आइतवार, असार १० गते, २०७५
विहिवार, २०७४ जेष्ठ ०३ गते ०४:३१

व्यक्तिगत र व्यवसायीक जीवनमा कुनै नैतिक दाग लाग्न नदिएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकाल र वैदेशिक रोजगार व्यवसायलाई इज्जतिलो व्यवसाय बनाउनु पर्छ भन्ने संघकै पूर्वअध्यक्ष बलबहादुर तामाङ अरु व्यवसायीको प्रगतिमा खुशी हुने थोरै व्यवसायीमा पर्छन । तर अरुको सफलतामा इश्र्या गर्ने र सफल हुनबाट रोक्ने थोरै व्यवसायी माझ अग्रपंक्तिमा देखिने एकजना व्यवसायी हुन् हंशराज वाग्ले । जो संघकै निवर्तमान अध्यक्ष पनि हुन् । 
 
जसले तामाङको कार्यकाल सकिनु अगावै उनलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने प्रपञ्च मात्र रचेनन ढकाललाई अध्यक्षमा निर्वाचित नगराउन अनेक खेलसमेत खेले । अध्यक्षमा निर्वाचित भएपछि पनि ढकाललाई बदनाम गराउन वाग्लेले थुप्रै चाल चले । तर वाग्लेका ति कुटिल चालले ढकाललाई कुनै असर गरेन बरु उनी निरन्तर आफ्नो लक्ष्यमा अघि बढीनै रहे । ‘भनिन्छ नि बैगुनीलाई गुणले मार्नु’ सायद त्यसैले पनि आफुलाई बैगुन देख्ने र आफु माथि बैगुन गर्ने वाग्लेलाई ढकाल र तामाङले भने सधै गुण गरे । 
 
आफुलाई असफल सावित गराउन अनेक गलत भ्रामक तथा अनर्गल प्रचारवाजी गरेका वाग्लेलाई नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत सदस्यतर्फबाट सदस्यमा उठ्न ढकालले आफु पछि हटेर उल्टै महासंघको निर्वाचनमा आफुले मतदान गर्न पाउने अधिकार समेत वाग्लेलाई दिएर समग्र वैदेशिक रोजगार व्यवसायीको प्रतिनिधित्व गराउन लागिपरे र उनको जितका लागि भोट समेत माग्दै हिडे । तर वाग्लेलाई गुण गरेर महासंघमा पठाउदा पनि भोलि जिते या हारे इनले मेरो पिठमा बन्चरो ताक्न छोड्लानकि भनेर ढकालको मनको कुनै कुनामा पलाएको मुना महासंघको निर्वाचनको परिणाम आए संगै पिटीक्कै भाचियो । केही दिन महासंघका पूर्व अध्यक्षसँग फोटो खिचाएर फेसबुकमा हाल्न भुलिएका वाग्ले फेरी व्यवसायी संघको राजनीतिलाई जोडेर ढकाललाई गालि गर्न थाले । सायद त्यति बेला ‘सर्पलाई जति नै दुध खुवाए पनि त्यसले कहिले अमृत ओकल्दैन बिष नै ओकल्छ’  भन्ने सत्य ढकालले बुझे  ।
 
वाग्लेले आफु बिरुद्ध गरेका ति भ्रामक र मिथ्या प्रचारवाजीको खण्डन गर्दै पनि हिडेनन ढकाल । बरु वाग्लेको निर्देशनमा उनका बिरुद्ध समाचार प्रकाशन गर्ने केही पत्रिकाका प्रकाशक आफै ढकालसँग ‘मिल्नु पर्यो’ भन्दै आए भने केही पत्रिकाले उनको खण्डन, राम्रा समाचार र विज्ञप्ति छापेर केही कमाए पनि ।


 
ढकालका प्रायः गतिविधिलाइ मसला बनाएर मिडियामा छर्न पोख्त वाग्ले यति बेला संघको आसन्न निर्वाचनको खिचडीमा व्यस्त छन् । तर खिचडी पकाउन नभई केहीलाइ भान्से देखाएर अघि सार्न र केहीलाई भुंग्र्रो बनाएर खिचडी पकाउने र आफु खाने ध्याउन्नमा ।
 
कसैको काम गरिदिए जस्तो गर्ने र व्यक्तिगत लाभ लिन खोज्ने प्रवृतिका वाग्लेका बारे संघका अध्यक्ष ढकालले पनि कुनै टिप्पणी गर्न चाहेनन बरु उल्टै सुझाए ‘ कम्तिमा अलिकति इज्जत र नाम भएको मान्छेको बारेमा त प्रश्न गर्नुस, किन इमान नै नभएको मान्छेको बारेमा प्रश्न सोधेर आफ्नो समय बर्बाद गर्नु हुन्छ ।’ 
 
