बुधवार, जेष्ठ ०९ गते, २०७५
बुधवार, २०७४ बैशाख २६ गते ००:५८

दिनेश लुइटेल / नयाँ वर्ष २०७४ को सुरुवातसँगै ३ सय ६५ दिनसम्म घरको भित्तामा झुण्डिएको क्यालेण्डर निकालेर नयाँ क्यालेण्डर राख्न जति सजिलो छ, पुरानो क्यालेण्डरका हरेक दिन भुल्न उत्ति नै कठिन पनि । तर, अतितबाट पाठ सिक्दै २०७४ का हरेक दिन शुभ बनाउने संकल्प सबै नेपालीले गरिरहेका छन् । वर्षको सुरुवातमै आएको विनाशकारी भुकम्पले २०७२ धेरै नेपालीका लागि त्यति सुखद रहन सकेन । तर आफुले चुनेका जनप्रतिनिधीबाट नयाँ संविधान लेख्ने सदियौ देखिको सपना २०७२ मा पुरा भएकाले २०७३ एक सुखद र समृद्धिको ढोका खुल्ने वर्षको रूपमा नेपाली जनताले लिएका थिए । तर राजनैतिक अस्थिरतामै २०७३ पनि वित्यो । जसका कारण मुलुकका धेरै क्षेत्रमा सकारात्मक परिणाम देख्न पाइएन । त्यसकै एक नमूना बन्यो वैदेशिक रोजगारीको क्षेत्र । मुलुकको कुल ग्राहस्थ उत्पादनमा एक तिहाइ हिस्सा ओगटेर मुलुकको अर्थतन्त्र चलयमान बनाउने एउटा दरिलो माध्यम वैदेशिक रोजगार २०७३ मा के कसरी अगाडि बढ्यो ? र वैदेशिक रोजगार क्षेत्रलाई २०७३ ले सिकाएको पाठ के हो त ? २०७४ मा वैदेशिक रोजगारीको क्षेत्र कस्तो हुनुपर्ला ? 
 
वर्षको सुरुवातमा वैदेशिक रोजगार विभागले संस्थागत रूपमा विदेश पठाएका कामदारको विवरण उपलब्ध गराउन मेनपावर कम्पनीलाई निर्देशन दिएसँगै विभाग र व्यवसायीवीच विवाद चर्कियो । ‘मर्निङ शोज द डे’ भनेझै वर्षको शुृरुवातमा विभाग र व्यवसायीबीच उत्पन्न विवाद वर्ष भरि नै चलिरह्यो र फ्री भिसा फ्री टिकटमा पठाएका कामदारको विवरण उपलब्ध गराउने/नगराउने विवादकैवीच २०७३ सकियो । 
 
२०७३ को सुरुवातमै बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नुअघि माइग्राम्सका नाममा ३० डलर लिने नियम लागू भयो । तत्कालिन श्रम तथा रोजगार मन्त्री दीपक बोहराले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न ल्याएका सय दिने योजनाले पनि खुबै चर्चा बटुलेपनि यसले अपेक्षाकृत नतिजा दिन सकेन । त्यस्तै वैदेशिक रोजगार व्यवसायीहरूलाई सँगै लिएर मलेसिया भ्रमणमा गएका मन्त्री बोहराको मलेसिया भ्रमण पनि विवादित बन्यो । जुन भ्रमण खासै उपलब्धीमूलक हुन नसकेको स्वम मन्त्री बोहराले पनि स्वीकारे । सुरक्षा गार्डमा जाने नेपाली कामदारसँग बढि पैसा असुलेको प्रमाण फेला पारेपछि संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले मौखिक रूपमै सुरक्षागार्डको श्रम स्वीकृति रोक्न निर्देशन दियो भने फेरी मौखिक निर्देशन मै श्रम स्वीकृति दिन थालियो । २०७२ मा जिटुजी माध्यमबाट इजरायल जाने बाटो खुलेकोमा २०७३ मा ५९ जना नेपाली इजरायल गए भने थप ६० नेपालीको कोटा २०७३ मै आयो ।
 
