचित्र हेर्नबाट बञ्चित नहोउन भन्ने लक्ष्यका साथ संचालनमा ल्याइएको हाम्रो मूभि डटकममा भर्खरै प्रदर्शनमा आएका सिनेमाहरु उपलब्ध हुनेहुदा स्वदेशमा रहेका नेपालीहरुको आकर्षण पनि चुलिदै गएको छ ।  
-मनिषा कुँवर / प्रशिक्षार्थी पत्रकार   
     
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
2.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
3.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
4.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
5.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
6.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
7.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
8.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
9.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
10.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
11.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
12.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
13.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
14.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
15.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
16.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
17.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
18.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
19.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
20.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
21.   राजेशले तताए नाइजेरिया
22.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
23.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
24.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
25.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
Results 152: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media