हुन त वाग्ले व्यक्तिगत फाइदाका पछि मात्र लाग्छन भनेर उनी स्वयंले संघको अध्यक्ष भएका बेला प्रमाणित गरिसकेका छन् । अधिकांश व्यवसायीको बिरोधका बाबजुत उनले केही पैसा र फ्लेक्सट्रोनिक्स कम्पनिको माग पाए पछि बायोमेट्रिक सहि छ भने । अधिकांश व्यवसायी मात्र नभई कामदारको हित बिपरित हुँदा हुँदै पनि तत्कालिन संघको अध्यक्ष भएकाले बायोमेट्रिक सबैको हितमा छ र व्यवसायीले स्विकार्छन भने । जसवापत पाएको पजेरो गाडी उनी अहिले पनि चड्दै हिडछन्  र  ड्राइभरलाई  भन्छन –‘ए बायोमेट्रिकको गाडी निकाल ।’
 
संघको निर्वाचनमा बलबहादुर तामाङसँग एक मतले पराजित भएदेखि मनको एक कुनामा तामाङलाई हटाएर आफु अध्यक्ष बन्ने सपना देखेका वाग्लेको सपना साकार पार्न त्यतीबेला ढकालसहित थुप्रै अग्रज व्यवसायीले साथ दिएका थिए । तर बलबहादुरले गरेका सहि कामलाई पनि गलत भन्दै उनलाई हटाएर वाग्लेलाई अध्यक्ष बनाउन हस्ताक्षर गर्दै हिडेका आम व्यवसायीले वाग्लेलाई अध्यक्ष बनाएर व्यवसायीक यात्रामा पूर्णबिराम लगाउने काम आफैले गरेको तब महसुस गर्न थाले जब वाग्ले व्यवसायी, कामदार र मुलुककै हित बिपरितका सम्झौतामा हस्ताक्षर गरेर हिड्न थाले । व्यक्तिगत स्वार्थ पुरा गर्ने नाममा उनले व्यवसायीसँग कुनै सरसल्लाह नगरी स्वेच्छाचारी निर्णय गर्दै हिड्न थाले । 
 
व्यवसायी धनि भए पनि तिनको छाता संस्था गरिब भएकोमा कतिपयले ठट्टा गर्छन । तर त्यो ठट्टा वास्तविक तब देखियो जब वैदेशिक रोजगारमा नीतिगत सुधार गर्नु पर्छ र विभागमा फाइल बोकेर हल्ला गर्ने होइन सिंहदरबारमा बसेर निकास खोज्नु पर्छ भन्दै परिवर्तनको आभास दिलाउने लक्ष्य र उद्देश्य सहित बलबहादुर संघको अध्यक्ष बने । जसले संघमा कार्यरत कर्मचारीको तलब खुवाउन मात्र करिब १० लाख भन्दा बढी सके ।
 
तामाङ बिगतका दिन सम्झिदै हाँस्दै भन्छन–‘अरुको बारेमा धेरै टिप्पणी त नगरौ तर कोहि कमाउनलाई संघमा राजनीति गर्न आउछन म भने गुमाउन आए । संघमा पैसा भए पो खर्च गर्नु । म अध्यक्ष हुन्जेल व्यवसायीकै काम, संघको घर भाडा, कर्मचारीको तलबमा गरेर डेढ दुई करोड त सके होला । तर म पछि आएका अध्यक्षले २÷४ करोड कमाए भन्ने सुने ।’
 
संघको अध्यक्ष भएका बेला वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन र सुधार गर्न खोज्दा वैदेशिक रोजगार व्यवसायलाई व्यवसाय नभई कमाई खाने भाडो बनाउन खोज्नेको सिकार आफु भएको  तामाङको भनाइ छ ।
 
‘फरक यति हो मैले भन्दा पनि आम व्यवसायीले अझै भन्छन्, बलबहादुरले कोहि व्यवसायीको एक पैसा खाएर काम गरेन । बरु व्यवसायीको हितका लागि आफ्नो गोजी रित्तिएको पत्तो पाइन । तर, त्यतिबेला मैले उठाएको सेवा शुल्क लगायतका कुरा आज ५ वर्ष पछि बल्ल व्यवसायीले बुझे । मेरो कार्यकालमा व्यवसायीले दुःख पाए कि त्यसपछि पाए त्यो त आम व्यवसायीले अनुभव गरेकै छन् नि’ तामाङले भने ।
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
2.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
3.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
4.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
5.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
6.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
7.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
8.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
9.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
10.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
11.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
12.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
13.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
14.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
15.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
16.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
17.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
18.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
19.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
20.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
21.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
22.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
23.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
24.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
25.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
Results 725: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media