२०७२ असार २१ गतेदेखि लागू भएको फ्री भिसा फ्री टिकटको विवाद २०७३ भरि चलिनै रहयो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधीहरू यही विवादको निकास निकाल्न भन्दै दिनहुँ सिंहदरबार धाइरहेपनि उनीहरूले चिया खाएर फर्कने बाहेक केही परिणाम दिलाउन सकेनन् । यस्तै मुलुकको अर्थतन्त्र चलायमान बनाउने वैदेशिक रोजगारको क्षेत्रलाई २०७३ को बजेटमा सधैझै उपेक्षा गरियो ।
 
वैदेशिक रोजगारमा जाने नेपालीको संख्या २०७२ को तुलनामा २०७३ मा कमी आएपनि कोरिया जाने नेपालीको क्रेज भने बढि नै रह्यो । सातौ इपिएस भाषा परीक्षा २०७३ मा सम्पन्न भयो भने आठौ इपिएस भाषा परीक्षाका लागि करिब ७५ हजार नेपालीले दिएको आवेदनले मुलुकमा बेरोजगारीको कहाली लाग्दो अवस्थाको चित्रण मात्र गरेन शिक्षित युवायुवति पनि विदेशिन तछाडमछाडमा रहेको नमूना प्रस्तुत ग¥यो । 
 
वैदेशिक रोजगार क्षेत्रकै अभिन्न पाटोको रूपमा रहेका अभिमूखिकरण तालिम र स्वास्थ्य क्षेत्र पनि यो वर्ष चर्चा मै रहे । सेटिङमा तालिमको प्रमाणपत्र बेचिने कार्यलाई २०७३ मा विभागले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणालीले न्यूनिकरण ग¥यो । स्वास्थ्य परीक्षणमा केही गुणस्तरता देखिए पनि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको विवाद वर्षभरि नै चलिरह्यो । त्यसैले वैदेशिक रोजगारसँग सरोकार राख्ने कतिपयका लागि वर्ष २०७३ सुखद रह्यो भने कतिपयका लागि सन्तोषजनक । 
 
अफगानिस्तानमा कार्यरत १२ नेपालीको हत्याले आम नेपालीलाई स्तब्ध मात्र पारेन नेपालीका लागि वैदेशिक रोजगार कति असुरक्षित छ भनेर पनि सावित ग¥यो । कच्चा तेलको मूल्यमा आएको गिरावटले नेपालीको वैदेशिक रोजगारीको यात्रामा मात्र असर पारेन कामदार आपूर्ति गर्दै आएका मेनपावर कम्पनीलाई पनि गतिलो पाठ सिकायो । माग पाइयो भन्दैमा जस्तो पायो त्यस्तो कम्पनीमा कामदार पठाउनु हुन्न रहेछ भनेर । तीनै खाडी मुलुक र विशेष गरी साउदी अरबमा सयौ नेपाली अलपत्र परेका घटनाले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गरायो र वैदेशिक रोजगारलाई व्यवस्थित गर्न निर्देशन नै जारी भयो । तर यसै सन्दर्भमा बीमा वापतको रकम, क्षतिपूर्तिवापत पाइने राहत रकम तथा कल्याणकारी कोषमार्फत पाउने रकमलाई वृद्धि गर्न प्रधानमन्त्रीबाटै दिइएको निर्देशन भने हालसम्म कार्यान्वयन नहुँदा वैदेशिक रोजगारलाई व्यवस्थित गर्न भन्दा चर्चा कमाउन निर्देशन दिइएको होकी भन्ने आशंका सबैमा छायो । 
 
वर्षौदेखि उठेको वैदेशिक रोजगार ऐन संशोधनको विषय २०७३ मा पनि काममा नभई कुरैमा मात्र सीमित रह्यो । ऐन संशोधनबारे छलफल भएपनि श्रम तथा रोजगार मन्त्रालयले ऐन संशोधनको प्रारम्भिक मस्यौदा समेत तयार पार्न सकेन २०७३ मा । अधिकांश नेपालीका लागि बाध्यकारी बनेको खाडी तथा मलेसियाको बिकल्पमा नयाँ तथा आकर्षक गन्तव्य खोज्ने काम २०७३ मा पनि हुन सकेन । बरु त्यही नयाँ गन्तव्य खोज्न गठित उच्चस्तरीय समिति भंग गरि श्रम तथा रोजगार राज्यमन्त्रीको संयोजकत्वमा नयाँ समिति गठन गरियो । 
 
