आइतवार, असार १० गते, २०७५
मंगलवार, २०७४ जेष्ठ ०८ गते ०६:१६



रोजगारमञ्च/ आगामी असार दोश्रो साता हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले किरणकिशोर घिमिरेलाई अध्यक्षमा उठाउने लगभग निश्चित भएको छ । फोरमका पूर्वमहासचिव तथा संघका वर्तमान प्रथम उपाध्यक्ष कुमुद खनालले फोरमबाट आफु नै आधिकारिक उम्मेदवार हुने दावी गर्दै हिडिरहेका बेला फोरमका एक पदाधिकारीले भने संघको आगामी निर्वाचनमा किरणकिशोर घिमिरेको नेतृत्वमा फोरमको आधिकारीक प्यानल घोषणा हुने दावी गरेका छन् ।
 
रोजगार मञ्चसँग कुरा गर्दै फोरमका ति पदाधिकारीले भने– ‘आफु योग्य छु भनेर स्वघोषित उम्मेदवारी घोषणा गर्ने अधिकार सबैलाई छ । तर फोरमले किरण किशोर घिमिरेलाई अध्यक्षमा उठाउने आन्तरिक सहमति भइसकेको छ ।’ फोरमले अध्यक्षमा उठाउने पहिलो प्राथमिकतामा घिमरे र दोश्रोमा  खनाल रहेको ति पदाधिकारीको भनाइ छ । 
 
कस्तो पाक्दैछ खिचडी ?

संघको आसन्न निर्वाचनको विषयलाई लिएर विगत १ महिनादेखि दिनहुजसो अनुपम फुडल्याण्डमा फोरममा आवद्ध व्यवसायी र अग्रज व्यवसायीबीच चिसो र तातो दुबै चिया गफ भइरहेको छ । तर फोरमबाट आधिकारिक अध्यक्षको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा भने बैशाख १३ गते बुधवार अग्रज व्यवसायीबीच छलफल भएको थियो । जुन छलफलमा संघका अध्यक्ष बिमल ढकाल पनि सहभागी थिए । 
 
घिमिरेलाई फोरमको आधिकारिक उम्मेदवार बनाउने लगभग टुंगो लागिसकेको बताइए पनि संघको संशोधित विधानमा भएको व्यवस्थाले घिमिरेलाई अध्यक्षमा उठ्न रोक्छ । तर संघको वर्तमान कार्यसमितिकी कोषाध्यक्ष प्रतिमा महर्जनलाई राजिनामा गराई घिमिरेलाई मनोनित गरेर अध्यक्षमा उठ्ने बाटो खुल्ला गर्ने आन्तरिक सहमति भएको लोकतान्त्रिक फोरममा आवद्ध एक व्यवसायीको दावि छ । संघको वर्तमान पदाधिकारीलाई राजिनामा गराएर उनको ठाउँमा घिमिरेलाई मनोनित गर्ने प्रस्ताव संघको बहुमत कार्यसमिति सदस्यबाट पास गराउन संघका प्रथम उपाध्यक्ष खनालले रोक्न सक्ने भय रहेको एकथरी व्यवसायीको अनुमान छ । किनकि खनाल स्वयं आफु अध्यक्षमा उठ्ने तयारी र फोरमको आधिकारिक निर्णयको पर्खाईमा छन् । 


 
संघका प्रथम उपाध्यक्ष खनाल आफु स्वत: अध्यक्षको दाबेदार रहेको र त्यसमा कसैको बिरोध नरहेको बताउँछन – ‘प्रथम उपाध्यक्षको नाताले अध्यक्षमा उठ्ने पहिलो हक मलाई छ र यसमा मलाई पूर्वअध्यक्षहरुको पनि समर्थन छ’ खनालले रोजगारमञ्चसँग कुरा गर्दै भने –‘तर म फोरमको आधिकारिक निर्णयको प्रतीक्षामा छु । विश्वास छ फोरमले मलाई नै आधिकारिक उम्मेदवार घोषणा गर्छ ।’ फोरमले आफुलाई अध्यक्षमा अघि सार्नुपर्ने भनीरहेका बेला फोरम भित्रका र कांग्रेस पार्टीमा आस्था राख्ने केही व्यवसायी खनाललाई अघि सार्न सकारात्मक छैनन् ।  
नेतृत्वमा नभए पनि निर्णयकर्ताको भुमिकामा देखिने व्यवसायी कृष्ण पौडेल व्यवसायिक तथा अनुभवी व्यक्तिलाई मात्र नहेरी समग्र कांग्रेसले चिन्ने व्यक्ति फोरमको उम्मेदवार हुनुपर्ने भन्छन । चुनावी विषयमा हुने छलफलमा पौडेल सँगै सहभागी एक व्यवसायीले पौडेलको भनाइ उद्दृत गर्दै भने, ‘वैदेशिक रोजगार एकदम अस्तव्यस्त बनिसक्यो र हामी अत्यन्त संक्रमणबाट गुज्रिनु परिरहेको छ । यस्तो अवस्थामा संघ हाक्न जान्ने होइन व्यवसायिक अनुभव भएको र यी समस्यासँग डटेर लड्न सक्ने त्यस्तो मान्छे उठाउँनुपर्छ जसलाई कांग्रेसले चिनेको होस ।’ अधिकांश कांग्रेसी व्यवसायीले पौडेलको कुरामा सहमति जनाइरहदा पौडेलको चाहना खनाल र घिमिरे दुवैलाई मिलाएर लानुपर्ने भएपनि भित्री मनसाय भने घिमिरेलाई नै अध्यक्षमा अघि सार्ने रहेको ती व्यवसायीको भनाई छ ।  
 