वर्षको मध्यपछि करिब बन्द जस्तै बनेको मलेसिया रोजगारी केही तङग्रीयो । तर मलेसिया रोजगारीका नाममा व्यवसायी–व्यवसायीबीचको अस्वस्थ प्रतिष्पर्धा झन मौलाउदै गयो भने विभिन्न बहानामा कामदार माथि थप शुल्क उठाउने कार्यलार्य बढवा तथा अनुमति २०७३ मै दिइयो । स्वास्थ्य परीक्षण गर्न अनुमति दिइएको बायोमेट्रिक प्रणालिको विवाद चलिरहदा ओएससी तथा आइएससी यसै वर्ष लागु भयो । जसले मलेसिया जाने कामदारले प्रकृयाकै नाममा करिब १८ हजार तिर्नैपर्ने बाध्यकारी अवस्थाको सिर्जना ग¥यो । 
 
यस्तै वर्षौदेखि चर्चा चलेपनि मलेसियासँग गर्ने भनिएको श्रम सम्झौताको विषयमा पहिलो पटक दुई देशका अधिकारीहरूबीच यसै वर्ष छलफल भयो । तर त्यो छलफलले कुनै ठोस परिणाम भने दिन सकेन । यता मलेसियन रिंगेटको दरमा आएको गिरावटले मलेसिया जाने कामदारको संख्या माग अनुरूप पूर्ति हुन छाड्यो । 
 
वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रमग्राम ताहचलदेखि विभागका महानिर्देशक, श्रम तथा रोजगार मन्त्रालयका सचिव तथा मन्त्री फेरिनु यो वर्षपनि नियमित प्रक्रिया जस्तै बन्यो । तत्कालिन श्रम सचिव रामकुमार आचार्य २ महिनामै सरुवा हुनु र त्यसपछि सचिवको जिम्मेवारी सम्हालेका विष्णु लम्सालको सरुवाले अलि बढि चर्चा पाए । 
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिक साधारणसभा, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा नयाँ नेतृत्व, नेपाल स्वास्थ्य व्यवसायी महासंघको वार्षिक साधारणसभा तथा वैदेशिक रोजगारसँग सरोकार राख्ने संस्थाका नियमित गतिविधि जस्तै बन्यो २०७३ ।
 
२०७३ मा वैदेशिक रोजगार क्षेत्रमा सम्झन लायक र सुधार मध्येको एउटा काम वर्षौ अघिदेखि कार्यान्वयनको अन्तिम चरणमा भनिएको अनलाइन प्रणाली कार्यान्वयनमा आउनु मात्र रहयो । तर अनलाइन प्रणालीले वैदेशिक रोजगारका काममा सहजता ल्याउनुको सट्टा झन समस्या थपिए पनि विस्तारै ति समस्या कम गर्दै लानेमा विभाग त्यति गम्भिर बनेन् । ठगिका आरोपमा वैदेशिक रोजगार व्यवसायी यसै वर्ष पक्राउ परे भने त्यसको विरोधमा निश्कर्ष विहिन आन्दोलन संघले चकार्यो र लाइसेन्स बुझाउने तथा फिर्ता गर्ने काम भयो । 
 
सही सुचनाको अभावमा वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने दर विगत भन्दा बढि नै रह्यो भने व्यक्तिगत तथा संस्थागत उजुरीका चाङ विभागमा थपिदै गए । वैदेशिक रोजगारीको प्रवद्र्धन तथा वैदेशिक रोजगार सम्वन्धी जनचेतना फैलाउने निकाय वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कामकारवाही शुन्य जस्तै रहयो २०७३ मा । घरेलु कामदारका रूपमा विदेशिएका महिलाले दुःख पाउने गरेको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले घरेलु कामदारमा जान रोक लगाउने निर्देशन वर्षको अन्त्यतिर दियो । तर, करिब ८ वर्षदेखि रोकिएको नयाँ मेनपावर दर्ताकोे अनुमति दिने काम यसै वर्ष भयो । 
 