यता संघका अध्यक्ष बिमल ढकालले पनि फोरमले घिमिरेको पक्षमा निर्णय गरे घिमिरेलाई संघमा मनोनित गरेर आफुले मार्ग प्रशस्त गर्ने बताए । विगतको निर्वाचनको तुष साध्न ढकालले घिमिरेलाई मनोनित गरेर भन्दा खनाललाई नै अघि सार्नु पर्ने पक्ष लिन्छन भन्ने अनुमान रहेका बेला ढकालले भने आफ्नो मनमा कसैप्रति प्रतिसोधको भावना नभएको प्रस्ट पारे । रोजगारमञ्चसँग कुरा गर्दै अध्यक्ष ढकालले भने –.‘विगतमा मबाट पनि गल्ति कमजोरी भए होला, तर विगतका गल्ति कमजोरी कोट्याएर प्रतिसोधको भावना राखेर होइन व्यवसायिक एकता गरेर अघि बढ्ने बेला आएको छ । फोरमका पूर्वअध्यक्ष तथा केही अग्रज व्यवसायी फोरमको आधिकारिक उम्मेदवारको टुंगो लगाउने प्रयासमा हुनुहुन्छ । एकदुई दिनमै आधिकारिक टुंगो त लाग्छ नै, तर कसैको निम्ति बाधक र कसैको साधक न म हिजो बने न भोलि बन्छु । फोरमले किरणजीलाई आधिकारिक उम्मेदवार बनाउँछ भने उहाको निम्ति मार्ग प्रशस्त म खुल्ला हृदयले गर्छु ।’  


 संघका अध्यक्ष ढकाल, फोरमका पूर्वअध्यक्ष घिमिरे, निवर्तमान अध्यक्ष प्रज्ञान न्यौपाने र व्यवसायी कृष्ण पौडेल छलफल गर्दै  

यता फोरमका पूर्वअध्यक्ष घिमिरे भने निर्वाचनको विषयमा अहिले नै मुख खोल्न हतार हुने भन्छन् । उनले आफु लोकतान्त्रिक फोरमको आधिकारिक निर्णयको पर्खाईमा रहेको जनाउदै भने – ‘थुप्रै व्यवसायीले मलाई अघि बढ्न प्रस्ताव र सहयोग गर्नुभएको छ । म त्यो सहयोगप्रति सम्मान जनाउदै जिम्मेवारी लिन पूर्णरुपमा तयार छु । तर, आधिकारिक रुपमा फोरमको निर्णयलाई म पर्खिरहेको छु ।’
 
फोरमका बरिष्ठ उपाध्यक्ष ऋषि शर्माले रोजगारमञ्चसँग कुरा गर्दै १–२ दिनमै फोरमले आफ्नो आधिकारिक प्यानल घोषणा गर्ने बताए । उनले सबै व्यवसायीको धारणा बुझेर फोरमले योग्य व्यवसायीको प्यानल घोषणा गर्ने जानकारी दिए । विगतका गल्तिबाट पाठ सिक्दै त्यस्ता गल्ति नदोहो¥याउने नेतृत्व फोरमले अघि सार्ने बताउदै शर्मा भन्छन– ‘अध्यक्षमा उठन धेरैले आकांक्षा देखाउनु स्वभाविक हो किनकी लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने फोरममा त्यस्ता आकांक्षि हुनुपनि पर्छ । तर, सबैलाई समेटेर पुरै टिमलाईनै विजयको माला पहि¥याउने गरि सक्षम टिम घोषणा गर्ने लगभग अन्तिम तयारी भैरहेको छ ।’ 
 
केहि व्यवसायी र संचारमाध्यमले फोरमका वर्तमान अध्यक्ष विष्णु गैरे पनि अध्यक्षका आकांक्षि भनिरहेका बेला फोरमकै बरिष्ठ उपाध्यक्ष शर्माले भने संघको आगामी निर्वाचनमा फोरमको वर्तमान कार्यसमितिका कुनैपनि पदाधिकारी कुनै पनि पदमा नउठ्ने सहमति भैसकेको बताए । 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
2.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
3.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
4.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
5.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
6.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
7.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
8.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
9.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
10.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
11.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
12.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
13.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
14.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
15.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
16.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
17.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
18.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
19.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
20.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
21.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
22.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
23.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
24.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
25.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
Results 725: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media