समग्रमा वैदेशिक रोजगारको क्षेत्र व्यवस्थित बनाउन नीतिगत रूपमा खासै परिवर्तन भएन भने दिएका निर्देशन पनि कार्यान्वयन भएनन् । सुधार गर्ने उपाय जान्दा जान्दै अन्जान बने या इच्छाशक्तिको अभावले यो क्षेत्रलाई व्यवस्थित गर्न नसकिएको तितो यर्थाथ हामी सबैले स्वीकार्नै पर्छ । सहमति, एकता र सहकार्य काममा नभई बोलीमा मात्र सीमित देखियो भने इमान्दारिताको खडेरीले वैदेशिक रोजगारीको क्षेत्र झन चिराचिरा प¥यो । तर धेरै पाठ सिकाउदै र थप जिम्मेवारी सुम्पदै वर्ष २०७३ हामीबाट विदा भयो । त्यसैले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, पारदर्शी र सुरक्षित बनाउन यो वर्ष सबैले प्रण गरौ–‘म इमान्दार भएर आफ्नो पेशाप्रतिको जिम्मेवारी पुरा गर्छु भनेर, म एउटा गरिव नेपालीको रोजगारी गर्ने सपना बेइमानी नगरी पुरा गर्छु भनेर ।’
 
यो वर्ष त्यती उत्साहजनक रहेन
विश्वराज पाण्डे, महानिर्देशक
वैदेशिक रोजगार विभाग

धेरै उतारचढाव त आएन । विदेशिने कामदारको संख्यामा केही कमी आयो जसले मुलुक भित्रने रेमिट्यान्समा केही कमि आएपनि समग्रमा रेमिट्यान्स घटेको छैन । तर यो क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बनाएर लैजान धेरै काम गर्न बाकि नै देखिन्छ । वैदेशिक रोजगारीका नाममा हुने ठगि बढदो छ भने जनचेतना फैलाउनुपर्ने टडकारो आवश्यकता छ । समग्रमा यो वर्ष त्यती उत्साहजनक रहेन । अनलाइन प्रणालीले धेरै पक्षमा सुधार ल्याएको छ, बिकृति बिसंगतिहरु न्यूनिकरण गरेको छ । तर यसलाई अझ सहज बनाउदै लैजानु आवश्यक छ । अर्को मुख्य कुरा श्रम सम्झौताको अभावले धेरै समस्या देखिएका हुन । फ्री भिसा, फ्री टिकट पूर्णरुपमा कार्यान्वयन गराउन २०७४ मा हामी केन्द्रित बन्नुपर्छ । माइग्रेशन कस्ट न्यूनिकरण गर्ने र द्धिपक्षीय श्रम सम्झौता गर्नमै २०७४ लाई केन्द्रित बनाउनुपर्छ । 


 झन अव्यवस्थित बनाउने काम भयो
   बलबहादुर तामाङ, पूर्वअध्यक्ष
   वैदेशिक रोजगार व्यवसायी संघ

वास्तवमा वैदेशिक रोजगार क्षेत्रका लागि २०७३ त्यती उत्साहजनक पनि बन्न सकेन । तर त्यति निराश पनि बनेन । खासगरी २०७२ मा लागू भएको फ्री भिसा फ्री टिकटको निर्णयका कारण व्यवसायीले खुलेर व्यवसाय गर्ने वातावरण बनेन भने जाने कामदारले पनि आफुले तिरेको पैसाको रसिद लिने परिस्थिती बनेन । भएका मेनपावर व्यवस्थित गर्न नसकिरहेका बेला नयाँ मेनपावर खोल्ने अनुमति दिएर वैदेशिक रोजगारलाई झन अव्यवस्थित बनाउने काम भयो । खासगरी नीतिकै कारणले वैदेशिक रोजगार व्यवस्थित बन्न सकेन । महानिर्देशक फेरिए, सचिव फेरिए, मन्त्री फेरिए तर काम गर्ने मानसिकता फेरिएन । 

नीतिगत सुधार नभएको वर्ष 
किरणकिशोर घिमिरे,पूर्व अध्यक्ष 
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम

समग्रमा २०७३ अत्यन्त संक्रमण बाट गुज्रियो । २०७२ मै लागु भएको फ्री भिसा फ्री टिकटको पिडा २०७३ मा पनि धेरै व्यवसायीले भोग्नु पर्यो । एकातिर राज्य आफ्ना कामदार न्युन लागतमा पठाउने भन्छ,अर्को तिर तिनै कामदार सँग अधिकतम पैसा उठाउने छुट दिन्छ । खसगरि मलेसिया जाने कामदारको प्रि एक्सपान्सेस खर्च १८ हजार बनाइयो । यो देखा देखि भ्रष्टचार देखा देखि विरोधाभास पूर्ण कारणले गर्दा २०७३ व्यसायीका लागि मात्र होइन जाने कामदारका लागि पनि सुखद रहेन । राज्यले यो क्षेत्रलाई व्यस्थित बनाउन पटक्कै ध्यान दिएको पाइएन । वैदेशिक रोजगारमा यो वर्ष एउटा पनि नीतिगत सुधार भएन ।
 
 

अभिमुखीकरणमा क्रान्तिकारी छलांङ मार्न सफल वर्ष 

पूर्णबहादुर मल्ल, अध्यक्ष
नेपाल वैदेशिक रोजगार अभिमूखिकरण व्यवसायी महासंघ

वैदेशिक रोजगारको क्षेत्रमा २०७३ मा भएका छलफल तथा गरिएका कामको मूल्यांकन गर्ने हो भने अभिमूखिकरण तालिमको क्षेत्रमा भने क्रान्तिकारी छलाङ मार्न सफल भयौ । अनलाइन प्रणालीले अभिमूखिकरण तालिममा नयाँ अध्यायको शुरुवात भएको छ । तर अनलाइन प्रणाली नै अन्तिम विन्दु भने होइन । यद्यपी २०७३ सुखद वर्षका रुपमा लिदा हुन्छ । तर सरकारी ओहोदामा बसेका व्यक्तिबाट मौखिक रुपमा दिइने निर्देशन र व्यक्ति पिच्छेका निर्णयले वैदेशिक रोजगारको क्षेत्रलाई सुधारको दिशामा लान सकेन । सहि सूचनाको अभावमा सोझा जनता ठगिने क्रम २०७४ मा कम गर्न सबै सरोकारवालाले वैदेशिक रोजगार सम्वन्धी सहि सूचना दुरदराजमा पु¥याउनुपर्छ । 


                                                                                    
     स्वास्थ्य व्यवसायीका लागि २०७३ सुखद् रह्यो
 
कैलाश खड्का, अध्यक्ष
नेपाल स्वास्थ्य व्यवसायी महासंघ
वैदेशिक रोजगारीकै एउटा अंग स्वास्थ्य परीक्षणको क्षेत्र भने २०७३ मा सुखद रह्यो । गुणस्तरीय स्वास्थ्य परीक्षण गर्ने परिपाटीको विकासले स्वास्थ्यकै कारण विदेशबाट फर्कने दर घटेकाले पनि समग्र स्वास्थ्य क्षेत्र २०७३ मा राम्रो रहयो । अर्को कुरा स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाउन नेपाल सरकारले बनाएको कार्यविधिले स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा र व्यवहारिक रुपमा सहज बनायो । बायोमेट्रिक स्वास्थ्य परीक्षणले विदेशिने कामदारलाई फाइदा पु¥याएको छ । वैदेशिक रोजगार व्यवसायीले यो विषयमा विरोधका लागि विरोध मात्र जनाएका हुन । महासंघले यो वर्ष अविस्मरणिय काम गरेको छ । ८३ वटा स्वास्थ्य संस्थाको नविकरण यसै वर्ष सम्भव भयो । स्वास्थ्य संस्थाको गुणस्तरीयता बृद्धि गर्न संचालनमा रहेका स्वास्थ्य संस्थाको अनुगमन गर्ने निर्णय यही वर्ष हुनु र विशेषज्ञ समितिको सदस्यको नाताले सरकारलाई विभिन्न सल्लाह सुझाव दिने काम गर्न हामी सफल भयौ । खासगरी गुणस्तरीय स्वास्थ्य परीक्षणकै कारण मलेसियाबाट कामदार फर्किने दर घटेको छ यहि गुणस्तरीयतालाई हामीले २०७४ मा पनि कायम राख्नुपर्छ । 


सामान्य दैनिकी चल्ने वर्ष

टिका शिवाकोटी ‘आदर्श’ प्रबन्ध निर्देशक 
अञ्जली गु्रप अफ कम्पनी 
२०७२ मा प्राकृतिक आतंकको मार हामीले खेप्नु परेको थियो भने २०७२ मा राज्य आतंकको पिडा सहनु पर्यो । तर २०७३ लाई भने मैले अन्य वर्षहरु झैँ सामान्य लिएको छु । त्यस्तो असामान्य खासै भएन । एउटा सामान्य दैनिकी चल्ने भन्दा विदेशको माग पनि खासै आएन । २०७३ मा केही नीतिगत परिवर्तन भएन । नामको मात्र प्रवर्दन बोर्ड रह्यो । तर नयाँ गन्तव्य खोज्ने काम हुन सकेन । २०७३ मा एउटा मुलुक सँग पनि दिपक्षीय श्रम सम्झौता नहुँदा हाम्रा कामदार झन् जोखिम मोल्दै विदेशिन बाध्य भए । तर आशा गरौ २०७४ वैदेशिक रोजगार व्यवसायीका लागि मात्र नभई समग्र नेपालीका लागि सुख र समृद्धि लिएर आवोस । 
 
 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
1.   नेपालका युवा सुहाउँदो काम कफी व्यवसाय हो
2.   सुन भरियाको कथा : वैध बाटो, अवैध कारोबार
3.   एनआरएनप्रतिको अपेक्षा र उनीहरुले जगाएको आशा
4.   एनआरएनएको संस्थागत तथा दिगो विकासका लागि 'भिजन २०२०'
5.   एसिया प्यासिफिक क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी
6.   वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
7.   बिपत्तिमा डुबेको वैदेशिक रोजगारको स्रोत क्षेत्रलाई व्यवसायीको उपहार ! ‘ब्ल्याक लेबल’
8.   एनआरएनए साझा चौतारी बन्नुपर्छ
9.   एक परदेशिको आत्मकथन : नचाहदा नचाहदै जन्मियो अपराध - शम्भु सुस्केरा
10.   असोज पहिलो सातासम्म संघको भवन निर्माण शुरु हुन्छ
11.   अनुभूति : बरदुबई पार्कमा नेपाली जोडीका पीडा - युवराज नयाँघरे
12.   भाषण होइन स्पष्ट रोडम्याप र पुरा गर्ने आधारसहित अघि बढेको छु : गडतौला
13.   २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
14.   संघको नेतृत्वतहमा श्रेष्ठको खोजी
15.   म व्याक हुन तयार छु, तर फोरमबाट एउटै प्यानल आउछ : प्रज्ञान न्यौपाने
16.   वैदेशिक रोजगार विभागले दिने अनलाइन सेवाबारे विस्तृत जानकारी : सूर्यप्रसाद भण्डारी
17.   वैदेशिक रोजगार व्यवसायीलाई त्यसै क्षेत्रको जिम्मेवारी दिनु गलत : डा.शेखर कोइराला
18.   म पद दोहोर्याउन्न, अध्यक्षको स्वभाविक दावेदार हुँ : कुमार पन्त
19.   माफियातन्त्र उखेल्न संघ नेतृत्व अनवरत लागिरहेको छ
20.   कोरियामा नेपालीले गर्ने भनेको ‘थ्री डी’ नै हो
21.   अझै नयाँ रेमिट्यान्स कम्पनी ?
22.   आप्रवासी कामदारको सम्मान नै सुरक्षित आप्रवासन
23.   मेहनत र संघर्ष गरिरहेको छु
24.   त्रासै त्रासले घेरिएको छ वैदेशिक रोजगार
25.   इमान्दार हुँदा न्याय पाइन्छ भन्ने नजिर बस्यो
Results 59: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media